back
CTIZAN AD

आज भदौ १८ गते शनिबार, हेर्नुहोस् राशिफल कस्तो छ तपाईको आजको दिन ?

वि.सं.२०७९ भदौ १८ शनिवार

702 

shares

मेष –चु, चे, चो, ला, लि, लु, ले, लो, अ
दिनभरि सानातिना घरेलु काममै अल्झनुपर्ला। पहिलेका समस्या दोहोरिन सक्छन्। स्वास्थ्य कमजोर रहनाले पढाइलेखाइमा पनि समय दिन नसकिएला। सवारीमा सावधानी अपनाउनुहोला। हुलमुलमा धनमाल हराउन सक्छ। लेनदेनको विवादले अप्ठ्यारो पर्न सक्छ। चिताएको काममा बाधा हुँदा मन खिन्न हुनेछ। साथीभाइको सहयोग जुटाउने प्रयत्न गर्नुहोला।

वृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
मेहनतले पुरस्कार तथा विभिन्न उपहार दिलाउन सक्छ। साथीभाइका साथ रमाइलो यात्रा गर्ने अवसर प्राप्त हुनेछ। अतिथिका रूपमा सम्मानसमेत प्राप्त होला। आँटेका काममा सहयोग जुटाउनेहरू प्रशस्तै भेटिनेछन्। तर छिटो फल प्राप्त गर्ने आकांक्षाले समस्या निम्त्याउन सक्छ। प्रयत्न गर्दा प्रेम र मित्रताको बन्धन कसिनेछ भने काममा आयआर्जन पनि राम्रै हुनेछ।

मिथुन –का, कि, कु, घ, ङ, छ, के, को, ह
परिस्थितिवश चिताएको काम रोकिन सक्छ। सानोतिनो समस्याले अल्झाउनेछ। गोपनीयता बाहिरिनाले पनि समस्यामा परिनेछ। फजुल खर्च बढ्नाले आर्थिक काममा बाधा हुनेछ। बिग्रिएको काममा दोहोर्याएर प्रयत्न गर्नुपर्ला। चुनौतीपूर्ण कामको दायित्व लिनाले दुःख पाइनेछ। सम्भावना देखिए पनि न्यून उपलब्धिमै चित्त बुझाउनुपर्ला। अरूका लागि बुद्धि खर्चनुपर्नेछ।

कर्कट –हि, हु, हे, हो, डा, डि, डु, डे, डो
रोकिएका काम सम्पादन गर्न समय लागे पनि नयाँ कामतर्फ अग्रसर भइनेछ। व्यापार–व्यवसायमा राम्रै प्रतिफल प्राप्त हुनेछ। विदेश ताक्नेहरूलाई यात्राको प्रक्रिया अघि बढ्नेछ। मेहनत गर्दा जटिल काम समेत सम्पादन हुनेछ। सुखद समाचारले उत्साह जगाउनेछ। अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ। दोहोर्याएको काम लाभदायक बन्न सक्छ।

सिंह –मा, मि, मु, मे, मो, टा, टि, टु, टे
प्रक्रिया नमिल्नाले काम दोहोर्याउनुपर्ने स्थिति आउन सक्छ। आफ्ना विषयवस्तुमा अरूले दाबी गर्न सक्छन्। अनावश्यक साइनो गाँस्नेहरूसँग सावधान रहनुहोला। गरेको कामबाट फाइदा मिल्नेछ। भूमि, पशु र कृषितर्फका योजना अघि बढ्नेछन्। बाहिरी काम रोकिए पनि घरायसी समस्या सुल्झाउन सकिनेछ। साझेदारसँगको पुरानो विवाद समेत टुंग्याउने समय छ।

कन्या –टो, प, पि, पु, ष, ण, ठ, पे, पो
परिस्थितिवश आँटेको काम सम्पादनमा विलम्ब हुनेछ। अरूले बाधा पुर्याउने हुँदा अलमलमा परिएला। सहयोगीहरूले समेत हात झिक्नाले समस्या बढ्न सक्छ। प्रतिस्पर्धीहरूले अलि दुःख देलान्। सहयोगको आशा देखाउनेहरूबाट धोका पाइनेछ। आफ्नो योजना तत्काल अरूलाई नसुनाउनु नै बुद्धिमानी हुनेछ। फाइदा थोरै भए पनि नियमित काम भने गर्न सकिनेछ।

तुला –र, रि, रु, रे, रो, ता, ति, तु, ते
असंयम व्यवहारले समस्या निम्त्याउन सक्छ। शुभचिन्तकहरूको भावना बुझ्ने चेष्टा गर्नुहोला। सानो प्रयत्नले दिगो फाइदा दिलाउन सक्छ। गरेका कामबाट धेरैलाई फाइदा पुग्नेछ। सहयोगीहरूले काममा साथ दिनेछन्। मेहनत गर्दा रोकिएका काम समेत सम्पादन हुने देखिन्छ। विशेष सभा–समारोहमा सहभागी बन्ने मौका छ। पठन–पाठनमा पनि प्रगति गर्न सकिनेछ।

वृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु
मेहनत गर्दा विभिन्न अवसर प्राप्त हुनुका साथै दैनिकीमा परिवर्तन आउन सक्छ। पहिलेको सफलताले काममा उत्साह जगाउनेछ। नयाँ कामको प्रस्ताव आउनेछ भने मनग्य धन आर्जन गर्न सकिनेछ। बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ। पहिरनले व्यक्तित्वमा निखारता आउनेछ र धेरैको आकर्षण बन्न सकिनेछ। रमाइलो जमघट र भोजनको आनन्द प्राप्त हुनेछ।

धनु –ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
बेलामा होस नपुर्याउँदा फजुल खर्च बढ्न सक्छ। धेरै फाइदाका पछि लाग्दा आफ्नै धनमाल गुम्न सक्छ। साथीभाइसँग असमझदारी बढ्न सक्छ। तापनि, समस्या पर्दा सहयोग गर्नेहरू भेटिनेछन्। खर्च लागे पनि दिगो फाइदा हुने काम फेला पर्नेछ। चुनौती पन्छाउँदै रोकिएका काम गर्न सकिनेछ। टाढाका साथीभाइको निम्तो प्राप्त हुनाले यात्राको साइत पनि जुर्न सक्छ।

मकर –भो, ज, जि, खि, खु, खे, खो, गा, गि
धेरै श्रम गर्दा तत्काललाई कम मूल्य प्राप्त हुनेछ। तापनि आम्दानी बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने योग छ। आज स्थायीभन्दा अस्थायी पेसाबाट बढी फाइदा हुनेछ। आँटेका काम बीचमा अवरुद्ध बन्न सक्छन्। भएको आम्दानी र सञ्चित रकम समेत खर्च हुन सक्छ। लगानीको तुलनामा थोरै लाभांश देखिए पनि आजको प्रयत्नबाट पछिका लागि फाइदा हुनेछ।

कुम्भ –गु, गे, गो, सा, सि, सु, से, सो, द
अवसरसँगै चुनौतीसमेत देखा पर्नेछन्। आश्वासन दिनेहरूले प्रतिबद्धता पूरा नगर्न सक्छन्। हल्लाको भरमा अरूको विश्वास गर्दा धोका हुन सक्छ। अरूको करकापमा काम गर्नुपर्ने परिस्थिति आउन सक्छ। अवसरवादीहरूले सहयोगको नाममा फाइदा उठाउने चेष्टा गर्नेछन्। होसियारीसाथ काममा जुट्नुहोला। पछिका लागि केही वस्तु त्याग्नुपर्ने हुन सक्छ।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि
आस मारेको काम बन्नाले उत्साह जाग्नेछ। विशेष योजनाहरू बन्नेछन्। मेहनत गर्दा एउटै कामबाट दोहोरो फाइदा मिल्नेछ। सानो प्रयत्नले ठूलो काम सम्पादन हुनेछ। गरेका कामबाट धेरैलाई फाइदा पुग्न सक्छ। सामाजिक काममा रुचि बढ्नेछ। धार्मिक अनुष्ठान वा मंगलमय कृत्य सम्पादन हुन सक्छ। भाग्योन्नतिको समय छ। व्यवसायमा पनि प्रशस्तै लाभ हुनेछ।

२०७९ भाद्र १८ गते, शनिवार, (३ सेप्टेम्बर २०२२)
उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य) ९८४१३५२१६४

तपाईको आज शुक्रबारको राशिफल भन्छ–आज यी ६ राशिकाले पुर्याउनुपर्नेछ विशेष ध्यान !

वि.सं.२०७९ भदौ १८ शनिवार ०८:०४ मा प्रकाशित

साउनको अन्तिम सोमबारः तीनबजेदेखि नै पशुपतिमा भक्तजनको भिड

साउनको अन्तिम सोमबारः तीनबजेदेखि नै पशुपतिमा भक्तजनको भिड

काठमाडौँ । सौरमासअनुसार साउनको अन्तिम सोमबार बोलबम यात्रा गर्न भक्तजन...

धार्मिक पर्यटकको आकर्षण बन्दै सिसमहल

धार्मिक पर्यटकको आकर्षण बन्दै सिसमहल

बागमती । मकवानपुरको हेटौँडा नगरपालिका वडा नं ५ चिसापानी रङ्गपथस्थित...

साउनको दोस्रो सोमबार : पशुपतिनाथमा बिहानैदेखि भक्तजनको लर्काे

साउनको दोस्रो सोमबार : पशुपतिनाथमा बिहानैदेखि भक्तजनको लर्काे

काठमाडौँ । यस वर्षको साउनको दोस्रो सोमबार बिहानैदेखि पशुपतिनाथलगायत देशभरका...

आज हरिशयनी एकादशी : घर-घरमा तुलसीको बिरुवा सारिँदै

आज हरिशयनी एकादशी : घर-घरमा तुलसीको बिरुवा सारिँदै

काठमाडौँ । प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन घर घरमा...