back
CTIZAN AD

राष्ट्रपति भण्डारीद्वारा काजी तुलाराम पाँडेप्रति श्रद्धाञ्जलि

वि.सं.२०७९ भदौ १८ शनिवार

822 

shares

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी काजी कालु पाँडे काजी तुलाराम पाँडे स्मृति प्रतिष्ठानद्वारा काजी तुलाराम पाँडेको स्मृतिमा आज आयोजित स्मृतिसभामा उपस्थित भई उनीप्रति श्रद्धाञ्जलि अर्पण गरिन् । काठमाडौंको वसन्तपुरमा आयोजना गरिएको काजी तुलाराम पाँडेको २५४औँ स्मृतिसभामा राष्ट्रपति भण्डारीले पाँडेको तस्वीरमा माल्यार्पण गरी श्रद्धाञ्जलि अर्पण गरिन् ।

काजी तुलाराम पाँडे नेपाल एकीकरणको अभियान सुरु गरेका शाहवंशीय राजा पृथ्वीनारायण शाहका सैन्य सारथि थिए । तुलाराम पाँडे पृथ्वीनारायण शाहका सेनापति काजी कालु पाँडेका भाइ हुन् ।

नेपाल एकीकरणको अभियानअन्तर्गत विसं १८२५ असोज १४ गते (भाद्र चतुर्दशी इन्द्रजात्राका दिन) कान्तिपुर हमलाका क्रममा तुलाराम पाँडेको काठमाडौंको वसन्तपुरस्थित तुलजा भवानी मन्दिर परिसरमा निधन भएको हो ।

सो समारोहमा इतिहासकार प्राध्यापक दिनेशराज पन्तले नेपाल एकीकरणका अभियन्ता तत्कालीन राजा पृथ्वीनारायण शाहको सैनिक सारथिका रुपमा रहेर काजी तुलाराम पाँडेले नेपालको एकीकरणमा ठूलो योगदान पुर्याएको स्मरण गरे ।

पाँडेको बारेमा अनुसन्धान गरेका डा कृष्णकुमार पाँडेले पृथ्वीनारायण शाहले एकीकरणका क्रममा आक्रमणको योजना बनाएका रणनीतिकरुपले महत्वपूर्ण विभिन्न स्थानमा साथ दिएर काजी तुलाराम पाँडेले नेपाललाई एक ढिक्का बनाउने काममा ठूलो सहयोग पुर्याएको बताए ।

सो प्रतिष्ठानका अध्यक्ष पवनबहादुर पाँडेले देशका लागि युद्ध गर्दागर्दै वीरगति प्राप्त गर्ने काजी कालु पाँडे र काजी तुलाराम पाँडे नेपालका वीर योद्धा भएको बताए ।रासस

वि.सं.२०७९ भदौ १८ शनिवार १५:०० मा प्रकाशित

राष्ट्रिय परिचयपत्र सेवा आइतबारदेखि शुक्रबारसम्म दिइने

राष्ट्रिय परिचयपत्र सेवा आइतबारदेखि शुक्रबारसम्म दिइने

घोराही (दाङ) । दाङमा राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा प्रवाहको समय परिवर्तन...

दलित अधिकारसम्बन्धी विधेयकमा सैद्धान्तिक छलफल

दलित अधिकारसम्बन्धी विधेयकमा सैद्धान्तिक छलफल

विराटनगर । कोशी प्रदेशसभामा ‘कोशी प्रदेश दलित अधिकार सम्बन्धमा व्यवस्था...

एनटी स्ट्राइकलाई जितको लागि दियो १२३ रनको लक्ष्य

एनटी स्ट्राइकलाई जितको लागि दियो १२३ रनको लक्ष्य

काठमाडौँ । अस्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजअन्तर्गत आज जारी...

गाँजाको औषधीय प्रयोगमा सरकार सकारात्मक छ : अर्थमन्त्री वाग्ले

गाँजाको औषधीय प्रयोगमा सरकार सकारात्मक छ : अर्थमन्त्री वाग्ले

काठमाडौँ । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले औषधीय प्रयोजनका लागि गाँजा...

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका उपलब्धिहरू सार्वजनिक

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका उपलब्धिहरू सार्वजनिक

काठमाडौँ । प्रधामन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय तथा  कार्यालय मातहतका विभिन्न...

‘सिसीको बिर्को फेर्दैमा पुनर्गठन हुँदैन’ – महेश बस्नेत

‘सिसीको बिर्को फेर्दैमा पुनर्गठन हुँदैन’ – महेश बस्नेत

काठमाडौं । नेकपा एमालेका नेता महेश बस्नेतले पार्टीभित्र देखिएको नेतृत्व...