back
CTIZAN AD

काभ्रेमा डेङ्गु सङ्क्रमण तीव्र, ४ दिनमा ४२ संक्रमित

वि.सं.२०७९ भदौ २३ बिहीवार

756 

shares

काभ्रेपलाञ्चोक । जिल्लामा लामखुट्टेको टोकाईबाट लाग्ने डेङ्गु रोगको सङ्क्रमण बढ्दै गएको छ । चार दिनअघि ४२ सङ्क्रमित रहेको काभ्रेमा दोब्बर अर्थात् ८० जनामा सङ्क्रमण देखिएको जिल्ला स्वास्थ्य कार्यालय धुलिखेलले जनाएको छ ।

गत असार दोस्रोसाता पाँचखाल नगरपालिकामा पहिलोपटक देखिएको डेङ्गुको सङ्क्रमण हाल ११ स्थानीय तहका ४० जनामा पुष्टि भैसकेको हो । “चार दिनको अवधिमा शतप्रतिशत सङ्क्रमित बढेका छन्, यो गति केही हप्ता रहनसक्छ”, कार्यालयप्रमुख डा पुरुषोत्तम सेढाईंले भने । उनका अनुसार सङ्क्रमितमध्ये महिला र पुरुषको सङ्ख्या बराबर नै छ । खानीखोला र महाभारत गाउँपालिकामा भने हालसम्म सङ्क्रमण देखिएको छैन ।

समयमै उपचार पाउने सङ्क्रमितलाई करिव पाँचदेखि सात दिनपछि निको हुने दर पनि बढिरहेकाले जिल्लाका ११ स्थानीय तहमा सङक्रमण तीव्र रुपमा बढेको घटनाक्रमले देखाएको कार्यालय प्रमुख डा सेढाईंले बताए । उनले भने, “बर्षा भइरहेकाले लामखुट्टे अझै रहन्छ, यसकारण स्थानीयस्तरमा विशेष सावधानी अपनाउन सेचतना गराइएको छ ।” उनका अनुसार सङ्क्रमितको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

कार्यालयले स्थानीय तहका स्वास्थ्य शाखामार्फत सम्भावित क्षेत्रमा रोगको स्रोतको ‘सर्च एण्ड डिस्ट्रोय’ गर्ने अभियानमा रहेको जनाएको छ । यसैक्रममा सबै स्थानीय तहले ‘सर्च एण्ड डिस्ट्रोय’ अभियानलाई निरन्तरता दिइरहेको उनले जानकारी दिए । अभियानमा स्थानीयस्तरका विद्यार्थीलाईसमेत परिचालन गरिएको जनाइएको छ ।

अधिक सङ्क्रमित भएको स्थान तथा नयाँ स्थानमा प्रयोगशालाद्वारा नै परीक्षण गर्दै आइएको छ । डेङ्गु रोग विरुद्धको खोप नभएका कारण ‘सर्च एण्ड डिस्ट्रोय’नै प्रमुख उपाय रहेको डा सेढाईंले बताए । उनका अनुसार काभ्रे हाल डेङ्गु रोगको निकै जोखिमयुक्त जिल्ला हो । यसकारण डेङ्गुको सङ्क्रमणले महामारीको रुप नलियोस् भन्ने उद्देश्यले स्थानीयस्तरका ‘¥यापिड टिम’ले अनुगमन तथा सम्भावित परीक्षण गरिरहेका हुन् ।

तीन बर्षपछि पाँचखालमा पहिलो डेङ्गुको सङ्क्रमण देखिएलगत्तै यसका लक्षण तथा बच्ने उपायबारे प्रचारप्रसारसँगै स्वास्थ्यकर्मीलाई ‘हाई अलर्ट’मा राखिएको थियो । जिल्लामा यसअघि विसं २०७६ भदौमा छ जनामा डेङ्गु संक्रमण देखिएको थियो ।

लामखुट्टेको टोकाईबाट डेङ्गु रोग लाग्ने व्यक्तिलाई एक्कासी उच्च ज्वरो आउने र पाँचदेखि सात दिनसम्म ज्वरो रहने, सहन नसक्नेगरी टाउको दुख्ने, आँखाको नानी तथा पछिल्लो भाग दुख्नुका साथै ढाड, जोर्नी र मांशपेसी दुख्ने, शरीरमा विमिरा आउने तथा वाकवाकी लाग्ने, पेट दुख्ने, नाक अथावा गिँजाबाट रगत बग्नु, शरीरमा रगत जेमेको दाग देखापर्नु तथा बेहास हुने लक्षण देखिन्छ । समयमै उचित उपचार नपाए विरामीको मृत्युसमेत हुने गर्दछ ।

 

वि.सं.२०७९ भदौ २३ बिहीवार १६:११ मा प्रकाशित

सरकारका आधिकारिक दस्तावेज मोबाइलबाट ‘स्क्यान’ नगर्न निर्देशन

सरकारका आधिकारिक दस्तावेज मोबाइलबाट ‘स्क्यान’ नगर्न निर्देशन

काठमाडौँ । सरकारी कामकाजका आधिकारिक कागजात मोबाइल एप प्रयोग गरी...

विद्यालयबाट फर्किने क्रममा बेपत्ता बालिका खोलामा मृत भेटिइन्

विद्यालयबाट फर्किने क्रममा बेपत्ता बालिका खोलामा मृत भेटिइन्

घोडाघोडी (कैलाली) । कैलालीमा विद्यालयबाट घर फर्किने क्रममा सम्पर्कविहीन भएकी...

जलवायु उत्थानशीलता अभिवृद्धि गर्न नेपाललाई ८.५ मिलियन अमेरिकी डलर अनुदान

जलवायु उत्थानशीलता अभिवृद्धि गर्न नेपाललाई ८.५ मिलियन अमेरिकी डलर अनुदान

काठमाडौँ । हरित जलवायु कोष (जिसिएफ) बोर्डको ४५औँ बैठकले नेपालमा...

सिटिजन्स बैंकद्वारा बिश्रामपुर, बारामा निःशुल्क आँखा परीक्षण शिविर सम्पन्न 

सिटिजन्स बैंकद्वारा बिश्रामपुर, बारामा निःशुल्क आँखा परीक्षण शिविर सम्पन्न 

काठ्माडाैँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम...

मानुुषी लघुवित्तको साधारण सभा सम्पन्न मर्जर प्रस्ताव पारित

मानुुषी लघुवित्तको साधारण सभा सम्पन्न मर्जर प्रस्ताव पारित

काठमाडौं । मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडको सातौं वार्षिक साधारण...

प्रभु बैंक लिद्धारा त्रिभुवन विश्वविद्यालयलाई डिजिटल बोर्ड हस्तान्तरण

प्रभु बैंक लिद्धारा त्रिभुवन विश्वविद्यालयलाई डिजिटल बोर्ड हस्तान्तरण

काठमाडौँ । काठमाण्डौ महानगरपालिका, वडा नं ११, बबरमहल स्थित प्रभु...