back
CTIZAN AD

हेजिङ् सम्बन्धि व्यवस्था कार्यान्वयनमा, कसलाई हुन्छ फाइदा ?

वि.सं.२०७९ भदौ २४ शुक्रवार

1.1K 

shares

काठमाडौं । सरकारले हेजिङ् सम्बन्धि व्यवस्था कार्यान्वयनमा ल्याएको छ । बिहीबार राजपत्रमा हेजिङसम्बन्धि नियमावली व्यवस्था प्रकाशित भएसँगै कार्यान्वयनमा आएको हो ।

यो व्यवस्था कार्यान्वयनमा आएसँगै अबदेखि १०० मेगावाट वा सोभन्दा माथिका आयोजनाहरु निर्माण, २२० केभी वा त्यो भन्दा बढी भोल्टेज लेभलको ३० किलोमिटर प्रसारण लाईनको निर्माणको परियोजना, दश किलोमिटरभन्दा लामो मेट्रो वा मोनो रेल निर्माण गर्ने परियोजना, लगायतका परियोजना कार्यान्वयनका लागि ऋणको साँवा तथा व्याज तिर्ने प्रयोजनका लागि यो व्यवस्था गरिएको सरकारले जनाएको छ ।

के हो हेजिङ् सुविधा ?

हेजिङ् भन्नाले अन्तराष्ट्रिय मुद्रा कोषले कायम गरेको स्पेशल ड्रइङ् राइट्स् हो । जसअनुसार विदेशी मुद्रामा गरिएको ऋण लगानी फिर्ता गर्दा हुनसक्ने विदेशी विनिमयदर जोखिम न्यूनीकरणको गर्न सकिन्छ । हेजिङ् सुविधाअन्तर्गत त्यस्तो लगानी गर्दा जुन विनिमय दरमा विदेशी मुद्रा बैंकमा जम्मा गरेको हो सोही विनिमय दरमा ऋणको साँवा ब्याज भूक्तानी गरी लगानी फिर्ता लैजान सकिन्छ । यसका लागि सरकारले नै हेजिङ् सम्बन्धि विशेष व्यवस्था गर्नुपर्ने हुन्छ ।

सरकाले हेजिङ् सम्बन्धि व्यवस्था कार्यान्वयनमा ल्याएसँगै देशमा विदशी मुद्रामा लगानीको सम्भावना बढेको छ । विभिन्न खाले ठूला परियोजना सञ्चालनमा ल्याउन विदेशी लगानीकर्ताहरुलाई आश्वस्त गर्न हेजिङ् सम्बन्धि व्यवस्था गर्न सरोकारवालाहरुले सरकारसँग आग्रह गर्दै आएका थिए ।

वि.सं.२०७९ भदौ २४ शुक्रवार १५:५८ मा प्रकाशित

सरकारका आधिकारिक दस्तावेज मोबाइलबाट ‘स्क्यान’ नगर्न निर्देशन

सरकारका आधिकारिक दस्तावेज मोबाइलबाट ‘स्क्यान’ नगर्न निर्देशन

काठमाडौँ । सरकारी कामकाजका आधिकारिक कागजात मोबाइल एप प्रयोग गरी...

विद्यालयबाट फर्किने क्रममा बेपत्ता बालिका खोलामा मृत भेटिइन्

विद्यालयबाट फर्किने क्रममा बेपत्ता बालिका खोलामा मृत भेटिइन्

घोडाघोडी (कैलाली) । कैलालीमा विद्यालयबाट घर फर्किने क्रममा सम्पर्कविहीन भएकी...

जलवायु उत्थानशीलता अभिवृद्धि गर्न नेपाललाई ८.५ मिलियन अमेरिकी डलर अनुदान

जलवायु उत्थानशीलता अभिवृद्धि गर्न नेपाललाई ८.५ मिलियन अमेरिकी डलर अनुदान

काठमाडौँ । हरित जलवायु कोष (जिसिएफ) बोर्डको ४५औँ बैठकले नेपालमा...

सिटिजन्स बैंकद्वारा बिश्रामपुर, बारामा निःशुल्क आँखा परीक्षण शिविर सम्पन्न 

सिटिजन्स बैंकद्वारा बिश्रामपुर, बारामा निःशुल्क आँखा परीक्षण शिविर सम्पन्न 

काठ्माडाैँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम...

मानुुषी लघुवित्तको साधारण सभा सम्पन्न मर्जर प्रस्ताव पारित

मानुुषी लघुवित्तको साधारण सभा सम्पन्न मर्जर प्रस्ताव पारित

काठमाडौं । मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडको सातौं वार्षिक साधारण...

प्रभु बैंक लिद्धारा त्रिभुवन विश्वविद्यालयलाई डिजिटल बोर्ड हस्तान्तरण

प्रभु बैंक लिद्धारा त्रिभुवन विश्वविद्यालयलाई डिजिटल बोर्ड हस्तान्तरण

काठमाडौँ । काठमाण्डौ महानगरपालिका, वडा नं ११, बबरमहल स्थित प्रभु...