back
CTIZAN AD

नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि सुदूरपश्चिमबाट सातसय खेलाडी सहभागी हुँदै

वि.सं.२०७९ भदौ २४ शुक्रवार

795 

shares

गोदावरी । आगामी असोज २८ देखि कात्तिक ३ गतेसम्म गण्डकी प्रदेशको राजधानी पोखरामा हुन गइरहेको नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा सुदूरपश्चिम प्रदेशबाट सात सय बढी खेलाडी सहभागी हुने भएका छन् ।

नवौँ राष्ट्रिय खेलकुदमा खेलाइने ३६ मध्ये ३३ खेलमा सुदूरपश्चिमले भाग लिने प्रदेश खेलकुद परिषद्का सदस्य सचिव दीपक सिंहले जानकारी दिए । उनका अनुसार सुदूरपश्चिम प्रदेशमा खेलाडी छनोटका लागि एक हजार दुई ८३ पुरूष र आठ सय ७८ महिलालाई बन्द प्रशिक्षणमा बोलाइएको छ ।

यीमध्येबाट सात सय नौ खेलाडी सो प्रतियोगितामा भाग लिनका लागि छनोट हुने जनाइएको छ । त्यसमध्ये एक सय ९४ खेलाडी सोझै छनोट हुने भएका छन् । सो प्रतियोगितामा सहभागी हुन चाहने खेलाडीबाट आवेदन माग गरिएको थियो ।

आवेदन दिएकामध्येबाट विभिन्न खेलका लागि आवश्यक सङ्ख्यामा खेलाडी छनोटको काम आगामी सातादेखि हुने सुदूरपश्चिम खेलकुद परिषद्ले जनाएको छ । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि सुदूरपश्चिम प्रदेशबाट अन्तर्राष्ट्रिय र स्थानीय रेफ्री तथा निर्णायक गरी चार सय ७२ खेल पदाधिकारी सहभागी हुने जनाइएको छ ।

नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि सुदूरपश्चिमबाट एक हजार चार सय ८१ जनाको टोली गण्डकी प्रस्थान गर्ने बताइएको छ । प्रदेश खेलकुद परिषद्ले नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी खेलाडीलाई दैनिक रु दुई हजारका दरले भत्ताको व्यवस्था गरिएको सदस्यसचिव सिंहले बताए ।

प्रदेश सरकारको बजेटबाट परिषद्ले नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी हुने खेलाडीलाई बन्द प्रशिक्षणदेखि खेल सकिएको भोलिपल्टसम्म दैनिक रु दुई हजारका दरले भत्ता दिने व्यवस्था गरिएको उनको भनाई छ ।

वि.सं.२०७९ भदौ २४ शुक्रवार १६:१० मा प्रकाशित

विश्वकप फुटबलः स्विडेनलाई पराजित गर्दैै फ्रान्स अन्तिम १६ मा

विश्वकप फुटबलः स्विडेनलाई पराजित गर्दैै फ्रान्स अन्तिम १६ मा

काठमाडौँ । फिफा विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत आज भएको खेलमा फ्रान्स...

फिफा विश्वकपः अन्तिम १६ मा ब्राजिल प्रवेश

फिफा विश्वकपः अन्तिम १६ मा ब्राजिल प्रवेश

काठमाडौँ । फिफा विश्वकप–२०२६ फुटबल प्रतियोगिताअन्तर्गत राउण्ड अफ ३२ को खेलमा...

विश्वकप फुटबलः अफ्रिकालाई पराजित गर्दै क्यानडा प्रिक्वार्टरफाइनलमा प्रवेश

विश्वकप फुटबलः अफ्रिकालाई पराजित गर्दै क्यानडा प्रिक्वार्टरफाइनलमा प्रवेश

काठमाडौँ । दक्षिण अफ्रिकालाई हराउँदै क्यानडा फिफा विश्वकप फुटबल २०२६...

यस्तो छ समितिले तोकेको आजका लागि कृषिउपजको थोक मूल्य

यस्तो छ समितिले तोकेको आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

विश्वकप फुटवल : नर्वेलाई हराउदै फ्रान्स समूह आइको बिजेता

विश्वकप फुटवल : नर्वेलाई हराउदै फ्रान्स समूह आइको बिजेता

काठमाडौँ । उसमान डेम्बेको ह्याट्रिकमा फ्रान्सले नर्वेलाई पराजित गर्दै फिफा...

विश्वकप फुटबल प्रतियोगिता : जर्मनीलाई हराउँदै इक्वेडर नकआउट चरणमा प्रवेश

विश्वकप फुटबल प्रतियोगिता : जर्मनीलाई हराउँदै इक्वेडर नकआउट चरणमा प्रवेश

काठमाडौँ । जर्मनीलाई हराउँदै इक्वेडर फिफा विश्वकप फुटबल प्रतियोगिताको नकआउट...