back
CTIZAN AD

आगामी निर्वाचनका लागि कर्णालीमा मुख्य नेताहरू को-कहाँ सिफारिस ?

वि.सं.२०७९ भदौ २५ शनिवार

954 

shares

कर्णाली । प्रदेशसभा र प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मङ्सिर ४ गतेका लागि घोषित आम निर्वाचन २०७९ का लागि दलहरूले उम्मेदवारको प्रस्तावित नामावली केन्द्रमा पठाएपछि कर्णाली प्रदेशमा पनि चुनावी चहपहल सुरु भएको छ । स्थानीय, जिल्ला कमिटी हुँदै प्रदेशमा आइपुगेका प्रस्तावित नाममध्ये दलहरूले आफ्ना अधिकांश मुख्य नेतालाई प्रत्यक्षतर्फ सर्वसम्मत सिफारिस गरेका छन् । कर्णालीमा सुर्खेत र दैलेखमा प्रतिनिधिसभाका दुई–दुई तथा बाँकी आठ जिल्लामा एक-एक गरी १२ क्षेत्र छन् ।

उम्मेदवार छनोट प्रक्रिया सुरु भएसँगै कर्णाली प्रदेशका ‘हेभिवेट’ मानिएका नेताहरूप्रति सबैको नजर परेको छ । राष्ट्रिय राजनीतिमा यस प्रदेशबाट नेपाली कांगे्रसका उपसभापति पूर्णबहादुर खड्का, नेकपा (माओवादी केन्द्र) उपमहासचिवद्वय अर्थमन्त्री जनार्दन शर्मा, पूर्वगृहमन्त्री शक्तिबहादुर बस्नेत, कांगे्रस केन्द्रीय कार्यसम्पादन समितिका सदस्य एवं मुख्यमन्त्री जीवनबहादुर शाही, पूर्व मुख्यमन्त्री एवं माओवादी केन्द्रका नेता महेन्द्रबहादुर शाही, नेकपा (एमाले)का प्रदेश इञ्चार्ज यामलाल कँडेल, नेकपा (एकीकृत समाजवादी)का उपमहासचिव प्रकाश ज्वाला, राप्रपाका उपाध्यक्ष मुकुन्दश्याम गिरी, महामन्त्री कुन्ती शाही र प्रवक्ता ज्ञानेन्द्र शाही प्रतिनिधित्व गर्छन् ।

कांगे्रस प्रदेश कार्यसमिति सभापति ललितजङ्ग शाहीले जिल्लाले पठाएको सिफारिसका आधारमा प्रदेशसभा र प्रतिनिधिसभाका आकाङ्क्षी उम्मेदवारको विवरण केन्द्रमा पठाइसकिएको बताए । आ–आफ्नो पार्टीबाट एकल सिफारिसमा परेपछि मुख्य नेताका सम्भावित प्रतिस्पर्धीहरूबारे चर्चा हुन थालेको छ । कांगे्रस उपसभापति खड्कालाई पार्टीको जिल्ला कार्यसमितिले सुर्खेत–१ बाट सर्वसम्मत सिफारिस गरिसकेको छ । माओवादी केन्द्रले उपसभापति खड्काको क्षेत्रमा कसैलाई सिफारिस गरेको छैन भने एमालेले सोही क्षेत्रका सांसदसहित तीन जनाको नाम पठाएको छ । एमालेले सांसद धु्रवकुमार शाही, चन्द्रलाल पौडेल र शान्तिकुमारी छन्तेलको नाम पठाएको हो ।

अर्थमन्त्री शर्मा रुकुमपश्चिम पनि सर्वसम्मत उम्मेदवार सिफारिस भएका छन् । त्यहाँ कांगे्रस र एमालेले तीन–तीन जनाको नाम प्रस्ताव गरी केन्द्रमा पठाएका छन् । कांग्रेसले गोपालजीजङ्ग शाह, पे्रमप्रकाश वली र यामबहादुर केसी तथा एमालेले नन्दराम देवकोटा, प्रवीण नेपाल र सरिता सुनारलाई सिफारिस गरेको छ । माओवादी केन्द्रका अर्का उपमहासचिव बस्नेतलाई जाजरकोटबाट सर्वसम्मत सिफारिस गरिएको छ । जाजरकोटबाट कांगे्रसले पूर्व सभासद राजीवविक्रम शाह र रामजङ्ग शाह तथा एमालेले केन्द्रीय सदस्य नीरज आचार्यलाई सर्वसम्मत सिफारिस गरेको छ ।

कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीलाई हुम्ला जिल्ला कार्यसमितिले प्रतिनिधिसभा र प्रदेशसभा दुवैमा सिफारिस गरेको छ । हुम्लाबाट एमालेले प्रतिनिधिसभामा प्रदेशका पूर्वमन्त्री दल रावलको नाम मात्र सिफारिस गरेको छ । कालीकोटबाट माओवादी केन्द्रले पूर्वमुख्यमन्त्री महेन्द्रबहादुर शाहीसहित काशीचन्द्र बराल, विष्णुबहादुर विश्वकर्मा र लक्ष्मीप्रसाद चौलागाईँलाई सिफारिस गरेको छ भने कांगे्रसले युवानेता भूपेन्द्रजङ्ग शाही, मीनबहादुर बोगटी, अशोकनाथ योगी र एमालेले केन्द्रीय सदस्य नगेन्द्र शाहीलाई सर्वसम्मत गरेको छ ।

एकीकृत समाजवादीले सल्यानबाट केन्द्रीय उपमहासचिव प्रकाश ज्वालाको नाम एकल पठाएको छ । त्यहाँ माओवादी केन्द्रले रमेश मल्ल र सांसद टेकबहादुर बस्नेतको नाम सिफारिस गरेको जनाएको छ । मल्ल अध्यक्ष पुष्पकमल दाहालका स्वकीय सचिव हुन् । सल्यानमा एमालेले गुलाबजङ्ग शाहको नाम एकल नाम पठाएको छ ।

एमाले प्रदेश इञ्चार्ज कँडेलको नाम पनि सुर्खेत २ (क) क्षेत्रबाट प्रदेशसभामा एकल सिफारिस गरिएको छ । उनी हाल कर्णाली प्रदेशसभामा विपक्षी दलका नेता हुन् । कांगे्रस प्रदेश सभापति ललितजङ्ग शाही जुम्ला प्रदेशसभा (क) मा सिफारिस भएका छन् ।

एकीकृत समाजवादीका प्रदेश अध्यक्ष अम्मरबहादुर थापालाई दैलेख–१ बाट उक्त पार्टीले प्रतिनिधिसभाका लागि सर्वसम्मत सिफारिस गरेको छ । दैलेख–२ बाट एमाले प्रदेश अध्यक्ष विनोदकुमार शाहसँगै कर्णाली प्रदेशसभाका सभामुख राजबहादुर शाही पनि प्रतिनिधिसभामा सिफारिस भएका छन् । एमाले प्रदेश अध्यक्ष शाहले जिल्लाको सिफारिसअनुसारै नाम केन्द्रमा पठाइएको जानकारी दिए । राप्रपा केन्द्रीय उपाध्यक्ष गिरी सुर्खेत–२, महामन्त्री शाही दैलेख–१ र प्रवक्ता शाही जुम्लाबाट प्रतिनिधिसभामा एकल सिफारिस भएका छन् ।रासस

वि.सं.२०७९ भदौ २५ शनिवार १३:५९ मा प्रकाशित

दार्चुलामा मध्य चमेलिया जलविद्युत् आयोजना निर्माण हुने

दार्चुलामा मध्य चमेलिया जलविद्युत् आयोजना निर्माण हुने

काठमाडौँ । सुदूरपश्चिम प्रदेशको जलविद्युत् केन्द्रका रुपमा स्थापित चमेलिया नदीमा...

प्रतिबन्ध लगाइएका वस्तुको बिक्रीवितरण नगर्न विभागको आग्रह

प्रतिबन्ध लगाइएका वस्तुको बिक्रीवितरण नगर्न विभागको आग्रह

काठमाडौँ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले प्रतिबन्ध लगाइएका...

ज्योति विकास बैंकका एटिएमहरूमा ‘नेपालपे’ कार्ड चल्ने

ज्योति विकास बैंकका एटिएमहरूमा ‘नेपालपे’ कार्ड चल्ने

काठमाडौँ । ज्योति विकास बैंकका ग्राहक तथा सर्वसाधारणले अब बैंकको...

सुर्खेतमा दुई दिन कुरेर सिलिण्डर भर्छन् उपभोक्ता

सुर्खेतमा दुई दिन कुरेर सिलिण्डर भर्छन् उपभोक्ता

कर्णाली । सुर्खेतमा एक सातादेखि खाना पकाउने एलपी ग्यास लिन...

वित्तीय क्षेत्रको आमूल सुधार नगरे समस्या झनै जटिल बन्दै जाने बाबुराम भट्टराईको चेतावनी

वित्तीय क्षेत्रको आमूल सुधार नगरे समस्या झनै जटिल बन्दै जाने बाबुराम भट्टराईको चेतावनी

काठमाडौं । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष तथा...

संरक्षण र रेखदेखको पर्खाइमा रहेका विमानस्थल

संरक्षण र रेखदेखको पर्खाइमा रहेका विमानस्थल

गण्डकी । बिना व्यावसायिक योजना निर्माण गरिएका कतिपय विमानस्थल सञ्चालनमा...