back
CTIZAN AD

जडीबुटीलाई आर्थिक समृद्धिसँग जोड्नुपर्ने

वि.सं.२०७९ भदौ २६ आइतवार

636 

shares

गण्डकी । गण्डकी प्रदेशका अर्थमन्त्री रामजीप्रसाद बरालले जडीबुटीलाई आर्थिक समृद्धिसँग जोड्नुपर्ने बताउका छन् ।

नेपाल आयुर्वेद औषधि व्यवसायी सङ्घ गण्डकीको वार्षिक साधारणसभा तथा दोस्रो अधिवेशनको शनिबार पोखरामा उद्घाटन गर्दै उनले गण्डकी प्रदेशमा जडीबुटीको अथाह सम्भावना भएकाले जडीबुटी प्रशोधन गर्ने उद्योगको स्थापना गरिनुपर्ने बताए ।

आयात गरिएको औषधि बिक्रीका लागि पसल मात्र खोल्ने नभई यस क्षेत्रका जडीबुटीको सदुपयोग गरी उद्योग सञ्चालन गरेमा त्यसले अर्थतन्त्रलाई बलियो बनाउने उनले बताए ।

औषधिको मूल्य र गुणस्तरीय वस्तुको नियमनमा राज्यको ध्यान जाने बताउँदै मन्त्री बरालले मानव स्वास्थ्यमाथि कसैले खेलबाड गर्न नहुनेमा जोड दिए । सङ्घका केन्द्रीय अध्यक्ष जङ्गराज गिरीले व्यवसायीले सदस्यता नवीकरण गर्न अझै काठमाडौँ धाउनुपर्ने अवस्थाका कारण एक हजारको कर तिर्न ३० हजार रुपैयाँसम्म खर्च हुने गरेको गुनासो गरे ।

सङ्घका निवर्तमान अध्यक्ष लोकेन्द्र चापागाईंले नेपालमा जडीबुटीमा धेरै सम्भावना भएको दाबी गर्दै यसको संरक्षण र उपयोगमा जोड दिनुपर्ने आवश्यकता औँल्याए ।

वि.सं.२०७९ भदौ २६ आइतवार १५:५४ मा प्रकाशित

सरकारका आधिकारिक दस्तावेज मोबाइलबाट ‘स्क्यान’ नगर्न निर्देशन

सरकारका आधिकारिक दस्तावेज मोबाइलबाट ‘स्क्यान’ नगर्न निर्देशन

काठमाडौँ । सरकारी कामकाजका आधिकारिक कागजात मोबाइल एप प्रयोग गरी...

विद्यालयबाट फर्किने क्रममा बेपत्ता बालिका खोलामा मृत भेटिइन्

विद्यालयबाट फर्किने क्रममा बेपत्ता बालिका खोलामा मृत भेटिइन्

घोडाघोडी (कैलाली) । कैलालीमा विद्यालयबाट घर फर्किने क्रममा सम्पर्कविहीन भएकी...

जलवायु उत्थानशीलता अभिवृद्धि गर्न नेपाललाई ८.५ मिलियन अमेरिकी डलर अनुदान

जलवायु उत्थानशीलता अभिवृद्धि गर्न नेपाललाई ८.५ मिलियन अमेरिकी डलर अनुदान

काठमाडौँ । हरित जलवायु कोष (जिसिएफ) बोर्डको ४५औँ बैठकले नेपालमा...

सिटिजन्स बैंकद्वारा बिश्रामपुर, बारामा निःशुल्क आँखा परीक्षण शिविर सम्पन्न 

सिटिजन्स बैंकद्वारा बिश्रामपुर, बारामा निःशुल्क आँखा परीक्षण शिविर सम्पन्न 

काठ्माडाैँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम...

मानुुषी लघुवित्तको साधारण सभा सम्पन्न मर्जर प्रस्ताव पारित

मानुुषी लघुवित्तको साधारण सभा सम्पन्न मर्जर प्रस्ताव पारित

काठमाडौं । मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडको सातौं वार्षिक साधारण...

प्रभु बैंक लिद्धारा त्रिभुवन विश्वविद्यालयलाई डिजिटल बोर्ड हस्तान्तरण

प्रभु बैंक लिद्धारा त्रिभुवन विश्वविद्यालयलाई डिजिटल बोर्ड हस्तान्तरण

काठमाडौँ । काठमाण्डौ महानगरपालिका, वडा नं ११, बबरमहल स्थित प्रभु...