back
CTIZAN AD

पुल भत्किँदा स्थानीय बासिन्दा जोखिमपूर्ण यात्रा गर्न बाध्य

वि.सं.२०७९ भदौ २७ सोमवार

714 

shares

गोलबजार । सिरहाको भगवानपुर गाउँपालिका–५ लालपुरमा खोलामा आएको बाढीले पुल भत्किँदा स्थानीय बासिन्दा जोखिमपूर्ण यात्रा गर्न बाध्य भएका छन् ।

भदौको दोस्रो साता आएको लगातारको वर्षाले लालपुर खोलामा पानीको बहाव उच्च हुदाँ जीर्ण अवस्थामा रहेको पुल भत्किँदा लालपुर, गरसहा, आभेनगर, चोचारटोल, लालपुर लगायतका बासिन्दालाई गाउँपालिका केन्द्र भगवानपुर बजार आउन जान समस्या भइरहेको छ । पुल भत्केको ठाउँमा बिजुली बाल्ने तीन खम्बाको सहारा लिई जोखिम मोलेर बाटो वारपार स्थानीय गरिहेको छ भने सबभन्दा बढी प्रभावित हनुमानप्रसाद माध्यमिक विद्यालयमा पढने साना बालबालिका र स्थानीय वृद्धवृद्धालाई लच्कने खालको बिजुलीका खम्बामा यात्रा गर्न बढी समस्या भइरहेको छ ।

भगवानपुर–५ लालपुरका नसिबलाल यादवका अनुसार साउनको सुरुमा नै पुलमा अलि चिरा परेको समयमा गाउँपालिकाले मर्मतमा ध्यान नदिँदा अहिले तीन हजार घरधुरी प्रभावित भएको बताए । पुल भत्किँदा गाउँमा एम्बुलेन्सलगायतका गाडी आउन सकिरहेका छैनन् । अहिले भगवतीपुरको घुमाउरो बाटो यात्रा गर्न बाध्य भएको स्थानीय सरोज कामैतले बताए ।

वडा नम्बर ५ का वडाध्यक्ष अमरलाल यादवले पुरानो जीर्ण पुल भएकाले पानीको बहाव उच्च भई भत्किएको बताए । गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत शिवेन्द्र मण्डलले अहिलेसम्म पुल भत्केको ठाउँमा मर्मतका विषयमा कुनै छलफल नभएको बताए । तत्कालै मर्मतका लागि गाउँपालिका अध्यक्षसँग छलफल गरेर छिट्टै नै मर्मत गराइने उनले जानकारी दिए । फाईल फोटाे

 

वि.सं.२०७९ भदौ २७ सोमवार १५:३१ मा प्रकाशित

सरकारका आधिकारिक दस्तावेज मोबाइलबाट ‘स्क्यान’ नगर्न निर्देशन

सरकारका आधिकारिक दस्तावेज मोबाइलबाट ‘स्क्यान’ नगर्न निर्देशन

काठमाडौँ । सरकारी कामकाजका आधिकारिक कागजात मोबाइल एप प्रयोग गरी...

विद्यालयबाट फर्किने क्रममा बेपत्ता बालिका खोलामा मृत भेटिइन्

विद्यालयबाट फर्किने क्रममा बेपत्ता बालिका खोलामा मृत भेटिइन्

घोडाघोडी (कैलाली) । कैलालीमा विद्यालयबाट घर फर्किने क्रममा सम्पर्कविहीन भएकी...

जलवायु उत्थानशीलता अभिवृद्धि गर्न नेपाललाई ८.५ मिलियन अमेरिकी डलर अनुदान

जलवायु उत्थानशीलता अभिवृद्धि गर्न नेपाललाई ८.५ मिलियन अमेरिकी डलर अनुदान

काठमाडौँ । हरित जलवायु कोष (जिसिएफ) बोर्डको ४५औँ बैठकले नेपालमा...

सिटिजन्स बैंकद्वारा बिश्रामपुर, बारामा निःशुल्क आँखा परीक्षण शिविर सम्पन्न 

सिटिजन्स बैंकद्वारा बिश्रामपुर, बारामा निःशुल्क आँखा परीक्षण शिविर सम्पन्न 

काठ्माडाैँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम...

मानुुषी लघुवित्तको साधारण सभा सम्पन्न मर्जर प्रस्ताव पारित

मानुुषी लघुवित्तको साधारण सभा सम्पन्न मर्जर प्रस्ताव पारित

काठमाडौं । मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडको सातौं वार्षिक साधारण...

प्रभु बैंक लिद्धारा त्रिभुवन विश्वविद्यालयलाई डिजिटल बोर्ड हस्तान्तरण

प्रभु बैंक लिद्धारा त्रिभुवन विश्वविद्यालयलाई डिजिटल बोर्ड हस्तान्तरण

काठमाडौँ । काठमाण्डौ महानगरपालिका, वडा नं ११, बबरमहल स्थित प्रभु...