काठमाडौं । आज देशभर आंशिक देखि सामान्य बदली रही देशका पहाडी भू–भागका केही र बाँकी भू–भागका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
त्यस्तै लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि संभावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
त्यस्तै राति पनि देशभर आंशिक देखि सामान्य बदली रही मधेश प्रदेश, गण्डकी र लुम्बिनी प्रदेशका केही र बाँकी प्रदेशका थोरै स्थानमा मेघ गर्जन\चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको पनि महाशाखाले जनाएको छ ।
त्यसैगरी भदौ २९ देखि ३१ सम्म लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशको तराइ भू–भाग भई बहने नदीहरूमा बहाव बढ्ने, केहीमा सतर्कता तहसम्म पुग्ने र केहीमा आकस्मिक बहाव ( हुन सक्ने पुर्वानुमान रहेकोले नदी तटीय क्षेत्रहरू तथा तराइको डुबान भइरहने होँचा भूभागहरूमा उच्च सतर्कता अपनाउन अनुरोध गरिएको छ ।
बाढी पूर्वानुमान महाशाखाले आज दोलखा, सिन्धुपाल्चोक, गोरखा, लमजुङ, अछाम, बाजुरा भइ बहने स–साना नदीको बहाव बढ्ने जनाएको छ ।
वि.सं.२०७९ भदौ २८ मंगलवार ०९:२० मा प्रकाशित






























