
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले करारमा कर्मचारीको माग गरेको छ ।
बैकले रिक्त पदपूर्तिका लागि एकवर्षे करार सेवाका लागि कर्मचारीको माग गर्दै आवेदन दिन आव्हान गरेको हो ।
बैंकले मान्यता प्राप्त शिक्षण संस्थाबाट चार्टड एकाउन्टेन्सी उपाधि हासिल गरेका ११ जना विशेषज्ञ चार्टर्ड एकाउन्टेन्टको माग गर्दै अनलाईनबाट आवेदन दिन सकिने जनाएको छ ।
त्यसैगरी बैंकले वित्तीय विवरणहरुको विश्लेषण सम्बन्धी अनुभव एनएफआरएस सम्बन्धी कार्यानुभव र कर्जा सम्बन्धी कार्यको अनुभव भएकालाई प्राथमिकता दिने जनाएको छ ।
वि.सं.२०७९ भदौ २८ मंगलवार ०९:०४ मा प्रकाशित