back
CTIZAN AD

मोटरसाइकल तथा स्कुटरमा दशैं अफर : कुन कम्पनीको कस्ता छन् कार्यक्रम ?

वि.सं.२०७९ भदौ २८ मंगलवार

828 

shares

काठमाडौं । चाडपर्व नजिकिएसँगै मोटरसाइकल तथा स्कुटर बिक्रेता कम्पनीहरुले नयाँ–नयाँ स्कीमका कार्यक्रम सार्वजनिक गरेका छन् । कम्पनीहरुले आफ्नो बिक्री बढाउनका निम्ति नगद छुटदेखि बीमा सुविधासम्मका कार्यक्रम ल्याएका छन् । साथै कम्पनीहरुले उपहारका कार्यक्रम पनि ल्याएका छन् ।

दशैं तिहार लक्षित कार्यक्रममा अधिकांश कम्पनीहरुले न्यूनतम डाउनपेमेन्टमै खरिद गर्न सकिने व्यवस्था गरेका छन् । साथै १५ सम्मको छुटको कार्यक्रम ल्याएका छन् ।

बजाजमा नगद छुट र डाउनपेमेन्टमा स्कीम

बजाज बाईकले दशैं–तिहार लक्षित गरी ग्राहकका लागि नगद छुटदेखि डाउनपेमेन्टमा पनि निकै आर्कषक स्कीम ल्याएको छ । नेपालका लागि बजारको आधिकारिक वितरक हंसराज हुलास चन्द एण्ड कम्पनीले जनाएअनुसार बजाजको बाईक खरिदमा ७ हजार नगदै पाइने र २५ प्रतिशत डाउन पेमेन्टमै बाइक खरिद गर्न सकिने अफर ल्याएको छ ।

यामाहामा ६ हजार नगद उपहार

यसपटकको चाडपर्वमा यामाहाको बाइक तथा स्कुटर किन्दा ६ हजारसम्म न्यूनतम नगद उपहार पाइने भएको छ । नेपालका लागि यामाहाको आधिकारिक वितरण यामाहा नेपालले बताएअनुसार ‘यामाहा फेस्टिभ ह्याट्रिक’ अन्तर्गत हरेक बाइक तथा स्कुटरको खरिदमा तत्कालै स्योर शट उपहारमा ६ हजार रुपैयाँ उपहार पाइने छ । त्यस्तै, तीन भाग्यशालीले हाइसेन्सको ५० इन्चको स्मार्ट टिभी पाउन सक्नेछन् । यामाहाले फाइनान्समा खरिद गर्नको निम्ति पनि सहजीकरण गरिदिने जनाएको छ ।

टिभीएसमा पाँच पटकसम्म उपहार

यस पटकको दशैं तिहार लक्षित गरी टिभीएसको आधिकारिक विक्रेता जगदम्बा मोर्टस कम्पनीले ‘काया पलट’ अफर सञ्चालनमा ल्याएको छ । काया पलटअन्तर्गतको अफरमा नकिन्दै पनि एक लाखसम्म नगद जित्ने मौका छ भने खरिद गरेपछि दश लाखसम्म जित्ने मौका उपलब्ध हुनेछ ।

कम्पनीमा सोधपुछ मात्रै गर्नेमध्येबाट हरेक दिन एक जनाले रियलमी सी ३० स्मार्ट फोन प्राप्त गर्न सक्नेछन् । कम्पनीले जनाएअनुसार काया पलट अफरमा सहभागि एक भाग्यशालीले ५० लाखसम्म नगद पुरस्कार जित्न सक्नेछन् भने हरेक हप्ता एक जना खरिदकर्ताले सम्पूर्णं नगद फिर्ता पनि पाउने छन् ।

कम्पनीले २० प्रतिशत डाउनपेमेन्टमै बाइक तथा स्कुटर खरिद गर्न सकिने व्यवस्था गरेको छ । ग्राहकले मासिक ४ हजार २ सय रुपैयाँ ईएमआईमा टिभीएसका कुनै पनि बाइक तथा स्कुटर खरिद गर्न सक्नेछन् ।

बेनेलीमा तीन पटक उपहार

बनेली मोटरसाइकलको आधिकारिक विक्रेता केटीएम इन्टरनेशन ट्रेडिङ्गले दशैं, तिहार र छठ लक्षित ‘दशैं फिएस्टा अफर’ सञ्चालनमा ल्याएको छ । जुन अफरअन्तर्गत मोटरसाइकल किन्नु अगावै, किन्दा र किनेपछि गरी तीन पटकसम्म छुट र विभिन्न उपहार प्राप्त गर्न सकिनेछ । कम्पनीले ई–डिस्काउन्टअन्तर्गत किन्नुभन्दा पहिल्यै क्यूआर कोड स्क्यान गरी १ लाख रुपैयाँसम्म जित्न सकिने, किन्ने निश्चित भइसकेपछि वाक इन डिस्काउन्ट कार्यक्रमअन्तर्गत स्क्रयाच गरी १ लाख रुपैयाँसम्म जित्न सकिने र मोटरसाइकल किनेपछि ५ हजार रुपैयाँसम्मको हेल्मेट र अन्य विभिन्न गिफ्ट पाउन सकिने जनाइएको छ ।

होण्डामा १५ लाखसम्मको उपहार

होण्डाको नेपालका लागि आधिकारिकता बिक्रेता स्याकार टे«डिङले दशैं तिहार लक्षित गरी ‘दशैंको शुभ लाभ’ अफर सञ्चालनमा ल्याएको छ । जसअन्तर्गत बम्फरमा १५ लाखसम्मको उपहार जित्न सकिनेछ । ७ प्रदेशलाई समावेश गरी ल्याइएको कार्यक्रममा हरेक प्रदेशका एक जना विजेताले ७ लाख नगद जित्नसक्नेछन् । साथ, स्योर सुटमा सर्भिसिङ्गदेखि अन्य कार्यक्रम पनि समावेश छन् । हरेक स्र्काचमा न्यूनत ७ हजारसम्म पर्नसक्ने जनाइएको छ ।

हिरोमा ७ हजार पक्का, बम्फरमा १ लाखसम्म नगद

हिरो मोटसाइकलको आधिकारिक बिक्रेता नेपाल जेनरल मार्केटिङ प्रालिले दशैं लक्षित ‘आहा दशैं चाडपर्वको उमङ्ग, हिरो चढी दङ्ग’ कार्यक्रम सञ्चालनमा ल्याएको छ । उक्त कार्यक्रमअन्तर्गत हरेक क्रेताले ७ हजार ५ सय रुपैयाँ नगद छुट पाउनेछन् भने स्क्रयाच कार्डमार्फत १ लाखसम्मको नगद जित्न सक्नेछन् । त्यस्तै बम्फर लक्की ड्रमार्फत एक जनाले १ लाखसम्म नगद छुट पाउनेछन् ।

वि.सं.२०७९ भदौ २८ मंगलवार १४:४८ मा प्रकाशित

सरकारका १०० दिनः शासकीय सुधारसम्बन्धी सञ्चारअन्तर्गत सम्पन्न भएका कार्य

सरकारका १०० दिनः शासकीय सुधारसम्बन्धी सञ्चारअन्तर्गत सम्पन्न भएका कार्य

काठमाडौँ । सरकारले अघि सारेको ‘शासकीय सुधारसम्बन्धी १०० कार्यसूची’ कार्यान्वयन...

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...

सानिमा बैंकले वितरण गर्यो गर्भवती र सुत्केरीलाई पौष्टिक खाना

सानिमा बैंकले वितरण गर्यो गर्भवती र सुत्केरीलाई पौष्टिक खाना

काठमाडौँ । सानिमा बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शिक्षा,...

गरिमा विकास बैंक उत्कृष्ट सिल्भर अवार्डबाट सम्मानित

गरिमा विकास बैंक उत्कृष्ट सिल्भर अवार्डबाट सम्मानित

काठमाडौँ । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान) द्वारा वार्षिक रुपमा...

सिटिजन्स बैंकद्वारा बिश्रामपुर, बारामा निःशुल्क आँखा परीक्षण शिविर सम्पन्न 

सिटिजन्स बैंकद्वारा बिश्रामपुर, बारामा निःशुल्क आँखा परीक्षण शिविर सम्पन्न 

काठ्माडाैँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम...

मानुुषी लघुवित्तको साधारण सभा सम्पन्न मर्जर प्रस्ताव पारित

मानुुषी लघुवित्तको साधारण सभा सम्पन्न मर्जर प्रस्ताव पारित

काठमाडौं । मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडको सातौं वार्षिक साधारण...