back
CTIZAN AD

अध्यक्ष नेपालद्वारा संविधान दिवसको शुभकामना

वि.सं.२०७९ असोज ३ सोमवार

786 

shares

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले सामाजिक न्यायमा आधारित समतामूलक समाज निर्माणका लागि समाजवादउन्मुख अर्थतन्त्रको आवश्यकता औल्याएका छन् ।

आठौँ संविधान दिवसका अवसरमा एक विज्ञप्ति जारी गर्दै उनले जनताको सहभागितामा बनाएको संविधानले परिकल्पना गरेको समाजवाद स्थापना गर्न सकिने र संविधानद्वारा प्रत्याभूत गरिएका नागरिक आकांक्षा पूरा हुने विश्वास व्यक्त गरेका छन् ।

नेपाली जनताको सङ्घर्ष, त्याग र बलिदानपूर्ण सङ्घर्षको फलस्वरुप जननिर्वाचित संविधानसभाले सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना गरेको र त्यसका लागि भएका विभिन्न आन्दोलनमा जीवन बलिदान गर्ने शहीदप्रति विज्ञप्तिमा श्रद्धाञ्जलि व्यक्त गरिएको छ ।

विज्ञप्तिमा भनिएको छ, “प्रतिस्पर्धात्मक बहुदलीय लोकतान्त्रिक शासनप्रणाली, नागरिक स्वतन्त्रता, मौलिक अधिकार, मानवअधिकार, बालिग मताधिकार, आवधिक निर्वाचन, पूर्ण प्रेस स्वतन्त्रता, स्वतन्त्र, निष्पक्ष र सक्षम न्यायपालिका तथा कानुनी राज्यको अवधारणालगायत लोकतान्त्रिक मूल्य र मान्यतालाई आत्मसात् गर्नु संविधानको उपलब्धि हो । संविधान जारीपछि मुलुकको राज्य संरचना र शासन सत्तामा ठूलो परिवर्तन तथा सुधार भएको छ ।”

विज्ञप्तिमा असंवैधानिक रूपमा दुई पटक गरिएको संसद् विघटन, स्वेच्छाचारिता, अहङ्कार, दम्भ एवं अनेक खाले विकृतिका विरूद्ध अघिल्लो वर्ष पाँच दलीय गठबन्धनको नेतृत्वमा भएको सडक आन्दोलनले मुलुकलाई प्रतिगमनबाट जोगाउन र संविधानको रक्षा गर्न सफलता प्राप्त गरेको विषयलाई पनि संविधान दिवसका अवसरमा स्मरण गर्नुपर्नेे उल्लेख छ । विज्ञप्तिमा भनिएको छ ,“ अहिले पनि प्रतिगामी र दक्षिणपन्थी शक्तिहरु संविधानविरुद्ध लागिरहेकाले सर्तक हुन आवश्यक छ ।”

विज्ञप्तिमा आसन्न प्रादेशिक र सङ्घीय निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको अहिलेको अवस्थामा संविधान मास्ने र विधिलाई समाप्त पार्ने शक्ति नक्कली कुरा गरी जनतालाई दिग्भ्रमित पार्ने र झुक्याउने प्रपन्च गरिरहेकाले जनताको सहयोग, सद्भाव र सुझबुझपूर्ण निर्णयको अपेक्षा गरिएको उल्लेख छ ।

 

वि.सं.२०७९ असोज ३ सोमवार ११:२० मा प्रकाशित

सरकारका आधिकारिक दस्तावेज मोबाइलबाट ‘स्क्यान’ नगर्न निर्देशन

सरकारका आधिकारिक दस्तावेज मोबाइलबाट ‘स्क्यान’ नगर्न निर्देशन

काठमाडौँ । सरकारी कामकाजका आधिकारिक कागजात मोबाइल एप प्रयोग गरी...

विद्यालयबाट फर्किने क्रममा बेपत्ता बालिका खोलामा मृत भेटिइन्

विद्यालयबाट फर्किने क्रममा बेपत्ता बालिका खोलामा मृत भेटिइन्

घोडाघोडी (कैलाली) । कैलालीमा विद्यालयबाट घर फर्किने क्रममा सम्पर्कविहीन भएकी...

जलवायु उत्थानशीलता अभिवृद्धि गर्न नेपाललाई ८.५ मिलियन अमेरिकी डलर अनुदान

जलवायु उत्थानशीलता अभिवृद्धि गर्न नेपाललाई ८.५ मिलियन अमेरिकी डलर अनुदान

काठमाडौँ । हरित जलवायु कोष (जिसिएफ) बोर्डको ४५औँ बैठकले नेपालमा...

सिटिजन्स बैंकद्वारा बिश्रामपुर, बारामा निःशुल्क आँखा परीक्षण शिविर सम्पन्न 

सिटिजन्स बैंकद्वारा बिश्रामपुर, बारामा निःशुल्क आँखा परीक्षण शिविर सम्पन्न 

काठ्माडाैँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम...

मानुुषी लघुवित्तको साधारण सभा सम्पन्न मर्जर प्रस्ताव पारित

मानुुषी लघुवित्तको साधारण सभा सम्पन्न मर्जर प्रस्ताव पारित

काठमाडौं । मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडको सातौं वार्षिक साधारण...

प्रभु बैंक लिद्धारा त्रिभुवन विश्वविद्यालयलाई डिजिटल बोर्ड हस्तान्तरण

प्रभु बैंक लिद्धारा त्रिभुवन विश्वविद्यालयलाई डिजिटल बोर्ड हस्तान्तरण

काठमाडौँ । काठमाण्डौ महानगरपालिका, वडा नं ११, बबरमहल स्थित प्रभु...