back
CTIZAN AD

एमसिसीमाथि नेपाली महिला क्रिकेट टोलीको जित

वि.सं.२०७९ कात्तिक १५ मंगलवार

696 

shares

कास्की । नेपाली महिला राष्ट्रिय क्रिकेट टोली सम्मिलित नेपाल क्रिकेट सङ्घ(क्यान–११) ले बेलायतको मेरिलेबोन क्रिकेट क्लब (एमसिसी)सँगको मैत्रीपूर्ण क्रिकेट प्रतिस्पर्धामा जित हासिल गरेको छ ।

पोखरा रङ्गशालास्थित क्रिकेट मैदानमा आज अन्तिम दिनको एकदिवसीय खेलमा क्यान–११ ले एमसिसीमाथि दुई विकेटले जित निकालेको हो । खेलमा नेपाली टोलीका नेरी थापाले व्यक्तिगत ५५ रनको योगदानसँगै दुई महत्वपूर्ण विकेट हात पार्दै ‘प्लेयर अफ दि म्याच’ तथा ‘प्लेयर अफ दि सिरिज’को ट्रफीसमेत हात पारिन् । आजको जितसँगै नेपाली महिला क्रिकेट टोली क्यान–११ ले सिरिजसमेत हात पारेको छ । क्यान ११ ले टी–२० मा समेत एमसिसिलाई पराजित गरेको थियो ।

खेलमा टस जितेर ब्याटिङ रोजेको एमसिसीले छ विकेटको नोक्सानीमा १५५ रन जोडेको थियो । एमसिसीका लागि क्लारा टेलरले ५५ र अमान्दा पोटगिजरले २६ रन तथा जेनी किटजिङ्गरले २५ रनको योगदान दिइन् ।

नेपालका लागि वलिङतर्फ नेरी थापा र सोनी पाख्रिनले समान दुई÷दुई विकेट लिँदा सीता राना र इन्दु वर्माले एक÷एक विकेट लिइन् । खेलमा जितका लागि १५६ रनको लक्ष्य पछ्याउने क्रममा नेपाली टोलीले ३९ ओभरमा आठ विकेट गुमाएर लक्ष्य भेट्टायो ।

नेपाली टोलीका नेरी थापाले ५५, कविता कुँवरले १८, रुविना क्षेत्रीले १६, सम्झना खड्काले ११ र रोमा थापाले १० रन बनाइन् । एमसिसीका लागि अमान्दा पोटगिजरले तीन विकेट लिँदा एलिगा हुवार्ड र इशाबेल गुर्नीले समान दुई÷दुई विकेट लिइन् । रिचेल पोर्टरले एक विकेट लिए ।

क्रिकेटको जन्मस्थल मानिने बेलायतको मेरिलेबोन क्रिकेट क्लब (एमसिसी) क्रिकेट खेलको विकास तथा प्रचारका लागि अन्तर्राष्ट्रियस्तरमा नै भ्रमण गर्ने गर्दछ । विजेता खेलाडीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य राजेशकुमार गुरुङ, प्रदेश खेलकुद परिषद्का उपाध्यक्ष ध्वनकुमार गुरुङ, सदस्य सचिव घनश्याम पौडेललगायतले पुरस्कार वितरण गरे ।

 

वि.सं.२०७९ कात्तिक १५ मंगलवार २१:१० मा प्रकाशित

विश्वकप फुटबलः स्विडेनलाई पराजित गर्दैै फ्रान्स अन्तिम १६ मा

विश्वकप फुटबलः स्विडेनलाई पराजित गर्दैै फ्रान्स अन्तिम १६ मा

काठमाडौँ । फिफा विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत आज भएको खेलमा फ्रान्स...

फिफा विश्वकपः अन्तिम १६ मा ब्राजिल प्रवेश

फिफा विश्वकपः अन्तिम १६ मा ब्राजिल प्रवेश

काठमाडौँ । फिफा विश्वकप–२०२६ फुटबल प्रतियोगिताअन्तर्गत राउण्ड अफ ३२ को खेलमा...

विश्वकप फुटबलः अफ्रिकालाई पराजित गर्दै क्यानडा प्रिक्वार्टरफाइनलमा प्रवेश

विश्वकप फुटबलः अफ्रिकालाई पराजित गर्दै क्यानडा प्रिक्वार्टरफाइनलमा प्रवेश

काठमाडौँ । दक्षिण अफ्रिकालाई हराउँदै क्यानडा फिफा विश्वकप फुटबल २०२६...

यस्तो छ समितिले तोकेको आजका लागि कृषिउपजको थोक मूल्य

यस्तो छ समितिले तोकेको आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

विश्वकप फुटवल : नर्वेलाई हराउदै फ्रान्स समूह आइको बिजेता

विश्वकप फुटवल : नर्वेलाई हराउदै फ्रान्स समूह आइको बिजेता

काठमाडौँ । उसमान डेम्बेको ह्याट्रिकमा फ्रान्सले नर्वेलाई पराजित गर्दै फिफा...

विश्वकप फुटबल प्रतियोगिता : जर्मनीलाई हराउँदै इक्वेडर नकआउट चरणमा प्रवेश

विश्वकप फुटबल प्रतियोगिता : जर्मनीलाई हराउँदै इक्वेडर नकआउट चरणमा प्रवेश

काठमाडौँ । जर्मनीलाई हराउँदै इक्वेडर फिफा विश्वकप फुटबल प्रतियोगिताको नकआउट...