back
CTIZAN AD

बैंकहरुको ब्याज आम्दानी बढ्यो, कुन बैंकको आम्दानी कति ?

वि.सं.२०७९ कात्तिक १६ बुधवार

1.3K 

shares

काठमाडौं । चालु आर्थिक वर्ष २०७९/८० को पहिलो तीन महिनामा वाणिज्य बैंकहरुको ब्याज आम्दानीमा बृद्धि भएको छ । सार्वजनिक तथ्याङ्अनुसार चालु आबको पहिलो त्रैमासमा बैंकहरुले ४६ अर्ब ४४ करोड रुपैंया खुद ब्याज आम्दानी गरेका हुन् । त्यसमध्ये सबैभन्दा बढी आम्दानी गर्नेमा नबिल बैंक रहेको छ । उसले पहिले त्रैमासमा करिब तीन अर्ब ६८ करोड ब्याज आम्दानी गरेको छ ।

गत आर्थिक बर्ष २०७८/७९ को सोहि अबधिमा बैंकहरुले ३३ अर्ब ९९ करोड मात्र ब्याज आम्दानी गरेका थिए । गत बर्षको तुलनामा चालु आर्थिक वर्षको पहिलो त्रैमासमा गरेको ब्याज वापतको आम्दानी निकै नै धेरै हो ।

बैंकहरुले खर्च गर्ने आम्दानीको मुख्य श्रोत बैंकमा जम्मा भएको रकमलाई कर्जाको रुपमा प्रवाह गरेर हुने आम्दानी हो । चालु आर्थिक बर्षमा बैंहरुले कर्जा र व्याजको अन्तर(स्प्रेडदर) बढाएका छन् । स्प्रेडदर बढाएका कारण पनि बैंकहरुको आम्दानीमा बृद्धि भएको सहजै अनुमान गर्न सकिन्छ ।

तरलता अभाव भएर बैंक तथा वित्तिय संस्थामा चाप पर्दा ब्याजदरमा बृद्धि भएको छ । ब्याजदरमा बृद्धि भएका कारण कर्जाबाट असुल हुने ब्याजमा बृद्धि हुँदा बैंकहरुको आम्दानी पनि बढेको हो ।

बैंकहरुले प्रकाशित गरेको तथ्याङ्कअनुसार बैंकहरुसँग लगानी योग्य रकमको भने अझै पनि अभाव नै देखिएको छ । यस्तो अबस्थामा पनि आम्दानी बढ्नु भनेको ब्याजदरमा भएको बृद्धि नै हो ।

विगत केही वर्ष अघिदेखिकै तथ्याँक हेर्दा पनि चालु आबमा खुद ब्याज आम्दानीमा राम्रो बृद्धि भएको देखिन्छ। आर्थिक वर्ष २०७७/७८ को पहिलो त्रैमासमा बैंकहरुको खुद ब्याज आम्दानी ३० अर्ब २६ करोड रुपैयाँ थियो भने आर्थिक वर्ष २०७६/७७ को पहिलो त्रैमासमा पनि ३१ अर्ब ३७ करोड रुपैयाँ मात्रै थियो।

गत आर्थिक वर्षको पहिलो त्रैमासमा ३३ अर्ब ९९ करोड रुपैयाँ मात्रै खुद ब्याज आम्दानी गरेका बैंकहरुले चालु आर्थिक वर्षमा भने निकै धेरै ब्याज आम्दानी गरेको देखिएको छ। गत आर्थिक वर्षको तेस्रो त्रैमासदेखि नै बैंकहरुको खुद ब्याज आम्दानी भने बढीरहेको देखिएको छ। गत आर्थिक वर्षको दोस्रो त्रैमासमा ३१ अर्ब १२ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेका बैंकहरुले तेस्रो त्रैमासमा ३८ अर्ब ४४ करोड र चौथो त्रैमासमा ४६ अर्ब ८६ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेका छन्।

कुन बैंकको आम्दानी कति ?

वि.सं.२०७९ कात्तिक १६ बुधवार १७:१५ मा प्रकाशित

सरकारका आधिकारिक दस्तावेज मोबाइलबाट ‘स्क्यान’ नगर्न निर्देशन

सरकारका आधिकारिक दस्तावेज मोबाइलबाट ‘स्क्यान’ नगर्न निर्देशन

काठमाडौँ । सरकारी कामकाजका आधिकारिक कागजात मोबाइल एप प्रयोग गरी...

विद्यालयबाट फर्किने क्रममा बेपत्ता बालिका खोलामा मृत भेटिइन्

विद्यालयबाट फर्किने क्रममा बेपत्ता बालिका खोलामा मृत भेटिइन्

घोडाघोडी (कैलाली) । कैलालीमा विद्यालयबाट घर फर्किने क्रममा सम्पर्कविहीन भएकी...

जलवायु उत्थानशीलता अभिवृद्धि गर्न नेपाललाई ८.५ मिलियन अमेरिकी डलर अनुदान

जलवायु उत्थानशीलता अभिवृद्धि गर्न नेपाललाई ८.५ मिलियन अमेरिकी डलर अनुदान

काठमाडौँ । हरित जलवायु कोष (जिसिएफ) बोर्डको ४५औँ बैठकले नेपालमा...

सिटिजन्स बैंकद्वारा बिश्रामपुर, बारामा निःशुल्क आँखा परीक्षण शिविर सम्पन्न 

सिटिजन्स बैंकद्वारा बिश्रामपुर, बारामा निःशुल्क आँखा परीक्षण शिविर सम्पन्न 

काठ्माडाैँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम...

मानुुषी लघुवित्तको साधारण सभा सम्पन्न मर्जर प्रस्ताव पारित

मानुुषी लघुवित्तको साधारण सभा सम्पन्न मर्जर प्रस्ताव पारित

काठमाडौं । मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडको सातौं वार्षिक साधारण...

प्रभु बैंक लिद्धारा त्रिभुवन विश्वविद्यालयलाई डिजिटल बोर्ड हस्तान्तरण

प्रभु बैंक लिद्धारा त्रिभुवन विश्वविद्यालयलाई डिजिटल बोर्ड हस्तान्तरण

काठमाडौँ । काठमाण्डौ महानगरपालिका, वडा नं ११, बबरमहल स्थित प्रभु...