सुदूरपश्चिम । नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो गृह जिल्लाका विभिन्न ठाउँमा चुनावीसभा गर्दैछन् ।
बुधबार हेलिकप्टरमार्फत धनगढी पुगेका प्रधानमन्त्री देउवा आज डडेल्धुरा जाने कार्यक्रम रहेको छ । त्यहाँ देउवा शनिबारसम्म विभिन्न चुनावी सभामा सहभागी हुनेछन् ।
आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा डडेल्धुरा जिल्लाबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार रहेका कांग्रेस सभापति देउवाले कात्तिक १७ देखि २० गतेसम्म डडेल्धुराका विभिन्न ठाउँमा हुने चुनावीसभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
वि.सं.२०७९ कात्तिक १७ बिहीवार ०७:५६ मा प्रकाशित






























