काठमाडौं । आगामी प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनका लागि उम्मेदवारी दिएका विभिन्न दलका उम्मेदवारहरुले आजदेखि चुनावी सभा गर्न पाउने छन् ।
निर्वाचन आयोगले उम्मेदवारहरुले आजदेखि चुनावी सभा तथा र्याली गर्न पाउने जनाएको छ । आयोगले आजदेखि निर्वाचन आचारसंहिताको दोस्रो चरण सुरु भएको बताउँदै खुल्ला रुपमा उम्मेदवारहरुले खुल्ला रुपमा चुनावी प्रचार–प्रसार गर्न पाउने जनाएको हो ।
आयोगले कात्तिक १६ गतेसम्म २५ जनाको समूहमा घर दैलो गर्न नपाइने आचार संहिता बनाएको थियो । जसमा २५ जना भन्दा बढी जमघट भएर चुनावी घरदैलो गरेको कतिपय उम्मेदवारलाई आयोगले २४ घण्टे स्पष्टीकरण समेत सोधेको थियो ।
आयोगका अनुसार दल तथा तिनका उम्मेदवारहरुले मंसिर ४ गतेसम्म चुनावी सभा, जुलुस लगायतका प्रचार–प्रसारका काम गर्ने पाउनेछन् । तर, प्रचार–प्रसारमा जाँदा अनिवार्यरुपमा आयोगको अनुमति लिनुपर्ने समेत बताएको छ ।
त्यस्तै आयोगले चुनाव प्रचार–प्रसारका क्रममा केन्द्रदेखि जिल्ला सम्म सरकारी स्रोतको साधन दुरुपयोग नर्गन समेत अनुरोध गरेको छ ।
वि.सं.२०७९ कात्तिक १७ बिहीवार ०८:३४ मा प्रकाशित






























