back
CTIZAN AD

लण्डनमा पूर्वगोर्खाका मुद्दामा त्रिपक्षीय वार्ता

वि.सं.२०७९ कात्तिक १८ शुक्रवार

867 

shares

लण्डन । लामो समयदेखि प्रतिक्षारत भूतपूर्व गोर्खाहरूको समस्या समाधानका लागि लण्डनमा वार्ता भएको छ ।

संयुक्त अधिराज्यको रक्षा मन्त्रालयमा रक्षा राज्यमन्त्री डा एन्ड्रिउ मरिसन, संयुक्त अधिराज्यका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्य, भूतपूर्व गोर्खाहरूको तर्फबाट मेजर (अवकाश प्राप्त) जुदबहादुर गुरुङसमेतको सहभागितामा भूपू गोर्खाहरूको माग सम्बोधनका विषयमा पहिलो बैठक बिहीबार सम्पन्न भएको लण्डनस्थित नेपाली राजदूतावासले जनाएको छ ।

नेपाल सरकारको तर्फबाट राजदूत आचार्यले भूपू गोर्खाका लागि ब्रिटिस सैनिक सरह पेन्सन, पूरक पेन्सन, अङ्गभङ्ग भएका तथा मृतकका परिवारका लागि एकमुष्ट भुक्तानी, कल्याणकारी कार्यलगायत समाधान गर्न बाँकी रहेका मागका बारेमा आफ्नो धारणा राखेका थिए । साथै उक्त विषयमा भूपू गोर्खाहरूको तर्फबाट जुदबहादुर गुरुङले कुरा राख्नुभएको नेपाली राजदूतावासका उपनियोग प्रमुख रोशन खनालले जानकारी दिए ।

बेलायत सरकारको तर्फबाट रक्षा राज्यमन्त्री डा मरिसनले आफूले यी विषयमा विस्तृत अध्ययन तथा परामर्श गरी पुनः अर्को बैठकमा छलफल गर्ने बताउनुभएको दूतावासले जनाएको छ । बैठकमा नेपाल सरकारका तर्फबाट राजदूत आचार्यसहित नेपाली राजदूतावासका उपनियोग प्रमुख खनाल, सैनिक सहचारी महासेनानी रत्नबहादुर गोदार तथा भूतपूर्व गोर्खाहरूको तर्फबाट पुष्पा राणा घले, धनबहादुर गुरुङ तथा बेलायत सरकारको तर्फबाट रक्षा राज्यमन्त्री डा मरिसनसहित रक्षा मन्त्रालय एवं त्यसअन्तर्गतका विभिन्न पदाधिकारी सहभागी भएको दूतावासले जनाएको छ । मन्त्रालयमा वार्ता भइरहँदा बाहिर भूतपूर्व गोर्खाहरूले दबाबस्वरुप शान्तिपूर्ण प्रदर्शन गरेका थिए । रासस

वि.सं.२०७९ कात्तिक १८ शुक्रवार ०८:४५ मा प्रकाशित

सरकारका आधिकारिक दस्तावेज मोबाइलबाट ‘स्क्यान’ नगर्न निर्देशन

सरकारका आधिकारिक दस्तावेज मोबाइलबाट ‘स्क्यान’ नगर्न निर्देशन

काठमाडौँ । सरकारी कामकाजका आधिकारिक कागजात मोबाइल एप प्रयोग गरी...

विद्यालयबाट फर्किने क्रममा बेपत्ता बालिका खोलामा मृत भेटिइन्

विद्यालयबाट फर्किने क्रममा बेपत्ता बालिका खोलामा मृत भेटिइन्

घोडाघोडी (कैलाली) । कैलालीमा विद्यालयबाट घर फर्किने क्रममा सम्पर्कविहीन भएकी...

जलवायु उत्थानशीलता अभिवृद्धि गर्न नेपाललाई ८.५ मिलियन अमेरिकी डलर अनुदान

जलवायु उत्थानशीलता अभिवृद्धि गर्न नेपाललाई ८.५ मिलियन अमेरिकी डलर अनुदान

काठमाडौँ । हरित जलवायु कोष (जिसिएफ) बोर्डको ४५औँ बैठकले नेपालमा...

सिटिजन्स बैंकद्वारा बिश्रामपुर, बारामा निःशुल्क आँखा परीक्षण शिविर सम्पन्न 

सिटिजन्स बैंकद्वारा बिश्रामपुर, बारामा निःशुल्क आँखा परीक्षण शिविर सम्पन्न 

काठ्माडाैँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम...

मानुुषी लघुवित्तको साधारण सभा सम्पन्न मर्जर प्रस्ताव पारित

मानुुषी लघुवित्तको साधारण सभा सम्पन्न मर्जर प्रस्ताव पारित

काठमाडौं । मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडको सातौं वार्षिक साधारण...

प्रभु बैंक लिद्धारा त्रिभुवन विश्वविद्यालयलाई डिजिटल बोर्ड हस्तान्तरण

प्रभु बैंक लिद्धारा त्रिभुवन विश्वविद्यालयलाई डिजिटल बोर्ड हस्तान्तरण

काठमाडौँ । काठमाण्डौ महानगरपालिका, वडा नं ११, बबरमहल स्थित प्रभु...