back
CTIZAN AD

निगम नाफामा जाँदा पनि पेट्रोलियम पदार्थको मूल्य यथावत

वि.सं.२०७९ कात्तिक १८ शुक्रवार

654 

shares

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत राखेको छ ।

इण्डियन आयल कर्पोरेसन लिमिटेडले पछिल्लो पटक पठाएको मूल्य सूचीअनुसार पेट्रोल, डिजेल लगायतको मूल्य केही बढेर आएको निगमले जनाएको छ ।

निगमका अनुसार पेट्रोलमा ०.६१ प्रति लिटर, डिजेलमा ५.७६ प्रति लिटर, मट्टितेलमा ४.०१ प्रति लिटर, हवाई इन्धनमा ४.७७ प्रति लिटरले बढेर आएको छ । एलपी ग्यासमा केही घटेर आएको भएतापनि निगमलाई हाल डिजेलमा १२.१४ प्रति लिटर घाटा रहेको छ भने ग्यासमा २२८.८४ प्रति सिलिण्डर घाटा छ ।

पेट्रोल, हवाई इन्धन र मट्टितेलमा हुने केही नाफा समेतलाई गणना गर्दा समग्रमा निगमलाई आगामी १५ दिनमा करिब १८ करोड नाफा हुने प्रक्षेपण गरिएको निगमले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । यद्यपि निगमले इण्डियन आयल कर्पोरेसन र नेपाल सरकारलाई २९ अर्ब ११ करोड पुरानो ऋण तिर्न बाँकी रहेको जनाइएको छ ।

वि.सं.२०७९ कात्तिक १८ शुक्रवार ०९:२० मा प्रकाशित

राष्ट्रव्यापी सामुदायिक उत्सवमार्फत यामाहाले मनायो आफ्नो ७१ औं वार्षिकोत्सव

राष्ट्रव्यापी सामुदायिक उत्सवमार्फत यामाहाले मनायो आफ्नो ७१ औं वार्षिकोत्सव

काठमाडौं । यामाहा मोटर कम्पनीले हरेक वर्ष जुलाई १ लाई...

विदेशी पर्यटकको बढ्दो आगमनसँगै बढ्दैछन् तारे होटल र रिसोर्ट

विदेशी पर्यटकको बढ्दो आगमनसँगै बढ्दैछन् तारे होटल र रिसोर्ट

अच्युत रेग्मी, काठमाडौ । नेपालमा विदेशी पर्यटक आगमनमा भएको उत्साहजनक...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको...

सरकारका १०० दिनः शासकीय सुधारसम्बन्धी सञ्चारअन्तर्गत सम्पन्न भएका कार्य

सरकारका १०० दिनः शासकीय सुधारसम्बन्धी सञ्चारअन्तर्गत सम्पन्न भएका कार्य

काठमाडौँ । सरकारले अघि सारेको ‘शासकीय सुधारसम्बन्धी १०० कार्यसूची’ कार्यान्वयन...

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...

सानिमा बैंकले वितरण गर्यो गर्भवती र सुत्केरीलाई पौष्टिक खाना

सानिमा बैंकले वितरण गर्यो गर्भवती र सुत्केरीलाई पौष्टिक खाना

काठमाडौँ । सानिमा बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शिक्षा,...