लेगोस, नाइजेरिया । सुदूरपश्चिमको डोटी लगायतका जिल्लामा हालै गएको भुकम्पबाट मृतक हुने र भौतिक क्षति हुने परिवारको तत्काल राहत सहयोगका लागि अफ्रिकाका गैरआवासिय नेपालीहरुले आर्थिक सहयोग जुटाउने अभियान थालेका छन् ।
गैरआवासीय नेपाली संघका पूर्वकोषाध्यक्ष हिक्मत थापाको पहलमा शुरु गरिएको अभियानमा गैरआवासीय नेपाली संघ नाइजेरिया, रुपारेलिया फाउन्डेसन युगाण्डा र पदम एण्ड शान्ती भण्डारी फाउन्डेसन बोत्स्वानाले सहयोग गरेका छन् ।
युगाण्डाको सबैभन्दा ठूलो औद्योगिक घराना रुपारेलिया ग्रुपका अध्यक्ष तथा युगाण्डाका लागि नेपालका मानार्थ दूत डा. सुधीर रुपारेलियाले रुपारेलिया फाउन्डेसन मार्फत अमेरिकी डलर पाच हजार, एनआरएनए नाइजेरियाले एकलाख नेपाली र बोत्स्वानास्थित पदम एण्ड शान्ती भण्डारी फाउन्डेसनले ५०१ अमेरिकी डलर सहयोगको प्रतिबद्दता गरेका छन् ।
थापाका अनुसार सहयोग संकलन कार्य यथाशिघ्र गरिने र धनगढी स्थित ह्य्मानिटी फाउन्डेसन नेपाल र टीकापुर सरोकार समुहको सहयोगमा पीडितलाई राहत हस्तान्तरण गरिनेछ । सहयोग राशी पुरै स्थानिय निकायको उपस्थितिमा पीडितले पाउनेछन र स्थानीय प्रशाशनिक खर्च सहयोगी सस्थाहरुले बेहोर्ने थापाले बताए ।
वि.सं.२०७९ कात्तिक २४ बिहीवार २०:४६ मा प्रकाशित






























