
सुर्खेत । प्रतिनिधिसभाकाे १२ सिट रहेको कर्णाली प्रदेशमा एमाले शून्य बनेकाे छ । प्रतिनिधसभामा शून्य भए पनि प्रदेशसभातर्फ भने पाँच सिट जितिसकेकाे छ।
जाजरकोटमा माओवादी केन्द्रका शक्तिबहादुर बस्नेत, रुकुम पश्चिममा माओवादी केन्द्रका जर्नादन शर्मा, सुर्खेत क्षेत्र नम्बर १ मा कांग्रेसका पूर्णबहादुर खड्का , क्षेत्र नम्बर २ मा हृदयराम थानी , दैलेख क्षेत्र नम्बर १ मा एकीकृत समाजवादी का अम्बरबहादुर थापा, क्षेत्र नम्बर २ मा कांग्रेसका दिक्पालकुमार शाही विजयी भएका छन् ।
यस्तै, सल्यानमा एकीकृत समाजवादीका प्रकाश ज्वाला, डोल्पामा समाजवादी कै धनबहादुर बुढा, जुम्लामा राप्रपाका ज्ञानबहादुर शाही, कालिकोटमा माओवादीका महेन्द्रबहादुर शाही विजयी भएका छन् । मतदान जारी रहेकाे मुगुमा कांग्रेसका ऐनबहादुर शाही ठकुरी अन्य भन्दा अगाडी छन् । हुम्लामा माओवादी केन्द्रका छिरिङ डम्डुल लामा (भोटे) विजयी भएका छन् ।
कर्णालीका १० जिल्लामा रहेका १२ सिटमा एमाले शून्य भए पनि प्रदेशसभातर्फ भने अहिलेसम्म डोल्पा (क) मा एमालेका शेरबहादुर बुढा, सुर्खेत क्षेत्र नम्बर २ को (क) मा एमालेका यमलाल कँडेल विजयी भएका छन् । मुगु क्षेत्र नम्बर १ (क) मा एमालेका जितबहादुर मल्ल विजयी भएका छन् । दैलेख क्षेत्र नम्बर क्षेत्र नम्बर २ (ख) विनोदकुमार शाहले जिते । जुम्ला प्रदेशसभा (ख) मा एमालेका टेकराज पछाइ विजयी भएका छन् । प्रदेशसभातर्फ एमालेको अहिलेसम्म पाँच सिटमा एमाले निर्वाचित भइसकेकाे छ ।