back
CTIZAN AD

दुईवटा वडाको मात्रै मतगणना बाँकी रहँदा पछि परे नेम्वाङ

वि.सं.२०७९ मंसिर १० शनिवार

1.1K 

shares

इलाम । इलाम प्रतिनिधिसभा क्षेत्र नम्बर २ मा पूर्वसभामुख सुवासचन्द्र नेम्वाङ र गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार डम्बरबहादुर खड्काबीच कडा प्रतिस्पर्धा देखिएको छ ।

मतगणनाको अन्तिमतिर इलाम नगरपालिकाका वडा नम्बर १ को मतगणना सकिनै लाग्दा नेम्वाङलाई खड्काले १६ मतको अन्तरमा पछाडि पारेका छन् ।

निर्वाचन आयोगका अनुसार नेम्वाङले अहिलेसम्म २८ हजार ४७० मत पाएका छन् भने खड्काले २८ हजार ४८६ मतसहित उछिनेका छन् ।

अहिले इलाम नगरपालिकाको वडा नम्बर १ र २ को मतगणना सुरू भएको छ । यी दुईवटा वडामध्ये गत स्थानीय तहको निर्वाचनमा एउटा वडा कांग्रेसले र अर्को वडा एमालेले जितेको थियो । उक्त मत परिणामअनुसार ती दुईवटै वडामा पनि थोरै मतको मात्रै अन्तर छ ।

स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसका वडा अध्यक्ष गायत्रीराम बस्नेतले एमालेका अम्बिका प्रसाद गौतमलाई ५९ मतले पराजित गरेका थिए । बस्नेतले एक हजार ८१ मत पाएका थिए भने गौतमले एक हजार २२ मत प्राप्त गरेका थिए ।
त्यस्तै वडा नम्बर २ मा एमालेका गिरीराज रिजालले कांग्रेसका विरेन्द्र राईलाई ९८ मतको अन्तरले पराजित गरेका थिए । रिजालले ७२४ मत ल्याउँदा राई ६२६ मत ल्याएका थिए ।

मतगणना बाँकी रहेका दुईवटा वडामध्ये एउटा कांग्रेस र अर्कोमा एमाले बलियो हुनु र दुई उम्मेदवार बीचको मतान्तर झिनो हुनुले जित निकाल्ने कडा प्रतिस्पर्धा चलिरहेको देखिन्छ ।

वि.सं.२०७९ मंसिर १० शनिवार १४:०१ मा प्रकाशित

१५ औँ महाधिवेशन रोक्न माग गर्दै संस्थापनइतर समूह अदालत जाने तयारी

१५ औँ महाधिवेशन रोक्न माग गर्दै संस्थापनइतर समूह अदालत जाने तयारी

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा नेपाल फर्किएसँगै...

नेपाली वैज्ञानिक अमेरिकामा पुरस्कृत

नेपाली वैज्ञानिक अमेरिकामा पुरस्कृत

काठमाडौँ । नेपाली वैज्ञानिक डा शिवप्रसाद अधिकारीलाई अमेरिकामा पुरस्कृत गरिएको...

खोलाले बगाएर बेपत्ता बालिकामध्ये थप एक मृतावस्थामा फेला

खोलाले बगाएर बेपत्ता बालिकामध्ये थप एक मृतावस्थामा फेला

हेटौँडा (मकवानपुर) । हेटौँडा–१९ बस्तीपुरमा रहेको बासुदेव खोलाले बगाएर बेपत्ता...

पहिरोका कारण सिद्धार्थ राजमार्ग अवरुद्ध

पहिरोका कारण सिद्धार्थ राजमार्ग अवरुद्ध

पाल्पा । पहिरो खसेपछि सिद्धार्थ राजमार्ग अवरुद्ध भएको छ ।...

पीएसए स्याटेलाइट स्क्वास हुने

पीएसए स्याटेलाइट स्क्वास हुने

काठमाडौँ । नेपाल स्क्वास ¥याकेट्स संघको आयोजनामा पीएसए नेपाल स्याटेलाइट...