back
CTIZAN AD

स्यांग्जाको बायखोलामा शहिद स्मृति कार्यक्रम सम्पन्न

वि.सं.२०७९ मंसिर १७ शनिवार

1.5K 

shares

वालिङ । गण्डकी प्रदेश स्यांग्जा जिल्लाको बांयखोलामा शहिद स्मृति कार्यक्रम सम्पन्न भएको छ ।

माओवादी आन्दोलनका हस्ति तथा पर्वत र स्यांग्जा जिल्लाका उच्च स्तरका नेतृत्व कृष्ण गौतम, कुबिजा पराजुली, खडक कुंवर, बिजय सुबेदी र मोहनसिंह गाहा समेत ५ जनाको शिर्शीकोटमा हत्या भएको (२०६१ मंशीर १७) स्मरणमा १८ औ स्मृति दिवस शहिद स्मृती भवन वालिङ् १४ मा सम्पन्न भएको कुरा नेकपा माओवादी केन्द्र स्यांग्जाका संयोजक प्रकाश न्यौपाने किरणले जनाएका छन । उनका अनुसार जनयुद्धको क्रममा वलिदान गर्नुहुने शहिदहरुको स्मृतिमा भएको आजको कार्यक्रम माओवादी आन्दोलनका विभाजित धाराहरूको विचार विमर्शसहित अर्थपूर्ण बनेको छ ।

कुविजा पराजुलीकी आमा पार्वता पराजुलीको सभापतित्व तथा नेकपा (माओवादी केन्द्र) पैयु गाउँपालिका पर्वतका अध्यक्ष रेशम सापकोटाको संचालनमा भएको सो कार्यक्रममा नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सल्लाहाकार जयनारायण तिवारी, नेकपा (माओवादी केन्द्र) का स्याङ्जा संयोजक प्रकाश न्यौपाने, नेपाल समाजवादी पार्टीका केन्द्रीय सदस्य टिकाराम रेग्मी, नेपाल कम्युनिस्ट पार्टी स्याड्जा, पर्वतका ईन्चार्ज विकीरण, नेपाल कम्युनिस्ट पार्टी क्रान्तिकारी माओवादीका स्याङ्जा ईन्चार्ज तीलक अधिकारी, नेकपा (एमाले) गण्डकी प्रदेश कमीटी सदस्य महेन्द्र श्रेष्ठ, नेकपा एकीकृत समाजवादी पर्वतका नेता रेशम न्यौपाने, शहीद परिवार काशिराम गौतम लगायतले श्रद्धान्जली मन्तब्य दिएका थिए । कार्यक्रमका अधिकांश वक्ताहरुले शहिदका सपनामाथि खेलवाड भएको बताएका थिए ।

वि.सं.२०७९ मंसिर १७ शनिवार २०:३६ मा प्रकाशित

२५ करोड मूल्य पर्ने सल्लाको आँख्ला भारत निकासी नहुँदा समस्या

२५ करोड मूल्य पर्ने सल्लाको आँख्ला भारत निकासी नहुँदा समस्या

नेपालगन्ज । सल्लाको आख्ला भारत निकासी नहुँदा जडीबुटी व्यवसायी समस्यामा...

सार्वजनिक जग्गालाई आय आर्जनसँग जोड्न स्याउखेती

सार्वजनिक जग्गालाई आय आर्जनसँग जोड्न स्याउखेती

गलकोट (बागलुङ) । बागलुङको तमानखोला गाउँपालिकाले सार्वजनिक जग्गालाई आय आर्जनसँग...

आजको मौसम विवरण : पहाडमा मध्यम वर्षा, तराईमा तातो हावा

आजको मौसम विवरण : पहाडमा मध्यम वर्षा, तराईमा तातो हावा

काठमाडौं । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायु तथा...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय...

पैदल यात्रीको मृत्यु

पैदल यात्रीको मृत्यु

जलेश्वर (महोत्तरी) । जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले...

असिनाको असरः ‘बुद्धचित्त’को गुणस्तर खस्कनेमा किसानको चिन्ता

असिनाको असरः ‘बुद्धचित्त’को गुणस्तर खस्कनेमा किसानको चिन्ता

काभ्रेपलाञ्चोक । रोशी गाउँपालिका–३ साँझकोटका गणेशबहादुर राउतलाई यसपालि बहमूल्य मानिएको...