
वालिङ । गण्डकी प्रदेश स्यांग्जा जिल्लाको बांयखोलामा शहिद स्मृति कार्यक्रम सम्पन्न भएको छ ।
माओवादी आन्दोलनका हस्ति तथा पर्वत र स्यांग्जा जिल्लाका उच्च स्तरका नेतृत्व कृष्ण गौतम, कुबिजा पराजुली, खडक कुंवर, बिजय सुबेदी र मोहनसिंह गाहा समेत ५ जनाको शिर्शीकोटमा हत्या भएको (२०६१ मंशीर १७) स्मरणमा १८ औ स्मृति दिवस शहिद स्मृती भवन वालिङ् १४ मा सम्पन्न भएको कुरा नेकपा माओवादी केन्द्र स्यांग्जाका संयोजक प्रकाश न्यौपाने किरणले जनाएका छन । उनका अनुसार जनयुद्धको क्रममा वलिदान गर्नुहुने शहिदहरुको स्मृतिमा भएको आजको कार्यक्रम माओवादी आन्दोलनका विभाजित धाराहरूको विचार विमर्शसहित अर्थपूर्ण बनेको छ ।
कुविजा पराजुलीकी आमा पार्वता पराजुलीको सभापतित्व तथा नेकपा (माओवादी केन्द्र) पैयु गाउँपालिका पर्वतका अध्यक्ष रेशम सापकोटाको संचालनमा भएको सो कार्यक्रममा नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सल्लाहाकार जयनारायण तिवारी, नेकपा (माओवादी केन्द्र) का स्याङ्जा संयोजक प्रकाश न्यौपाने, नेपाल समाजवादी पार्टीका केन्द्रीय सदस्य टिकाराम रेग्मी, नेपाल कम्युनिस्ट पार्टी स्याड्जा, पर्वतका ईन्चार्ज विकीरण, नेपाल कम्युनिस्ट पार्टी क्रान्तिकारी माओवादीका स्याङ्जा ईन्चार्ज तीलक अधिकारी, नेकपा (एमाले) गण्डकी प्रदेश कमीटी सदस्य महेन्द्र श्रेष्ठ, नेकपा एकीकृत समाजवादी पर्वतका नेता रेशम न्यौपाने, शहीद परिवार काशिराम गौतम लगायतले श्रद्धान्जली मन्तब्य दिएका थिए । कार्यक्रमका अधिकांश वक्ताहरुले शहिदका सपनामाथि खेलवाड भएको बताएका थिए ।