Logo
१३ माघ २०७९, शुक्रबार
     Fri Jan 27 2023
E-paper
  English Edition
   Unicode
Logo

यसकारण फुट्न सक्छ रवि लामिछानेको पार्टी !



काठमाडौं । संविधान जारी पछि भएको पहिलो निर्वाचनपश्चात धेरै नेपालीले राजनीति स्थिरतासहित समृद्धिको यात्रामा देश अगाडी बढ्ने आशा गरेका थिए । तर, त्यो आशालाई निराशामा परिणत गर्दै दुईवर्ष अघि तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले करिब दुई तिहाई बहुमत नजिक रहेको आफ्नो पार्टीलाई विघटन गर्दै निर्वाचनको घोषणा गरे । भलै सर्वोच्च अदालतले नै ओलीले गरेको संसद विघटनलाई अबैध भन्दै संसद पुनस्र्थापना गरिदियो ।

संविधान निर्माणपश्चात गत मंसिर ४ मा दोस्रो चुनाव सम्पन्न भएको छ । जसरी राजनीतिक दलहरुले २०६२/६३ को आन्दोलन ताका सुध्रने बाचा गरेका थिए । तर, नयाँ संंविधानको निर्माणपश्चात पनि दलहरु नसुध्रिएपछि निराश बनेका नागरिकहरुले बिकल्प खोज्न थालिसकेका थिए । निर्वाचनपश्चात टेलिभिजन कार्यक्रम प्रस्तोताबाट राजनीतिमा होमिएका रवि लामिछानेले राजनीतिक दलहरुलाई चुनौती दिएका छन् । राजनीतिक दलहरुलाई चुनौती दिए पनि लामीछानेको दल भने राजनीतिमा धेरै नटिक्ने विश्लेषण हुन थालेको छ ।

चुनाव चिन्हको लागि मात्र घण्टीबाट प्रतिस्पर्धा

रवि लामिछानेको दलबाट चुनावमा भाग लिएकाहरुले चुनाव चिन्हको लागि मात्र लामिछानेको पार्टीमा लागेको भन्ने गरेका छन् यतिबेला । तीमध्येकी एक हुन तोसिमा कार्की । हुन त कार्कीले चुनाव हुनुभन्दा तीन महिना अगाडी नै काठमाडाैं क्षेत्र नम्बर ३ बाट चुनाव लड्ने घोषणा गरेकी थिइन् । तर, पछि उनले ललितपुर ३ बाट लामिछानेको दलकाे घण्टी चुनाव चिन्हबाट उम्मेद्वारी दिइन् र जितिन् पनि । कार्की मेडिकल काउन्सिलकी बहालवाला सदस्य समेत हुन् ।

चुनाव अघि निर्वाचन आयोगले तोसिमा लाभको पदमा कायमै रहेर उम्मेद्वार भएको भन्दै उनको उम्मेद्वारी खारेज गरेको थियो । तर, सर्वोच्च अदालतको सहारामा उनले उम्मेद्वारीमात्रै कायम राखिनन् चुनावै जितिन् । राष्ट्रिय स्वतन्त्र पार्टीमा तोसिमा जस्ता व्यक्तिहरु प्रसस्तै रहेको कतिपय विश्लेषकहरुले बताएका छन् ।

पार्टीको वैचारिक लाइननै अस्पष्ट

लामिछानेको पार्टीको राजनीतिक वैचारिक लाइन नै स्पष्ट छैन । वैचारीक अस्पष्टताका कारण पार्टीको भविष्य के हुने ? भन्ने नै अन्योलग्रस्त छ । यसको छनक मकवानपुरबाट देखिइसकेको छ । रास्वपाको मकवानपुर जिल्ला समितिमा विवाद देखिएपछि ४७ जनाले अध्यक्षविरुद्ध उजुरी नै दिएका छन् ।

त्यस्तै, स्वयम् अध्यक्ष रवि लामिछानेले वैचारिक लाईन केन्द्रबाट दक्षिणतर्फ भएको अभिव्यक्ति दिइरहँदा काठमाडौं ६ बाट निर्वचित शिशिर खनालले केन्द्रबाट बाँयातर्फ अफ्नो पार्टीको राजनीतिक लाईन हुने प्रष्ट पारेका छन् ।

त्यस्तै काठमाडौं ८ बाट निर्वाचित भएका विराजभक्त श्रेष्ठले दायाँ–बायाँ गर्दै अगाडी बढ्ने लाईन पार्टीले लिने भनाई सार्वजनिक गरेका छन् । भर्खरै स्थापना भएको पार्टीका निर्वाचित जनप्रतिनिधिहरुले नै सार्वजनिकरूपमा यसरी फरक मत जाहेर गर्नु सो पार्टीका लागि राम्राे संकेत होइन ।

झण्डै ५ वर्ष अगाडी स्थापना भएको विवेकशील साझा पार्टीमा पनि वैचारीक मत्यैक्यता नहुँदा पार्टी नै टुक्रिएर धुजा–धुजा मात्र भएन त्यसका अध्यक्ष रविन्द्र मिश्र राप्रपामा प्रवेश गरिसकेका छन् । लामिछानेको रास्वपा पनि मिश्रकै बाटोबाट अगाडी नबढ्ला भन्न सकिन्न !

 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । पूर्वसचिव रामेश्वर खनालले नयाँ बैवाहिक जीवनको सुरु गरेका छन् । श्रीमती सुचित्रा

काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा पुस १० मा भएको सहमतिअनुसार

राज्य छैन भनेर आत्मदाह सम्मको प्रयास गरेका यो देशको नागरीकलाई "ऊ चाँडै नै यो

अभावमा कलह हुन्छ । अभावमा मानसिक स्थिती कमजोर र नकारात्मक हुन्छ । नकारात्मक कुरा