back
CTIZAN AD

यी हुन् समानुपातिकमा पाँच हजार पनि मत नल्याउने १० पार्टी

वि.सं.२०७९ मंसिर १८ आइतवार

720 

shares

काठमाडौं । आमनिर्वाचन २०७९ मा प्रतिनिधि सभातर्फ समानुपातिकमा १० राजनीतिक दलले पाँच हजार मत समेत कटाउन सकेका छैनन् ।समानुपातिकतर्फ पाँच हजार मत नकटाउनेमा विवेकशील साझा पार्टी पहिलो नम्बरमा छ ।  निर्वाचन आयोगको पछिल्लो तथ्यांकअनुसार विवेकशील साझाले ४ हजार ३९ मत पाएको छ ।

यस्तै एकीकृत शक्ति नेपालले ३ हजार ७७६ मत पाएको छ । नेपाल कम्युनिष्ट पार्टी माओवादी समाजवादीले ३ हजार ६९४, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च (थरुहट) ३ हजार ४०४ मत, राष्ट्रिय मुक्ति आन्दोलन, नेपालले ३  हजार ३३२, मौलिक जरोकिलो पार्टीले ३ हजार २३५, नेपाल समावेशी पार्टीले २,९५२, नेपाल कम्युनिष्ट पार्टी परिवर्तनले  २ हजार १९१, राष्ट्रिय नागरिक पार्टी २ हजार १४३, नेश्‍नलिष्ट पिपल्स पार्टीले २ हजार १५ मत ल्याएको छ ।

देशभर  १ करोड ४ लाख २० हजार १२५ मतगणना हुँदा नेकपा एमालेले सबैभन्दा बढी मत ल्याएको छ । उसले २७ हाल ८८ हजार ३५६ मत ल्याएको हो । यस्तै नेपाली कांग्रेसले २६ लाख ६० हजार २४६ ल्याउँदा नेकपा माओवादी केन्द्रले ११ लाख ६२ हजार १२४ मत ल्याएको छ ।

वि.सं.२०७९ मंसिर १८ आइतवार १६:४० मा प्रकाशित

नेपालले भारतको भूभाग मिचेको कुनै तथ्य र प्रमाण छैनः एमाले नेता थापा

नेपालले भारतको भूभाग मिचेको कुनै तथ्य र प्रमाण छैनः एमाले नेता थापा

काठमाडौँ । नेकपा (एमाले) को संसदीय दलका नेता रामबहादुर थापा...

सीमानाका विषयमा पक्ष विपक्ष हुनुहुँदैनः राप्रपा नेता शाही

सीमानाका विषयमा पक्ष विपक्ष हुनुहुँदैनः राप्रपा नेता शाही

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका संसदीय दलका नेता ज्ञानबहादुर शाहीले...

‘एक घर–एक मिनीटिलर’ अभियानले पौवादुङमाका किसान उत्साहित

‘एक घर–एक मिनीटिलर’ अभियानले पौवादुङमाका किसान उत्साहित

भोजपुर । यहाँको पौवादुङमा गाउँपालिकाले अनुदानमा हातेट्याक्टर वितरण गरेपछि किसान...

स्याङ्जाको नवग्रह मन्दिरः धार्मिक आस्था र वातावरण संरक्षणको सङ्गम

स्याङ्जाको नवग्रह मन्दिरः धार्मिक आस्था र वातावरण संरक्षणको सङ्गम

गण्डकी । स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका–१, पञ्चकन्या मन्दिर परिसरमा नवग्रह तथा...

चौँरीको पुच्छरसहित ट्याक्टर प्रहरी नियन्त्रणमा

चौँरीको पुच्छरसहित ट्याक्टर प्रहरी नियन्त्रणमा

किमाथाङ्का (सङ्खुवासभा) । मकालु गाउँपालिका–३ हेदाङ्नामा भन्सार छली ल्याएको रु...

पोखरामा सुकुमवासी परिवारको जीवन बिमा

पोखरामा सुकुमवासी परिवारको जीवन बिमा

कास्की । पोखरा महानगरपालिका–१२ ले वडाभित्रका सुकुमवासी तथा न्यून कमाइ...