back
CTIZAN AD

ताप्ली पोखरी क्षेत्रमा पर्यटक बढे, किंवदन्तीअनुसार यस्तो रहिछ पोखरीको राज !

वि.सं.२०७९ मंसिर २० मंगलवार

690 

shares

उदयपुर । उदयपुरको ताप्ली गाउँपालिकाको ताप्ली पोखरीमा आन्तरिक पर्यटकको सङ्ख्या बढ्न थालेको छ । मौसम सुधार भएसँगै कात्तिकको पहिलो हप्तादेखि आन्तरिक पर्यटकको सङ्ख्यामा बढ्न थालेको ताप्ली–५ का विष्णुबहादुर तामाङले बताए ।

उनका अनुसार अहिले दैनिक सयौँको सङ्ख्यामा पर्यटकहरु पोखरी भ्रमण तथा पञ्चकन्या मन्दिरको दर्शन गर्न आउने गरेका छन् । यो जिल्लाको रौता पोखरीपछिको दोस्रो महत्वपूर्ण धार्मिक तथा पर्यटकीय गन्तव्य हो । पछिल्लो समय यस क्षेत्रमा बनभोजका लागि पनि समूहहरु आउन थालेको स्थानीय कृष्ण परियारको भनाइ छ ।

किंवदन्तीअनुसार चारसय सय वर्षअघि पोखरी क्षेत्रमा ठूलो जङ्गल र चाैँरीहरु थिए । एक दिन एकजना गोठालेले जङ्गलमा पाँच जना बालिकाहरु खेल्दै गरेको तर नजिक जाँदा अलप भएको घटना गाउँलेहरुलाई बताएका थिए । त्यसको भोलिपल्ट उक्त स्थानमा जाँदा पोखरी उत्पत्ति भएको स्थानीय डम्बर परियारको भनाइ छ ।

ताप्ली गाउँपालिकाका अध्यक्ष ढुङ्गराज विकका अनुुसार ताप्ली पोखरी क्षेत्र पाँच हेक्टर क्षेत्रफलमा फैलिएको छ । पोखरीको लम्बाइ तीन सय मिटर र चौडाइ ७० मिटर छ । पोखरी आसपासमा ठूला–ठूला रूख भए पनि पोखरीमा झरेका पात चराहरुले टिपेर सफा गर्ने गरेका छन् ।

ताप्ली पञ्चकन्या देवीको दर्शन गर्दा मनोकामना पुग्ने जनविश्वास छ । अहिले गाउँपालिकाको पहलमा ताप्लीमा मोटरबाटो पुगेपछि कटारी, गाईघाट, सप्तरी, सिरहा, धनुषा र सिन्धुली क्षेत्रबाट समेत दैनिक ठूलो सङ्ख्यामा पर्यटकहरु आउने गरेको गाउँपालिकाका पूर्वउपाध्यक्ष कमला राईले बताईन् ।

गाउँपालिकाले आन्तरिक तथा बाह्य पर्यटन विकासका लागि ताप्ली क्षेत्रलाई गुरुयोजना नै बनाएर अघि बढाइएको गाउँपालिकाका अध्यक्ष विकले बताए । यस क्षेत्रमा हाल विद्युत् विस्तार र भ्यू टावर निर्माण भइरहेको छ ।

यस क्षेत्रमा प्रत्येक वर्ष कात्तिकदेखि वैशाखसम्म ५० हजारभन्दा धेरै पर्यटकहरुको आगमन हुने हुनाले यस क्षेत्रको पर्यटन विकास र प्रवर्द्धनमा प्रदेश सरकार र सङ्घीय सरकारसँग गुरुयोजनाका लागि बजेट माग गरिएको पूर्वप्रदेश सभासद् कला घलेले बताईन् ।

वि.सं.२०७९ मंसिर २० मंगलवार १४:४१ मा प्रकाशित

प्रतिनिधिसभा बैठक पुनः सुरु

प्रतिनिधिसभा बैठक पुनः सुरु

काठमाडौँ । विपक्षी दलहरुको विरोधका बीच प्रतिनिधिसभाको बैठक कार्यसूचीमा प्रवेश...

सङ्खुवासभा र भोजपुर जोड्ने अरुण नदीमा पानीको बहाव बढेपछि फेरी बन्द

सङ्खुवासभा र भोजपुर जोड्ने अरुण नदीमा पानीको बहाव बढेपछि फेरी बन्द

किमाथाङ्का (सङ्खुवासभा) । सङ्खुवासभा र भोजपुर जोड्ने खाँदबारी नगरपालिका–९ अरुण...

नेपाल राष्ट्र बैङ्क ऐन संशोधन विधेयक संसद्मा दर्ता

नेपाल राष्ट्र बैङ्क ऐन संशोधन विधेयक संसद्मा दर्ता

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कलाई थप स्वायत्त, उत्तरदायी र प्रविधिमैत्री...

टेबलटेनिसमा नेपालकी योङ्गी पौडेल पहिलो

टेबलटेनिसमा नेपालकी योङ्गी पौडेल पहिलो

काठमाडौँ । दक्षिण कोरियामा भएकोे याङ योङ जा टेबलटेनिस मिसन...

तीन जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर

तीन जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घूससम्बन्धी मुद्दामा प्रतिकूल बकपत्र...

श्री जनज्योति माविमा सुविधा सम्पन्न कक्षाको शुभारम्भ, कक्षा ११ का विद्यार्थीलाई भव्य स्वागत

श्री जनज्योति माविमा सुविधा सम्पन्न कक्षाको शुभारम्भ, कक्षा ११ का विद्यार्थीलाई भव्य स्वागत

देवचुली (नवलपुर) । सामुदायिक विद्यालयप्रतिको विश्वास बढाउँदै गुणस्तरीय र प्रविधिमैत्री...