काठमाडौं । आफ्नै घरको तला थप्ने क्रममा करेन्ट लागेर एक व्यक्तिको मृत्यु भएको छ ।
उदयपुर, कटारी नगरपालिका–२ गरास बस्ने ३० वर्षीय दिल बहादुर थापा मगरको करेन्ट लागेर सोमबार दिउँसो मृत्यु भएको प्रहरीले जनाएको छ ।
आफ्नै घरको तला थप्ने काम गर्ने क्रममा रडले घरमाथि रहेको विद्युतको तारमा छुन जाँदा करेन्ट लागेर गम्भीर घाइते भएका उनको कटारी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
त्यस्तै महोत्तरी, बलवा नगरपालिका–४ बस्ने २७ वर्षीय ईन्दल यादवको पनि करेन्ट लागेर मृत्यु भएको छ ।
घर नजिकै बाँसको पात काट्ने क्रममा तारमा छुन जाँदा करेन्ट लागेर गम्भीर घाइते भएका उनको उपचारको लागि प्रादेशिक अस्पताल जनकपुरतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको पनि प्रहरीले जनाएको छ ।
वि.सं.२०७९ मंसिर २० मंगलवार १४:४७ मा प्रकाशित






























