काठमाडौं । सुनको भाउ प्रतितोला १ लाख नाघेको छ ।
नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार बिहीबारको बजारमा प्रतितोला ९९ हजार ७०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ शुक्रबारको बजारमा ६ सयले बढेर प्रतितोला १ लाख ३०० रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यसैगरी तेजावी सुन प्रतितोला ९९ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ भने चाँदी प्रतितोला १३९० रुपैयाँ रहेको महासंघद्धारा जारी विवरणमा उल्लेखछ ।

वि.सं.२०७९ मंसिर २३ शुक्रवार १२:२२ मा प्रकाशित






























