back
CTIZAN AD

अनुहारमा चमक ल्याउन खानामा यी कुरा सामेल गर्नुहोस्

वि.सं.२०७९ मंसिर २५ आइतवार

1.1K 

shares

बदलिँदो जीवनशैली र अस्वस्थ्यकर खानेकुराका कारण पछिल्लो समय मानिसले सानै उमेरमा अनुहारको चमक गुमाउने गरेका छन् ।

छालाको समस्याबाट बच्न मानिसहरू महँगो उत्पादनहरू प्रयोग गर्छन् । तर, यदि तपाईं आफूलाई लामो समयसम्म जवान राख्न चाहनुहुन्छ भने, त्यसका लागि आहारमा परिवर्तन गर्नुपर्ने तथा स्वस्थ्यवद्र्धक खानेकुरामा बढी जोड दिनुपर्दछ । साथै त्यसका लागि सकारात्मक सोचको पनि अत्यन्तै आवस्यक पर्दछ ।

अनुहारमा चमक ल्याउन के खानुपर्दो रहेछ त ?

अनार–अनारमा प्रचुर मात्रामा एन्टिअक्सिडेन्ट गुण पाइन्छ । जुन तपाईको छालाको लागि निकै फाइदाजनक हुन्छ । यसमा पोटासियम, फाइबर, भिटामिन के उच्च मात्रामा पाइन्छ ।

पालक–पालकमा आइरन प्रचुर मात्रामा पाइन्छ, जसले बुढ्यौली रोक्छ । यो मुटुको स्वास्थ्यका लागि पनि फाइदाजनक हुन्छ । यसमा पाइने फोलिक एसिडले क्षतिग्रस्त कोशिकालाई बचाउन सहयोग गर्दछ ।

टमाटर–टमाटर पोषक तत्वले भरिपूर्ण हुन्छ । यसको प्रयोगले छालालाई नोक्सान गर्ने फ्री रेडिकलबाट बच्न सकिन्छ । यसमा एन्टी–अक्सिडेन्ट गुण पाइन्छ, जसले शरीरलाई स्वस्थ राख्न सहयोग गर्दछ ।

स्याउ–भनिन्छ स्याउको सेवनले धेरै रोग लाग्नबाट बचाउनुका साथै लामो समय जवान रहन सहयोग गर्दछ । स्याउमा प्रचुर मात्रामा पोषक तत्व पाइन्छ, जसले धेरै समस्याबाट छुटकारा दिन्छ । त्यसैले दैनिक आहारमा स्याउ अवश्य समावेश गर्नुहोस् ।

ड्राइफ्रुट्स–ड्राई फ्रुट्स एन्टी एजिङ गुणले भरिपूर्ण हुन्छ । तपाईंले आफ्नो आहारमा ओखर, किसमिस, बदाम, पिस्ता आदि समावेश गर्नुपर्छ । यो स्वास्थ्यसँगै छालाका लागि पनि फाइदाजनक हुन्छ । यसको प्रयोगले खराब कोलेस्ट्रोल घटाउन

वि.सं.२०७९ मंसिर २५ आइतवार १५:२४ मा प्रकाशित

नर्स बचाऔँ, स्वास्थ्य बचाऔँ भन्दै वीर अस्पतालमा नर्सहरूको प्रदर्शन

नर्स बचाऔँ, स्वास्थ्य बचाऔँ भन्दै वीर अस्पतालमा नर्सहरूको प्रदर्शन

काठमाडौं । नर्सिङ क्षेत्रको सुधार र पेशागत अधिकार सुनिश्चित गर्न...

सचेत हिँडाईः एक विमर्श

सचेत हिँडाईः एक विमर्श

१. पृष्ठभूमि हम्रो समाजमा हिड्नुलाई सामान्य रुपमा लिइने गरेको पाइन्छ...

हर्ट अट्याकलाई जित्दै नयाँ जीवन : नजिकैको उपचारले बचायो

हर्ट अट्याकलाई जित्दै नयाँ जीवन : नजिकैको उपचारले बचायो

काठमाडौं । मुटुका दुईवटा महत्वपूर्ण नसा एकैसाथ बन्द भई गम्भीर...