back
CTIZAN AD

सन्दर्भ महानगर दिवस : ८९ सामुदायिक विद्यालयमा सरसफाइ

वि.सं.२०७९ मंसिर २७ मंगलवार

678 

shares

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आज आफ्नो क्षेत्रभित्रका ८९ वटा सामुदायिक विद्यालय परिसरमा सरसफाइ गरेको छ । कामपाले आफ्नो २८ औँ महानगर दिवसका अवसरमा आयोजित सप्ताहव्यापी कार्यक्रमअन्तर्गत आज बिहान सामुदायिक विद्यालयको सरसफाइ गरेको हो ।

कार्यक्रममा कामपाले विद्यालयलाई नियमित रुपमा सफा राख्न सफाइ उपकरण उपलब्ध गराएको कामपा वातावरण विभाग प्रमुख सरिता राईले जानकारी दिईन् । विद्यालय सफा गर्न अभिभावक, शिक्षक र जनप्रतिनीधिको सहभागिता थियो । सप्ताहव्यापी कार्यक्रमअन्तर्गत कामपाले नदी, विश्व सम्पदा क्षेत्र, खुला स्थानको सरसफाइ, चित्रकला/निबन्ध र वक्तृत्वकला प्रतियोगिता जस्ता कार्यक्रम यसअघि नै सम्पन्न गरिसकेको छ ।

कार्यक्रमको विशेष दिन अर्थात् यही मङ्सिर २९ गते विगतकै कार्यक्रमलाई निरन्तरता दिँदै गुरुहरुको सम्मान, स्वस्थ्य शिविर सञ्चालन र विभिन्न विधाका लागि सम्मान तथा पुरस्कार प्रदान गर्ने कार्यक्रम राखेको छ । दमकल सेवालाई विस्तार गरी घटनास्थलमा छिटो पुग्न सक्ने वातावरणका लागि बालाजु औद्योगिक क्षेत्रमा दमकल राखिने कार्यक्रमको पनि यही मङ्सिर २८ गते बिहान उद्घाटन गरिनेछ ।

विसं २०५२ मङ्सिर २९ गते तत्कालीन काठमाडौँ नगरलाई महानगर घोषण गरेपछि हरेक वर्ष मङ्सिर २९ लाई महानगर दिवसका रुपमा मनाउने गरिएको हो । विसं १९७६ पुस २ गते स्थापना गरिएको सफाइ अड्डाको संस्थागत संरचना विकास हुँदै २०५२ साल सङ्सिर २९ गते काठमाडौँलाई महानगर घोषणा गरिएको हो ।

वि.सं.२०७९ मंसिर २७ मंगलवार १४:०५ मा प्रकाशित

ट्याक्टरको प्रयोग बढेपछि हराउँदै गोरुले खेतबारी जोत्ने प्रचलन

ट्याक्टरको प्रयोग बढेपछि हराउँदै गोरुले खेतबारी जोत्ने प्रचलन

तानसेन (पाल्पा) । एक दशकअघिसम्म पाल्पाका फाँटहरूमा असार लागेसँगै हल...

केराको व्यावसायिक ‘वाइन’ र ‘ब्रान्डी’ उत्पादनमा ठाकुर

केराको व्यावसायिक ‘वाइन’ र ‘ब्रान्डी’ उत्पादनमा ठाकुर

नारायणगढ,चितवन। विगत १५ वर्षदेखि व्यावसायिक केराखेती गर्दै आएका चितवनको रत्ननगर...

पालिकाले दियो हल गोरु पाल्ने एकसय १५ कृषकलाई पाँच/पाच हजार

पालिकाले दियो हल गोरु पाल्ने एकसय १५ कृषकलाई पाँच/पाच हजार

वालिङ (स्याङ्जा) । स्याङ्जाको गल्याङ नगरपालिकाले हल गोरु पाल्ने कृषकलाई...

कर्णालीमा ४३ हजारभन्दा बढी हेक्टर क्षेत्रफलमा धानखेती हुँदै

कर्णालीमा ४३ हजारभन्दा बढी हेक्टर क्षेत्रफलमा धानखेती हुँदै

काँक्रेविहार (सुर्खेत)  । कर्णाली प्रदेशका १० जिल्लामा ४३ हजार २९०...

अफ्रिकन स्वाइन फिभरबाट गोरखामा २५० सुँगुर/बङ्गुर मरे

अफ्रिकन स्वाइन फिभरबाट गोरखामा २५० सुँगुर/बङ्गुर मरे

गोरखा । अफ्रिकन स्वाइन फिभरबाट गोरखामा २५० भन्दा बढी सुँगुर÷बङ्गुर...

फिफा विश्वकपः अन्तिम १६ मा ब्राजिल प्रवेश

फिफा विश्वकपः अन्तिम १६ मा ब्राजिल प्रवेश

काठमाडौँ । फिफा विश्वकप–२०२६ फुटबल प्रतियोगिताअन्तर्गत राउण्ड अफ ३२ को खेलमा...