back
CTIZAN AD

नर्सरी फार्ममै विरुवा सुक्न थाल्यो

वि.सं.२०७९ पुस ४ सोमवार

1.2K 

shares

गोलबजार । सिरहाको लहान नगरपालिका–१९ कटहाका सत्यनारायण महतो विगत १७ वर्षदेखि नर्सरी फार्ममा विरुवा उत्पादन गरिरहेका छन् ।

एक विघा क्षेत्रफलमा नर्सरी सञ्चालन गर्दै आएका उनी अब यसलाई बढाएर १५ कठ्ठा पु¥याउने योजनामा छन् । तर नर्सरीमा भएका विरुवा समयमै बिक्री नहुँदा भने उनी चिन्तामा छन् ।

बिना कुनै तालिम लामो समयदेखि नर्सरीमै व्यस्त रहेको उनको परिवारले यतिबेला नयाँ प्रविधि भित्र्याएर उन्नतजातका विरुवा उत्पादन गरिरहेको छ तर बजारमा विरुवाको माग बढ्न नसक्दा आम्दानी संकुचित हुँदै गएको उनको भनाइ छ ।

“आम्दानी नराम्रो होइन, अहिले पनि वार्षिक २० लाखको कारोबार गर्छौ”, उनले भने, “यद्यपि समयमै विरुवा बिक्री हुन सक्यो भने थप पाँच लाखको कारोबार गर्न सक्ने ठाउँ छ ।”

नर्सरीमा उत्पादन भएका विरुवा समयमै बिक्री नहुँदा नर्सरीमै विरुवा सुक्ने गरेको सत्यनारायणका छोरा नरेशको भनाइ छ । “नर्सरीमा तयार भएका विरुवा बजार अभावका कारण समयमै बिक्री हुननसक्दा विरुवा बिक्री हुन सकेका छैनन”, उनले भने, “विरुवाले समयमै बजार नपाउँदा लगानी घाटामा जाने गरेको छ ।”

महतोले नर्सरी बिस्तारका लागि सरकारसँग अनुदानका लागि आग्रह गरे पनि हालसम्म कुनै सरकारी अनुदान प्राप्त नभएको गुनासो गरे । “अहिलेसम्म पाँच पटकसम्म अनुदानका लागि आग्रह गरिसकेको छु”, उनले भने, “प्रत्येक पटक खाली हात लाग्छ, अहिले त अनुदान नमाग्ने निर्णयमा पुगेको छु ।”

महतोको नर्सरीमा विभिन्न २२ प्रजातिका ८० हजारभन्दा बढी आँपको विरुवा छन् । जसमा मुख्य प्रजातिमा मालदह, बम्बै, कलकत्तिया, दसहरी, अमरपालिलगायत आँपका विरुवा छन् । साथै लिचीमा साही, मझफपुर, सरलेश, चानीजका विरुवा छन् ।

महतोका अनुसार नर्सरीमा कटहर, जामुन, अनार, धुपी, नरिवल, अम्बा, बैर, तेजपात, निम्बु, बेल, अमला, निम, सुपारी, अशोक, सफेद, महगनी, टिक, गमहार, बाँस, रक्तचन्दन, सल्ला, पपिता, केला, मरिच, अङ्गुर तथा घर, अफिस, बगैँचाका लागि उपयुक्त फुल पनि उत्पादन हुँदै आएका छन् ।

 

वि.सं.२०७९ पुस ४ सोमवार १६:०५ मा प्रकाशित

‘बजेट कार्यान्वयनमा स्रोतको कमी हुँदैन’

‘बजेट कार्यान्वयनमा स्रोतको कमी हुँदैन’

गण्डकी । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आगामी आर्थिक...

त्रिवि शिक्षण अस्पतालमा स्वास्थ्य बिमा कार्यक्रम पुनःसञ्चालन

त्रिवि शिक्षण अस्पतालमा स्वास्थ्य बिमा कार्यक्रम पुनःसञ्चालन

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि) शिक्षण अस्पतालले स्वास्थ्य बिमा कार्यक्रमलाई...

राष्ट्रिय स्वाधीनताका लागि छिटो वामपन्थीकाे कार्यगत एकता आवश्यक: प्रचण्ड

राष्ट्रिय स्वाधीनताका लागि छिटो वामपन्थीकाे कार्यगत एकता आवश्यक: प्रचण्ड

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी(नेकपा)का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल...

कम्युनिस्टहरूलाई आत्ममन्थन गर्न माधव नेपालको आग्रह

कम्युनिस्टहरूलाई आत्ममन्थन गर्न माधव नेपालको आग्रह

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सहसंयोजक एवं पूर्वप्रधानमन्त्री...

रक्तसञ्चार केन्द्रलाई १५ लाखको उपकरण सहयोग

रक्तसञ्चार केन्द्रलाई १५ लाखको उपकरण सहयोग

ढोरपाटन । बागलुङ सेवा समाज अमेरिकाले रक्तसञ्चार केन्द्रलाई १५ लाख...

नेपाल टेलिकमद्वारा प्रिपेड ग्राहकका लागि स्वतः नवीकरण हुने सब्स्क्रिप्सन–आधारित प्याकेज सार्वजनिक

नेपाल टेलिकमद्वारा प्रिपेड ग्राहकका लागि स्वतः नवीकरण हुने सब्स्क्रिप्सन–आधारित प्याकेज सार्वजनिक

काठमाडाैँ । नेपाल टेलिकमले प्रिपेड मोबाइल प्रयोगकर्ताहरूका लागि मासिक रूपमा...