back
CTIZAN AD

अब खल्तीबाटै चिडियाखानाको टिकट काट्न सकिने

वि.सं.२०७९ पुस ५ मंगलवार

693 

shares

काठमाडौं । खल्तीले अब प्रयोगकर्ताहरूलाई सजिलै सदर चिडियाखानाको टिकट काट्न मिल्ने सुविधा ल्याएको छ ।

यस सुविधाले सदर चिडियाखानामा लाइन बसी टिकट काट्नुपर्ने समस्याको समाधान हुने खल्तीले जनाएको छ ।

यस सेवाबारे थप बोल्दै ‘खल्ती’का प्रमुख कार्यकारी अधिकृत बिनय खड्काले भने, ‘विशेष गरी सानै छोराछोरी भएका अभिभावकहरूलाई अब परिवारलाई चिडियाखाना घुमाउन लाइन बसेर टिकट काट्नुपर्ने छैन ।’ विगतमा पनि खल्तीले आम नेपालीहरूको समस्याहरू समाधानलाई ध्यानमा राखी यस्तै विभिन्न सुविधाहरू ल्याइसकेको छ ।

अब परिवारसँग गुणस्तरीय समय बिताउन, चिडियाखाना घुमाउन योजना बनाउँदा घरबाटै टिकट काट्न सजिलो भएकाले यसले आन्तरिक पर्यटनमा पनि योगदान गर्ने विश्वास लिएको खड्काले बताए ।

खल्ती मार्फत काटिएको टिकट खल्तीको मेनु भित्र रहेको ‘माई बुकिङ’ मा हेर्न सक्नेछन् । साथै, खल्तीबाट सदर चिडियाखानाको टिकट काट्दा हरेक दिन १ जना भाग्यमानी प्रयोगकर्ताले ३२ इन्चको यसुदा टिभी जित्न सक्ने बताइएको छ ।

वि.सं.२०७९ पुस ५ मंगलवार ०८:३५ मा प्रकाशित

तीन लाख वर्गफिटमा फैलिँदै नाडा अटो शो, ५३ सवारी ब्राण्डसहित २०० बढी स्टल

तीन लाख वर्गफिटमा फैलिँदै नाडा अटो शो, ५३ सवारी ब्राण्डसहित २०० बढी स्टल

काठमाडौं। यो महिना नेपालले गाडी हेर्दै बितायो । अर्को हप्ता,...

तनहुँमा एक वर्षमा थपिए ६७० उद्योग

तनहुँमा एक वर्षमा थपिए ६७० उद्योग

दमौली (तनहुँ) । जिल्लाका बजार क्षेत्रमा उद्योग– व्यवसाय सञ्चालन गर्नेको...

सिबिफिनद्वारा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकमाथिको अनुसन्धानप्रति गम्भीर ध्यानाकर्षण

सिबिफिनद्वारा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकमाथिको अनुसन्धानप्रति गम्भीर ध्यानाकर्षण

काठमाडौं । नेपालको बैंकिङ क्षेत्रको लामो इतिहास बोकेको प्रतिष्ठित नेपाल...

सिद्धार्थ बैंकले ल्यायो कर्पोरेट ग्राहकका लागि अनलाइनमार्फत खोल्न सकिने नयाँ डिजीटल सेवा

सिद्धार्थ बैंकले ल्यायो कर्पोरेट ग्राहकका लागि अनलाइनमार्फत खोल्न सकिने नयाँ डिजीटल सेवा

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले नेपालको बैकिङ्ग क्षेत्रमा पहिलोपटक व्यवसायिक...

५० वर्षको नाडा अटो शोमार्फत उद्योग, प्रविधि र स्वदेशी उत्पादनको नयाँ सन्देश

५० वर्षको नाडा अटो शोमार्फत उद्योग, प्रविधि र स्वदेशी उत्पादनको नयाँ सन्देश

काठमाडौं। नेपाली अटोमोबाइल बजारमा नाडा अटो शो एउटा प्रदर्शनी मात्र...

नेपाल आइपुग्यो Sierra.ev: अत्याधुनिक प्रविधि र फ्युचरिस्टिक डिजाइनसहित सार्वजनिक हुँदै

नेपाल आइपुग्यो Sierra.ev: अत्याधुनिक प्रविधि र फ्युचरिस्टिक डिजाइनसहित सार्वजनिक हुँदै

काठमाडौँ | भारतीय अटोमोबाइल बजारमा आफ्नो उत्कृष्ट पर्फर्मेन्स, अत्याधुनिक प्रविधि...