back
CTIZAN AD

पुँजीबादी शोषणका विरुद्ध श्रमिकहरु एकजुट हुन आव्हान

वि.सं.२०७९ पुस ७ बिहीवार

864 

shares

भारत, केरला । भारतको शक्तिशाली एबं सबैभन्दा पुरानो ट्रेड युनियन अल इण्डिया ट्रेड युनियन कांग्रेस (एआइटियुसी) को ४२ ओै सम्मेलन सम्पन्न भएको छ ।

भारतको केरलास्थित अलपुषामा डिसेम्बर १६ देखि २० तारिखसम्म भब्य रुपमा सम्मेलनमा नेपालबाट पेशागत महासंघ नेपाल (विश्व ट्रेड युनियन महासंघ–डब्लूएफटियुको सदस्य) का संयोजक तथा डब्लुएटियुको प्रेसिडेन्टियल काउन्सिल सदस्य प्रेमलकुमार खनाल सहित पेसागत महासंघ नेपालका सचिवालय सदस्य तथा विदेश विभाग प्रमुख लालबहादुर पाख्रिन र सचिवालय सदस्य सीता ओझाले भाग लिएका थिए ।

सम्मेलनमा विश्व ट्रेड युनियन महासंघका महासचिव प्याम्बिस किरिटिस लगायत श्रीलंका, साइप्रस, पोर्चुगल, सिरिया, कजाकिस्थानका ट्रेड युनियन प्रतिनिधिहरुले भाग लिएका थिए । भारतस्थित २४ वटा प्रान्तीय कमिटीबाट ८८० जना प्रतिनिधि र ४७८ जना पर्यवेक्षक हरुले सम्मेलनमा भाग लिएका थिए ।

अल इण्डिया ट्रेड युनियन काङ्ग्रेस सन १९२१ मा स्थापना भएको हो । भारतको सबैभन्दा शक्तिशाली र पुरानो यस युनियनले आफ्नो स्थापनाको १०३ ओैं सहित ४२ ओै सम्मेलन अनेकन चुनौतीपूर्ण अवस्थामा सम्पन्न गरेको छ ।

सम्मेलनबाट महासचिवमा महिला नेतृ निबर्तमान महासचिव कमरेड अमरजित कौरलाई पुनः महासचिवमा निर्बाचित गरेको छ भने अध्यक्षमा रामेन्द्रकुमार सहित १४ जना उपाध्यक्षमा र सचिवमा १४ जना तथा २४८ जना राष्ट्रिय परिषद सदस्यहरु निर्बाचित भएका छन् ।

सम्मेलनमा नेपालबाट शुभकामना मन्तब्य राख्दै संयोजक खनालले विश्व साम्राज्यवाद र पुंजीवादले श्रमिकहरुको बर्वर शोषण गर्दै आएको बताए । उनले श्रमिकहरुलाई नव उदारवादी नीति अन्तर्गत करार र आउट सोर्सिङमा काममा लगाउने, उनीहरूलाई न्यून तलब र सामाजिक सुरक्षाविहीन बनाउने जुन नीति छ, यो समस्या विश्वभर रहेको बताउदै भारतीय सरकारले लागु गरेको श्रमिक विरोधी श्रम कानुन, सार्वजनिक संस्थानहरुको नीजिकरण र प्राकृतिक श्रोत साधनहरु बहुराष्ट्रिय निगमलाई सुम्पने भारत सरकारको नीतिका विरुद्ध भारतीय श्रमजीवी वर्गले संचालन गरेको आन्दोलनमा नेपालका श्रमजीवी वर्गको तर्फबाट ऐक्यबद्धता र सहयोग रहेको बताए । उनले श्रमिकहरुको हक अधिकारका लागि एशिया प्रशान्त क्षेत्रमा सामुहिक ढंगबाट आन्दोलन गर्नुपर्ने समेत बताए ।

सम्मेलनले समसामयिक विषयहरुः सार्वजनिक क्षेत्रको नीजिकरणले श्रमिक वर्गमा परेको प्रभाव, असंगठीत क्षेत्रका श्रमिकको अवस्था र सामाजिक सुरक्षा सहितको रणनीति, ट्रेड युनियन अधिकार र श्रमिक पक्षीय श्रम कानुनी विषयमा महत्वपूर्ण छलफल गरि दस्तावेजहरु पारित गरेको छ भने समसामयिक विषयमा ३३ वटा प्रस्तावहरु पनि पारित गरेको छ ।

 

वि.सं.२०७९ पुस ७ बिहीवार १३:२८ मा प्रकाशित

विपद्का बेला मानवीय उद्धारको नेतृत्व गर्दै सशस्त्र प्रहरी

विपद्का बेला मानवीय उद्धारको नेतृत्व गर्दै सशस्त्र प्रहरी

काठमाडौँ । गोरखाको सहिद लखन गाउँपालिकाका अध्यक्ष रमेशबाबु थापालाई कुनै...

चौबिस घण्टामा ट्राफिक प्रहरीद्वारा तीन हजार बढीलाई कारबाही

चौबिस घण्टामा ट्राफिक प्रहरीद्वारा तीन हजार बढीलाई कारबाही

काठमाडौँ । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टाका अवधिमा काठमाडाँै उपत्यकामा...

जाजरकोट आगलागीः उपचाररत एक महिलाको काठमाडौँमा मृत्यु

जाजरकोट आगलागीः उपचाररत एक महिलाको काठमाडौँमा मृत्यु

काँक्रेविहार (सुर्खेत) । जाजरकोटको नलगाड नगरपालिका–२ छेप्कामा भएको आगलागीमा घाइते...

तेइस लाख बालकालिकालाई भिटामिन ‘ए’ खुवाइयो

तेइस लाख बालकालिकालाई भिटामिन ‘ए’ खुवाइयो

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सञ्चालन गरेको राष्ट्रिय भिटामिन...

रास्वापाले प्रत्यक्ष नजितेका क्षेत्रमा समानुपातिक सांसदलाई तोक्यो जिम्मेवारी

रास्वापाले प्रत्यक्ष नजितेका क्षेत्रमा समानुपातिक सांसदलाई तोक्यो जिम्मेवारी

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वापा)ले प्रत्यक्ष निर्वाचनमा आफूले विजय...

प्रधानमन्त्री शाहले राष्ट्रिय योजना आयोग र नीति अनुसन्धान प्रतिष्ठानका पदाधिकारीसँग छलफल गर्दै

प्रधानमन्त्री शाहले राष्ट्रिय योजना आयोग र नीति अनुसन्धान प्रतिष्ठानका पदाधिकारीसँग छलफल गर्दै

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले अर्थमन्त्री डा स्वर्णिम वाग्लेसहित राष्ट्रिय...