back
CTIZAN AD

लचकता अपनाएर गठबन्धनलाई कायम राख्न विश्वप्रकाश शर्माको आग्रह

वि.सं.२०७९ पुस १० आइतवार

780 

shares

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री तथा नवनिर्वाचित सांसद विश्वप्रकाश शर्माले लचकता अपनाएर गठबन्धनलाई कायमै राख्नुपर्ने बताएका छन् ।

नयाँ सरकार गठनका लागि सत्ता गठबन्धनका शिर्ष नेताहरुको बैठक चलिरहेका बेला शर्माले यस्तो धारणा राखेका हुन् । साथै शर्माले नयाँ दल राष्ट्रिय स्वतन्त्र पार्टीलाई समेत समेटेर गठबन्धनकै नयाँ सरकार बनाउनुपर्ने धारणा राखेका छन् ।
कांग्रेस २, माओवादी केन्द्र २ र एकिकृत समाजवादी पार्टी १ वर्ष आलोपालो गरी सरकार चलाउनुपर्ने तर कार्यान्वयनका लागि पारदर्शी एकता उत्तिकै जरुरी रहेको बताउँदै सामाजिक संजालमार्फत् उनले भनेका छन् ‘२/२/१ मा परिपक्वता परिपक्वता छ तर इमानदार कार्यान्वयनका लागि पारदर्शी एकता उत्तिकै जरुरी छ ।’

शर्माले ६ बुँदामा भनेका छन्– गठबन्धन टुट्नु नहुने, रास्वपा गाँसेर जानु तर्कपूर्ण हुने, संसद ५ वर्ष टिकाउन साझा अपनत्व, लचकता, सहकार्य र विश्वासको त्रिवेणी मन्त्र, रुपान्तरण अनुभूति हुने सुशासनको सूत्रबद्ध योजना, सत्तामा अनुभवी र नयाँको संयोजन र राज्यको डेलिभरी क्षमता वृद्धिमा टिम स्पिरिट’

वि.सं.२०७९ पुस १० आइतवार १३:१५ मा प्रकाशित

यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर

यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (बुधबार) का लागि विदेशी...

विपद्का बेला मानवीय उद्धारको नेतृत्व गर्दै सशस्त्र प्रहरी

विपद्का बेला मानवीय उद्धारको नेतृत्व गर्दै सशस्त्र प्रहरी

काठमाडौँ । गोरखाको सहिद लखन गाउँपालिकाका अध्यक्ष रमेशबाबु थापालाई कुनै...

चौबिस घण्टामा ट्राफिक प्रहरीद्वारा तीन हजार बढीलाई कारबाही

चौबिस घण्टामा ट्राफिक प्रहरीद्वारा तीन हजार बढीलाई कारबाही

काठमाडौँ । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टाका अवधिमा काठमाडाँै उपत्यकामा...

जाजरकोट आगलागीः उपचाररत एक महिलाको काठमाडौँमा मृत्यु

जाजरकोट आगलागीः उपचाररत एक महिलाको काठमाडौँमा मृत्यु

काँक्रेविहार (सुर्खेत) । जाजरकोटको नलगाड नगरपालिका–२ छेप्कामा भएको आगलागीमा घाइते...

तेइस लाख बालकालिकालाई भिटामिन ‘ए’ खुवाइयो

तेइस लाख बालकालिकालाई भिटामिन ‘ए’ खुवाइयो

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सञ्चालन गरेको राष्ट्रिय भिटामिन...