back
CTIZAN AD

पोखरा पुगेर गगनले भने-म साच्चै अपमानित भएर आएको छु

वि.सं.२०७९ पुस ११ सोमवार

903 

shares

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले गठबन्धन टुटेको सबै दोष पार्टीका सभापति देउवाले लिनुपर्ने बताएका छन् ।

पोखरामा जारी नेपाली साहित्य महोत्सवलाई सोमबार सम्बोधन गर्दै सभापति देउवाले महत्वपूर्ण निर्णहरुमा संसदीय दलका पदेन सदस्य आफू र अर्का महामन्त्री विश्वप्रकाश शर्मा दुवैसँग दे एकपटक पनि सल्लाह नगरेको बताए ।

‘हिँजोको घटनाका विषयमा, म बिहान ६ बजेदेखि मेरो फोन खोलेर पूरा समय मेरो पार्टी सभापतिको फोन कतिखेर आउछ भनेर कुरेर बसेको हुँ । म नेपाली कांग्रेसको महामन्त्री हुँ । म अहिले सांसद पनि हुँ । पार्टीको विधानका हिसाबले दुईजना महामन्त्री संसदीय दलको हामी पदेन सदस्य हो,’ थापाले भने, ‘मैले समाचारमा के पढे भने, मेरो पार्टी सभापतिले ‘पहिले पार्टीभित्र छलफल गर्छु, त्यसपछि गठबन्धन दलको बैठकमा अन्तिम निर्णय गर्छु ।’ त्यो पार्टीभित्र म पनि अनिवार्य पर्छु । तर, पार्टी कार्यालयमा भएको छलफल होइन, घरमा हो । घरमा नबोलाइकन जानेकुरा भएन । म बोलाइनेमा पर्छु भनेर टेलिफोन कुरेर टिकट सार्दै बसे । तर म यहाँ आउनेबेलामा अपमानित भएर आएको हुँ ।’

उनले नेपाली कांग्रेस फेरि राइज भएर उठ्ने र उठाउने बताए । उनले पार्टीको प्रतिष्ठालाई बनाएर अगाडि बढाउने बताउँदै एकछिनको हारजितको कुरामा आफुहरु नअल्मलिने समेत बताए ।

वि.सं.२०७९ पुस ११ सोमवार १४:०० मा प्रकाशित

राष्ट्रिय परिचयपत्र सेवा आइतबारदेखि शुक्रबारसम्म दिइने

राष्ट्रिय परिचयपत्र सेवा आइतबारदेखि शुक्रबारसम्म दिइने

घोराही (दाङ) । दाङमा राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा प्रवाहको समय परिवर्तन...

दलित अधिकारसम्बन्धी विधेयकमा सैद्धान्तिक छलफल

दलित अधिकारसम्बन्धी विधेयकमा सैद्धान्तिक छलफल

विराटनगर । कोशी प्रदेशसभामा ‘कोशी प्रदेश दलित अधिकार सम्बन्धमा व्यवस्था...

एनटी स्ट्राइकलाई जितको लागि दियो १२३ रनको लक्ष्य

एनटी स्ट्राइकलाई जितको लागि दियो १२३ रनको लक्ष्य

काठमाडौँ । अस्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजअन्तर्गत आज जारी...

गाँजाको औषधीय प्रयोगमा सरकार सकारात्मक छ : अर्थमन्त्री वाग्ले

गाँजाको औषधीय प्रयोगमा सरकार सकारात्मक छ : अर्थमन्त्री वाग्ले

काठमाडौँ । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले औषधीय प्रयोजनका लागि गाँजा...

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका उपलब्धिहरू सार्वजनिक

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका उपलब्धिहरू सार्वजनिक

काठमाडौँ । प्रधामन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय तथा  कार्यालय मातहतका विभिन्न...

‘सिसीको बिर्को फेर्दैमा पुनर्गठन हुँदैन’ – महेश बस्नेत

‘सिसीको बिर्को फेर्दैमा पुनर्गठन हुँदैन’ – महेश बस्नेत

काठमाडौं । नेकपा एमालेका नेता महेश बस्नेतले पार्टीभित्र देखिएको नेतृत्व...