back
CTIZAN AD

राप्रपा र नागरिक उन्मुक्ति पार्टीले समर्थन गर्ने तर, सरकारमा नजाने

वि.सं.२०७९ पुस ११ सोमवार

696 

shares

काठमाडौं । माओवादी केन्द्र नेतृत्वको सरकार निर्माणमा सहयोगी बनेका राष्ट्रिय प्रजातन्त्र पार्टी र नागरिक उन्मुक्ति पार्टी सरकारमा भने सहभागि नहुने भएका छन् । दुवै पार्टीले तत्काल सरकारमा नजाने निर्णय गरेका हुन् ।

राप्रपाले आन्तरिक छलफल नटुंग्याएको कारण सरकारमा जाने वा नजाने निर्णय लिएको छैन । सोमबार सत्ता गठबन्धनको बैठकमा सहभागि हुन गएका राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले सरकारमा सहभागि नहुने बताएका थिए । उनले सरकारलाई भने समर्थन गर्ने बताएका थिए ।

यता, नागरिक उन्मुक्ति पार्टीले रेशम चौधरीलगायत बन्दी रिहाइको मागलाई उठाउँदै तत्काल सरकारमा नजाने निर्णय गरेको छ । पार्टी संरक्षक रेशम चौधरीसँगको छलफल पछि पार्टीका नेताहरुले यस्तो निर्णय लिएका हुन् ।

सरकार निर्माणमा समर्थन जनाएको जनता समाजवादी पार्टी (जसपा)ले पनि सरकारमा जाने वा नजाने भन्ने विषयमा निर्णय लिएको छैन । मंगलबारसम्म संसदीय दलको नेता चयन गर्ने र उक्त निर्णय पछि मात्रै सरकारमा जाने वा नजाने निर्णय हुने जसपाका एक नेताले बताए ।

हाल माओवादी केन्द्र नेतृत्वको सरकार निर्माणमा भूमिका खेलेका एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, जनमत पार्टी र केही स्वतन्त्र सांसद सरकारमा सहभागि हुने तयारीमा छन् । संसद भवनमा जारी बैठकले उक्त विषयमा निर्णय लिनेछ ।

वि.सं.२०७९ पुस ११ सोमवार १३:४९ मा प्रकाशित

राष्ट्रिय परिचयपत्र सेवा आइतबारदेखि शुक्रबारसम्म दिइने

राष्ट्रिय परिचयपत्र सेवा आइतबारदेखि शुक्रबारसम्म दिइने

घोराही (दाङ) । दाङमा राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा प्रवाहको समय परिवर्तन...

दलित अधिकारसम्बन्धी विधेयकमा सैद्धान्तिक छलफल

दलित अधिकारसम्बन्धी विधेयकमा सैद्धान्तिक छलफल

विराटनगर । कोशी प्रदेशसभामा ‘कोशी प्रदेश दलित अधिकार सम्बन्धमा व्यवस्था...

एनटी स्ट्राइकलाई जितको लागि दियो १२३ रनको लक्ष्य

एनटी स्ट्राइकलाई जितको लागि दियो १२३ रनको लक्ष्य

काठमाडौँ । अस्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजअन्तर्गत आज जारी...

गाँजाको औषधीय प्रयोगमा सरकार सकारात्मक छ : अर्थमन्त्री वाग्ले

गाँजाको औषधीय प्रयोगमा सरकार सकारात्मक छ : अर्थमन्त्री वाग्ले

काठमाडौँ । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले औषधीय प्रयोजनका लागि गाँजा...

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका उपलब्धिहरू सार्वजनिक

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका उपलब्धिहरू सार्वजनिक

काठमाडौँ । प्रधामन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय तथा  कार्यालय मातहतका विभिन्न...

‘सिसीको बिर्को फेर्दैमा पुनर्गठन हुँदैन’ – महेश बस्नेत

‘सिसीको बिर्को फेर्दैमा पुनर्गठन हुँदैन’ – महेश बस्नेत

काठमाडौं । नेकपा एमालेका नेता महेश बस्नेतले पार्टीभित्र देखिएको नेतृत्व...