back
CTIZAN AD

छिमेकीको बाक्लिँदाे ओहोर–दोहोर : भारतपछि चिनियाँ पक्षले भेटेरै प्रचण्डलाई दियो बधाई

वि.सं.२०७९ पुस १५ शुक्रवार

765 

shares

काठमाडौं । एमालेसहितको गठबन्धनबाट प्रधानमन्त्रीमा नियुक्त पुष्पकमल दाहाल प्रचण्डलाई दुवै छिमेकी देशले सदासयता व्यक्त गरेका छन् । प्रचण्डको नियुक्तिपछि छिमेक सम्बन्ध थप राम्रो हुने अपेक्षा पनि गरेका छन् ।

फोन र सामाजिक सञ्जालमार्फत बधाई दिएपछि दुवै देशका नेताहरुले दूतमार्फत भेटेरै पनि शुभकामना तथा बधाई दिएका छन् । शुक्रबार भारतीय राजदूत नविन श्रीवास्तव भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको बधाई पत्र बोकेर बालुवाटार छिरेका थिए । उनले मोदीले पठाएको बधाई पत्र प्रधानमन्त्री प्रचण्डलाई हस्तान्तरण गरेका थिए ।

प्रधानमन्त्रीको सचिवालयले जनाएअनुसार बधाईपत्रमा भारतीय प्रधानमन्त्री मोदीले नेपाल–भारत सम्बन्ध थप मजबुद हुने अपेक्षा राखेका छन् । मोदीले प्रचण्डलाई भारत भ्रमणको पनि निम्तो दिएको बताइएको छ ।

मोदीले प्रधामन्त्रीमा नियुक्त भएलगत्तै पुस १० गते नै सामाजिक सञ्जालमार्फत पनि प्रचण्डलाई बधाई दिएका थिए ।

भारतीय पक्षले भेटेलगत्तै शुक्रबार नै प्रचण्डलाई चिनियाँ पक्षले भेटेर बधाई दिएको छ । चिनियाँ प्रधानमन्त्री ली खछ्याङले राजदूतमार्फत बधाईपत्र पठाएका छन् ।

नेपालस्थित कार्यवहाक चिनियाँ राजदूत वाङ् सिनले प्रधानमन्त्री प्रचण्डलाई भेटेर चिनियाँ समकक्षी लीले पठाएको पत्र हस्तान्तरण गरेका थिए । प्रचण्डको सचिवालयले जनाएअनुसार चिनियाँ समकक्षी लिले पत्रमा नेपाल–चीन सम्बन्ध प्रचण्डको कार्यकालमा थप विकसित हुने अपेक्षा राखेको छ । साथै नेपालको आर्थिक विकासमा साथ दिने चीनले बताएको छ ।

प्रचण्डको नियुक्तीलाई दुवै देशले अप्रत्यासितरुपमा लिएका छन् । तर, उनको नियुक्तीसँगै थप सम्बन्ध विकसित हुने पनि अपेक्षा राखेका छन् । भारत र चीन दुवै देश प्रचण्डको नियुक्तीप्रति उत्साहित देखिएका छन् ।

वि.सं.२०७९ पुस १५ शुक्रवार १७:२६ मा प्रकाशित

ट्याक्टरको प्रयोग बढेपछि हराउँदै गोरुले खेतबारी जोत्ने प्रचलन

ट्याक्टरको प्रयोग बढेपछि हराउँदै गोरुले खेतबारी जोत्ने प्रचलन

तानसेन (पाल्पा) । एक दशकअघिसम्म पाल्पाका फाँटहरूमा असार लागेसँगै हल...

केराको व्यावसायिक ‘वाइन’ र ‘ब्रान्डी’ उत्पादनमा ठाकुर

केराको व्यावसायिक ‘वाइन’ र ‘ब्रान्डी’ उत्पादनमा ठाकुर

नारायणगढ,चितवन। विगत १५ वर्षदेखि व्यावसायिक केराखेती गर्दै आएका चितवनको रत्ननगर...

पालिकाले दियो हल गोरु पाल्ने एकसय १५ कृषकलाई पाँच/पाच हजार

पालिकाले दियो हल गोरु पाल्ने एकसय १५ कृषकलाई पाँच/पाच हजार

वालिङ (स्याङ्जा) । स्याङ्जाको गल्याङ नगरपालिकाले हल गोरु पाल्ने कृषकलाई...

कर्णालीमा ४३ हजारभन्दा बढी हेक्टर क्षेत्रफलमा धानखेती हुँदै

कर्णालीमा ४३ हजारभन्दा बढी हेक्टर क्षेत्रफलमा धानखेती हुँदै

काँक्रेविहार (सुर्खेत)  । कर्णाली प्रदेशका १० जिल्लामा ४३ हजार २९०...

अफ्रिकन स्वाइन फिभरबाट गोरखामा २५० सुँगुर/बङ्गुर मरे

अफ्रिकन स्वाइन फिभरबाट गोरखामा २५० सुँगुर/बङ्गुर मरे

गोरखा । अफ्रिकन स्वाइन फिभरबाट गोरखामा २५० भन्दा बढी सुँगुर÷बङ्गुर...

फिफा विश्वकपः अन्तिम १६ मा ब्राजिल प्रवेश

फिफा विश्वकपः अन्तिम १६ मा ब्राजिल प्रवेश

काठमाडौँ । फिफा विश्वकप–२०२६ फुटबल प्रतियोगिताअन्तर्गत राउण्ड अफ ३२ को खेलमा...