back
CTIZAN AD

कांग्रेस सत्ताबाट बाहिरिदैमा आत्तिन्न : महामन्त्री शर्मा

वि.सं.२०७९ पुस १६ शनिवार

816 

shares

झापा । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कांग्रेस अब सङ्ठन निर्माणमा केन्द्रित हुने बताएका छन् ।

राष्ट्रिय मेलमिलाप दिवसका अवसरमा आज बिपी प्रतिष्ठानद्वारा चन्द्रगढीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले कांग्रेस अब पाँच वर्षपछि सरकार बनाउने गरी सङ्गठन निर्माण र बिस्तारमा लाग्ने बताए ।

उनले आलोचनाका बीचमा नेकपा (माओवादी केन्द्र)लगायतका दलसँग गठबन्धन गरिएको भए पनि अहिले जोगाउन नसकिएको बताए । झापा क्षेत्र नं. १ बाट प्रतिनिधिसभा सदस्यसमेत रहेका उनले सत्ता गुम्दैमा नआत्तिन कार्यकर्तालाई आग्रह गरे ।

सत्ता समीकरणको फेरबदललाई अनपेक्षित घटनाको संज्ञा दिँदै उनले जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालालाई पनि अपदस्थ गरिएको इतिहास रहेको बताए । “बहुदलीय व्यवस्था नै विघटन गर्दा पनि जीवित रहेको नेपाली कांग्रेस सत्ताबाट बाहिरिदैमा आत्तिन्न”, उनले भने ।

चुनावअघिको कांग्रेस नेतृत्वको समीकरण चुनावपछि भत्किएको विषयमा पार्टीभित्र निर्मम र गम्भीर समीक्षा हुने उनले कार्यकर्तालाई आश्वस्त पारे । बिपीको मेलमिलाप नीति अहिले पनि उत्तिकै सान्दर्भिक रहेको बताउँदै महामन्त्री शर्माले अबका दिनमा पार्टी एकजुट भइ अघि बढ्ने बताए ।

वि.सं.२०७९ पुस १६ शनिवार १७:५६ मा प्रकाशित

जमिन भासिएर बनेको भकासे, आरोग्य पर्यटनका लागि आकर्षक

जमिन भासिएर बनेको भकासे, आरोग्य पर्यटनका लागि आकर्षक

म्याग्दी । पहाडको उच्च स्थानमा समथर टापु । चारैतिरको भिरालो...

प्रयाप्त वर्षा नभएपछि बाँकेमा खेतका फाँट धुलाम्मे

प्रयाप्त वर्षा नभएपछि बाँकेमा खेतका फाँट धुलाम्मे

नेपालगन्ज (बाँके) । यस वर्ष असारमा पनि पर्याप्त वर्षा नहुँदा...

आजका लागि विदेशी मुद्राका भाउ, कुन घट्यो कुन बढ्यो ?

आजका लागि विदेशी मुद्राका भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ...

आजको मौसम : केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

आजको मौसम : केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाडौँ । मुलुकका केही स्थानमा मनसुनी वायुको प्रभाव कायमै छ...

आज असार १५, धान दिवससहित दही चिउरा खाएर मनाइँदै

आज असार १५, धान दिवससहित दही चिउरा खाएर मनाइँदै

काठमाडौँ । प्रत्येक वर्ष असार १५ गते मनाइने धान दिवस...

कालोसिसा प्रयोग गर्ने ५७ सवारीसाधन कारबाहीमा

कालोसिसा प्रयोग गर्ने ५७ सवारीसाधन कारबाहीमा

काठमाडौँ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले कालोसिसा (ब्ल्याक फिल्म)...