back
CTIZAN AD

एकिकृत समाजवादीको स्थायी समितिको बैठक आज पनि बस्ने

वि.सं.२०७९ पुस १७ आइतवार

858 

shares

काठमाडौं । नेकपा (एकिकृत समाजवादी)को स्थायी कमिटीको बैठक आज पनि बस्ने भएको छ ।

पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा पार्टी अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा शनिबारदेखि सुरु भएको बैठकमा केही नेताले धारणा राख्न बाँकी रहेकोले आज पनि ११ बजेदेखि बैठक बस्ने भएको हो ।

पार्टीका केन्द्रीय प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाका अनुसार शनिबार १८ जना नेताले आ–आफ्नो धारणा राखेका थिए । जसमा केहीले पार्टी सरकारमा नगइ बलियोरुपमा प्रतिपक्षका रुपमा बसेर भ्रष्टाचार, सामाजिक विकृती तथा ढिला सुस्तीका विरुद्ध एक हुनुपर्ने धारणा राखेका थिए भने केहीले सरकारमा गएर प्रभावकारी रुपमा जनताको सेवा गर्नुपर्ने बताएका थिए । साथै संगठन सुदृढीकरणमा लाग्नुपर्नेलगायतका भिन्न–भिन्न धारणा राखेका थिए ।

त्यस्तै आजको बैठकमा वर्तमान सरकारका विषयमा, बामपन्थी एकता, आगामी दिनमा पार्टीलाई अगाडि बढाउन रणनीति तथा सङ्गठन निर्माणका कार्ययोजनालगायतका विषयमा छलफल हुने समेत खतिवडाले बताएका छन् ।

एकिकृत समाजवादीका अध्यक्ष नेपालले यसअघि देशमा उत्पन्न नयाँ राजनीतिक परिस्थिति अनुसार आफु अगाडि बढ्ने बताउदै आएका थिए भने प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाललाई भेटेर आफ्नो नेतृत्वको सरकारमा सहभागी हुन अनुरोध गरेका थिए ।

वि.सं.२०७९ पुस १७ आइतवार १०:०४ मा प्रकाशित

जमिन भासिएर बनेको भकासे, आरोग्य पर्यटनका लागि आकर्षक

जमिन भासिएर बनेको भकासे, आरोग्य पर्यटनका लागि आकर्षक

म्याग्दी । पहाडको उच्च स्थानमा समथर टापु । चारैतिरको भिरालो...

प्रयाप्त वर्षा नभएपछि बाँकेमा खेतका फाँट धुलाम्मे

प्रयाप्त वर्षा नभएपछि बाँकेमा खेतका फाँट धुलाम्मे

नेपालगन्ज (बाँके) । यस वर्ष असारमा पनि पर्याप्त वर्षा नहुँदा...

आजका लागि विदेशी मुद्राका भाउ, कुन घट्यो कुन बढ्यो ?

आजका लागि विदेशी मुद्राका भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ...

आजको मौसम : केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

आजको मौसम : केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाडौँ । मुलुकका केही स्थानमा मनसुनी वायुको प्रभाव कायमै छ...

आज असार १५, धान दिवससहित दही चिउरा खाएर मनाइँदै

आज असार १५, धान दिवससहित दही चिउरा खाएर मनाइँदै

काठमाडौँ । प्रत्येक वर्ष असार १५ गते मनाइने धान दिवस...

कालोसिसा प्रयोग गर्ने ५७ सवारीसाधन कारबाहीमा

कालोसिसा प्रयोग गर्ने ५७ सवारीसाधन कारबाहीमा

काठमाडौँ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले कालोसिसा (ब्ल्याक फिल्म)...