back
CTIZAN AD

१६ औं अन्तर्राष्ट्रिय फुटवेयर औंद्योगिक प्रदर्शनी पुस २१ गते देखि

वि.सं.२०७९ पुस १७ आइतवार

639 

shares

काठमाडौं । १६ ओैं अन्तर्राष्ट्रिय फुटवेयर ओैधोगिक प्रदर्शनी पुस २१ गते देखि सुरु हुने भएको छ ।

फुटवयेर म्यानुफ्याक्चर्स एशोसियसन अफ नेपालद्धारा आयोजना हुन लागेको उक्त प्रदर्शनीमा स्वदेशी उत्पादनका बारेमा नेपाल डिलर, होलसेलर तथा खुद्रा व्यापारीलाई आफ्ना उत्पादनका बारेमा जानकारी दिने उद्धेश्यले आयोजना गर्न लागिएको संस्थाका उपाध्यक्ष तथा मेला संयोजक सुरज बन्जाडेले पत्रकार सम्मेलनमा जानकारी दिएका छन् ।

त्यस्तै स्वदेशी उप्पादनलाई प्रवद्र्धन गरी प्रदर्शनी मेलाको माध्यमबाट व्यापक प्रचार प्रसार गरी बाह्रय बजार समेत विस्तारका लागि रणनीतिक पहल गर्नु रहेको बताइएको छ ।

के छन् त प्रदर्शनीका विशेषता ?
आयोजकका अनुसार यो प्रदर्शनी नेपालमा पहिलोपटक अन्तराष्ट्रिय प्रदशनी रहेको र प्रथमपटक बि टु बि सेल्स हुने बताइएको छ ।

त्यस्तै विदेशी डिलर होलसेलरलाई प्रदर्शनी अवधिभर होटल सुविधा, सहित आमन्त्रण गरिएको र जसको परिणामस्वरुप नेपाली उत्पादन विदेश नियातको सम्भावना रहेको आयोजकले विश्वास लिएको छ ।

आयोजकका अनुसार देशैभरीबाट ४० देखि ५० हजार उद्योगी डिलर, होलसेल र खुद्रा व्यापारीको सहभागीता रहने उक्त मेलामा विदेशी कच्चा पदार्थ मेशिनरी र प्रविधि सहितको ४० भन्दा बढी कम्पनीको स्टल रहने र नेपाली फुटवेयरका ९० कम्पनी सहभागी हुनेछन् ।

३०० भन्दा धेरै सरकारी, गैरसकारी, व्यवसायीक संस्थाहरु, विदेशस्थित कुटनैतिक नियोग र राज्यका नीति निर्माण्तहका संस्था तथा व्यक्तिहरुलाई प्रदर्शनीमा अवलोकन गराउने उद्धेश्य रहेको पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।

.देशैभरी छरिएर रहेका १५०० को संख्यामा जुत्ता चप्प्ल उत्पादक उद्योगहरु रहेको र ती मध्ये ठूला मझ्यौला २२९ , साना तथा परम्परागत शिल्पीहरुमा आधारित १०७२ फेल्ट तथा हस्तकला आधारित २०० रहेका छन् । साथै ती उद्योगहरुमा हालसम्म ३० अर्ब भन्दा बढी लगानी रहेको र ४ अर्बभन्दा माथि विभिन्न बैंकमा कर्जा रहेको जानकारी दिइएको छ ।

 

वि.सं.२०७९ पुस १७ आइतवार १४:३२ मा प्रकाशित

उही प्रकृतिका बेरुजु दोहोरिनु वित्तीय अनुशासन र सुशासनका दृष्टिले चिन्ताको विषय हो : सभामुख अर्याल

उही प्रकृतिका बेरुजु दोहोरिनु वित्तीय अनुशासन र सुशासनका दृष्टिले चिन्ताको विषय हो : सभामुख अर्याल

काठमाडौँ । सभामुख डोलप्रसाद अर्यालले विश्वभर सार्वजनिक लेखापरीक्षणमा प्रयोग भइरहेको...

राष्ट्रियसभा बैठक : जातीय भेद्भाव हटाउन माग

राष्ट्रियसभा बैठक : जातीय भेद्भाव हटाउन माग

काठमाडौँ । राष्ट्रियसभाका सांसदहरुले जातीय भेद्भाव हटाउन, स्वास्थ्य बिमा कार्यक्रमलाई...

विष्णु पौडेललाई विशेष अदालतमा उपस्थित गराइयो

विष्णु पौडेललाई विशेष अदालतमा उपस्थित गराइयो

काठमाडौं । पूर्वमन्त्री एवम् नेकपा (एमाले) का उपाध्यक्ष विष्णु पौडेललाई...

असार १५: जुजु धौको माग उच्च

असार १५: जुजु धौको माग उच्च

काठमाडौँ । आज असार १५, नेपाली संस्कृति र परम्पराअनुसार आजको...

धानका बिरुवासँग किसानका सपना जोडिएका हुन्छन् : सभापति थापा

धानका बिरुवासँग किसानका सपना जोडिएका हुन्छन् : सभापति थापा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले खेतमा रोपिएको प्रत्येक...

पुँजी बजारका लगानीकर्ताको लगानीको सुरक्षा र हितमा काम गर्न सेबोन अध्यक्ष भट्टलाई अर्थमन्त्रीको निर्देशन

पुँजी बजारका लगानीकर्ताको लगानीको सुरक्षा र हितमा काम गर्न सेबोन अध्यक्ष भट्टलाई अर्थमन्त्रीको निर्देशन

काठमाडौँ । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले नेपाल धितोपत्र बोर्ड (सेबोन)का...