काठमाडौं । सन्राइज बैंकका ग्राहकले बानेश्वरस्थित फ्रन्टलाइन अस्पतालमा विशेष छुट पाउने भएका छन् ।
आफ्ना ग्राहकहरुको सहजता तथा सुविधालाई मध्यनजर गर्दै अस्पताल, रेष्टुरेन्ट तथा विभिन्न क्षेत्रमा विशेष छुट सहितका सुविधा दिदैं बैंकले स्वास्थ्य क्षेत्रमा समेत विभिन्न छुट दिने उद्देश्यले काठमाडौको पुरानो वानेश्वर स्थित फ्रन्टलाइन हस्पिटलसंग सम्झौता गरेको हो ।
सन्राइज बैंक लिमिटेड तथा फ्रन्टलाइन हस्पिटलका बिच बैंकका ग्राहकहरुलार्ई विशेष छुट प्रदान गर्ने सम्झौतापत्रमा हस्ताक्षर भएको हो । सम्झौता अनुसार बैंकका ग्राहकहरुले यस बैंकको के्र्रडिट, डेबिट कार्ड वा मोवाइल बौकिङ्ग मार्पmत फ्रन्टलाइन हस्पिटलका विभिन्न सेवा तथा उपचार सुविधामा छुट लिन सक्नेछन् ।
बैंकका ग्राहकहरुले फ्रन्टलाइन हस्पिटलको ओपिडि सेवाहरु र बेड शुल्कमा १३ प्रतिशत, ओपिडि फार्मेसीमा ७ प्रतिशत र शल्यक्रिया सेवा शुल्कमा ५ प्रतिशत छुट पाउन सक्ने जनाइएको छ ।
सम्झौतामा बैंकका कर्पोरेट मार्केटिङ प्रमुख विवेक निरौला र अस्पतालका चिफ अपरेटिङ्ग अफिसर सुरेश कुमार मनोहरनले हस्ताक्षर गरेको बैंकले जनाएको छ ।
उक्त सम्झौता पश्चात, फ्रन्टलाइन हस्पिटलका डाक्टरले बैंकका कर्मचारीहरुलाई मधुमेह सम्बन्धी सचेतना र कर्मचारीको सामान्य परीक्षण गराएको पनि बैंकले जनाएको छ।
वि.सं.२०७९ पुस २२ शुक्रवार १४:३५ मा प्रकाशित





























