back
CTIZAN AD

नेपाली उत्पादन विदेशमा प्रवद्र्धनका विषयमा एनआरएनए र सरोकारवालाबीच अन्तरक्रिया सम्पन्न

वि.सं.२०७९ पुस २५ सोमवार

714 

shares

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय र नेपाल हस्तकला महासंघका प्रतिनिधिबीच, नेपालमा उत्पादित मौलिक हस्तकलाका सामाग्री विदेशमा निर्यात तथा प्रवद्र्धनका लागि अन्तरक्रिया भएको छ ।

मन्त्रालयको सहजीकरणमा एनआरएनए र हस्तकला महासघका प्रतिनिधिहरुबीच छलफल भएको हो ।

काठमाडौंको सिंहदरबारस्थित मन्त्रालयमा आयोजित कार्यक्रममा मन्त्रालयका सचिव डा तोया नारायण ज्ञवालीले नेपालमा उत्पादन गरिने सामाग्रीको प्रवद्र्धनका लागि गुणस्तर,उत्पादन प्रक्रिया, उत्पादनपूर्वको अध्ययन र वैदशिक बजारको माग लगायतमा ध्यान दिनुपर्नेमा जोड दिए ।

‘नेपालका मौलिक हस्तकलाका सामाग्री एनआरएनले आफू बसेको सम्बन्धित देशमा प्रवद्र्धन गर्न मद्दत गर्न सक्नेछन् ।‘ ‘तर, ती सामाग्रीको गुणस्तरीयता, प्याकिङ, उत्पादन प्रक्रिया, मापदण्ड, उत्पादन पूर्वको अध्ययन तथा अनुसन्धान तथा त्यसको मूल्य तथा बजार मागको मूल्यांकन लगायतमा महासंघमा आबद्ध सबैले ध्यान दिनुपर्छ ।’ सचिव ज्ञवालीले भने ।

गैरआवासीय नेपाली संघका अध्यक्ष डा बद्री केसीले गुणस्तरियतालाई ध्यान दिने हो भने विश्वका कुनैपनि देशमा नेपाली मौलिक सामाग्रीको प्रवद्र्धन गर्न सकिने बताए । एनआरएनएमा सन् २००९ देखि नै गैरआवासीय नेपाली संघले नेपाल प्रवद्र्धन समितिको स्थापना गरेर नेपाली उत्पादनलाई विदेशी बजारमा लैजान पहल गरिरहेको बताए ।

अध्यक्ष केसीले विश्वभर ६० लाख बढी नेपाली भएको र एनआरएनएकै सञ्जाल ८५ देशमा पुगिसकेकोले पनि नेपालको मौलिक उत्पादनलाई विदेशी बजारमा लैजान कुनै समस्या नभएको बताए ।

‘नेपाली हस्तकला वा जुनसुकै मौलिक सामाग्री प्रवद्र्धनमा कुनै समस्या छैन, तर तपाईहरुले गुणस्तर, प्याकेजिङ, नेपाली उत्पादनबारे अध्ययन अनुसन्धान, लगायतका विषयमा गहन रुपमा काम गर्नैपर्छ, नेपालका सामाग्री विदेशी बजारमा बेच्ने हो भने, त्यहीको गुणस्तर र मापदण्ड अपनाउन सक्नुपर्छ ।’ डा. केसीले भने ।

नेपालमा रहेका हस्तकला उद्योगमा लगानीका लागि विदेशमा नेपालीहरु पनि इच्छुक भएको भन्दै अध्यक्ष डा केसीले सरकारलाई लगानीका लागि सहजीकरण गरिदिन समेत आग्रह गरे ।

नेपाली कला र मौलिक सामाग्रीलाई प्रवद्र्धन गर्न हाल कतिपय देशमा नेपाली हाउस सञ्चालनमा रहेकोले आगामी दिनमा पनि गैरआवासीय नेपाल संघको सञ्जाल रहेका देशहरुमा समेत नेपाली हाउसको स्थापनाका लागि पहल जारी रहेको अध्यक्ष डा केसीले बताए ।

गैरआवासीय नेपाल संघ अन्तर्गतको नेपाल प्रवद्र्धन समितिका उपसंयोजक तथा एनसिसि हङकंगका अध्यक्ष गोकर्ण ढकालले नेपालमा उत्पादनको विदेशमा माग भएपनि सो मागअनुसारको गुणस्तर र मापदण्ड अनुसार सामाग्री सप्लाई गर्न नसक्दा समस्या हुने गरेको बताए । उनले आगामी दिनमा त्यस्ता सामाग्री उत्पादनपछि संकलन र निर्यात तथा प्रवद्र्धनका लागि संयुक्त संकलन केन्द्र बनाएर भएपनि विदेशी बजारको माग अनुरुपको बनाउनुपर्नेमा जोड दिए ।

यस्तै, संघका युवा संयोजक अब्दूल वासिद्ले नेपाली हस्तकलाका सामाग्रीको प्रवद्र्धनका लागि नेपाल सरकारले सहजीकरण गरिदिनुपर्नेमा जोड दिए । उनले आफूले कुन देशमा सो सामाग्री प्रवद्र्धन गर्ने हो त्यसपूर्व सम्बन्धित देशको मापदण्ड, गुणस्तर लगायतका विषयमा पनि सचेत हुनुपर्ने बताए । त्यसका लागि सम्बन्धित देशको सरकारसँग पनि नेपाल सरकारले समन्वय गर्नुपर्ने उनको भनाई थियो ।

कार्यक्रममा नेपाल हस्तकला महासंघका उपाध्यक्ष किरण कुमार स्थापितले विदेशमा रहेका नेपालीहरुकै उत्पादनसँगै सहकार्य गरेर नेपालका हस्तकलाका सामाग्रीहरुलाई पनि समेटेर सँगसंगै प्रवद्र्धन गर्न आग्रह गरे ।

महासंघका सदस्य स्वयम्भूरत्न तुलाधरले विदेशमा नेपाली मौलिक सामाग्रीको प्रवद्र्धनका लागि एनआरएनले अहम भूमिका निर्वाह गर्न सक्ने भन्दै सहयोग र सहकार्यका लागि आग्रह गरे ।

महासंघका प्रतिनिधिहरु, सुनिता श्रेष्ठ डा, सुनिल चित्रकार, रेशम पोखरेल लगायतका प्रतिनिधिले नेपाली हाउस स्थापनाका लागि जोड दिँदै नेपाली हस्तकलाका सामाग्री प्रवद्र्धनका लागि आग्रह गरे ।

कार्यक्रममा मन्त्रालयका सचिवसहित प्रतिनिधिहरु,हस्तकला महासंघका प्रतिनिधि र गैरआवासीय नेपाली संघका तर्फबाट अध्यक्ष केसीलगायतको उपस्थिति रहेको थियो ।

वि.सं.२०७९ पुस २५ सोमवार ११:४९ मा प्रकाशित

ट्याक्टरको प्रयोग बढेपछि हराउँदै गोरुले खेतबारी जोत्ने प्रचलन

ट्याक्टरको प्रयोग बढेपछि हराउँदै गोरुले खेतबारी जोत्ने प्रचलन

तानसेन (पाल्पा) । एक दशकअघिसम्म पाल्पाका फाँटहरूमा असार लागेसँगै हल...

केराको व्यावसायिक ‘वाइन’ र ‘ब्रान्डी’ उत्पादनमा ठाकुर

केराको व्यावसायिक ‘वाइन’ र ‘ब्रान्डी’ उत्पादनमा ठाकुर

नारायणगढ,चितवन। विगत १५ वर्षदेखि व्यावसायिक केराखेती गर्दै आएका चितवनको रत्ननगर...

पालिकाले दियो हल गोरु पाल्ने एकसय १५ कृषकलाई पाँच/पाच हजार

पालिकाले दियो हल गोरु पाल्ने एकसय १५ कृषकलाई पाँच/पाच हजार

वालिङ (स्याङ्जा) । स्याङ्जाको गल्याङ नगरपालिकाले हल गोरु पाल्ने कृषकलाई...

कर्णालीमा ४३ हजारभन्दा बढी हेक्टर क्षेत्रफलमा धानखेती हुँदै

कर्णालीमा ४३ हजारभन्दा बढी हेक्टर क्षेत्रफलमा धानखेती हुँदै

काँक्रेविहार (सुर्खेत)  । कर्णाली प्रदेशका १० जिल्लामा ४३ हजार २९०...

अफ्रिकन स्वाइन फिभरबाट गोरखामा २५० सुँगुर/बङ्गुर मरे

अफ्रिकन स्वाइन फिभरबाट गोरखामा २५० सुँगुर/बङ्गुर मरे

गोरखा । अफ्रिकन स्वाइन फिभरबाट गोरखामा २५० भन्दा बढी सुँगुर÷बङ्गुर...

फिफा विश्वकपः अन्तिम १६ मा ब्राजिल प्रवेश

फिफा विश्वकपः अन्तिम १६ मा ब्राजिल प्रवेश

काठमाडौँ । फिफा विश्वकप–२०२६ फुटबल प्रतियोगिताअन्तर्गत राउण्ड अफ ३२ को खेलमा...