back
CTIZAN AD

जिपी कोईराला फाउन्डेशन अमेरीकाका अध्यक्ष अमेरिकी डेमोक्रेटिक क्लबको उपाध्यक्षमा नियुक्त

वि.सं.२०७९ पुस २५ सोमवार

645 

shares

अमेरिका । गिरीजाप्रसाद कोईराला फाउन्डेशन अमेरीकाका अध्यक्ष सोमनाथ घिमीरेलाई नयाँ अमेरिकी डेमोक्रेटिक क्लबको उपाध्यक्ष पदमा मनोनयन गरिएको छ ।

उनको राजनैतिक सकृयता, विगतको जो वाईडेन र कमला ह्यारीस् राष्ट्रपति÷उप–राष्ट्रपति जिताउँ अभियान तथा युयोर्कमा स्थानीय र राज्यस्तरीय चुनावमा गरेको बिशेष भूमीका निर्वाह, फाउन्डेशनमार्फत् लामो समयदेखी जुझारू र सशक्त टीम बनाई कोरोना कहरकाबीच समाजमा उल्लेखनीय योगदान पुर्याएको लगायतको मूल्यांकन गरी सो पदमा नियुक्त गरीएको नयाँ अमेरिकी डेमोक्रेटिक क्लबका संस्थापक अध्यक्ष मोर्सेद अलामले बताए ।

नयाँ अमेरिकी डेमोक्रेटिक क्लब न्युयोर्क राज्यकै सबैभन्दा पुरानो राजनीतिक संस्था दक्षिण एसियाली अमेरिकन मेर्सेद अलामले सन १९९८ मा स्थापना गरेका थिए ।

मोर्सेद अलाम पर्यावरण रसायन विज्ञ हुन् । उनी पूर्व आयुक्त न्युयोर्क मतदाता सहायता आयोग र सामुदायिक विद्यालय बोर्ड ३२९ उपाध्यक्ष र कोषाध्यक्षमा न्युयोर्क राज्यको इतिहासमा पहिलोपटक दक्षिण एसियाली पदाधिकारी निर्वाचित हुदै सन १९९८ मा एनवाइसी सिनेटका लागि डेमोक्र्याटिक पार्टीका न्युयोर्क राज्यको इतिहासमा पहिलो पटक दक्षिण एसियाली उम्मेद्वार भएर रिपब्लीकन उम्मेद्वार विरुद्धमा ४२ प्रतिशत मत प्राप्त गरेर अमेरिकी राजनीतिक समाजलाई आश्चर्यचकितनै पारेका थिए ।

अध्यक्ष आलमले, उपाध्यक्ष पदमा नियुक्त भएकोमा घिमिरेलाई बधाई दिँदै नयाँ अमेरिकी डेमोक्रेटिक क्लबलाई अझ ससक्त रुपले सबै कार्यकारी सदस्यहरूसँग सहकार्य गरी आगामी रणनीति एवं कार्यदिशामा सम्बद्द सबैलाई समेटी डेमोक्रेटिक पार्टीमा दक्षिण एसियाली मतदाताहरूको संख्या शसक्त ढंगले अझै धेरै बढाउंदै संस्थाको प्रभावकारीता थप उचाईमा पुर्याउनका लागि शुभकामना दिएका छन् ।

जिपी कोईराला फाउन्डेशन अमेरिकामार्फत सामाजसेवामा अहोरात्र खटिएका घिमीरेको समग्र मूल्यांकन गरी नयाँ अमेरिकी डेमोक्रेटिक क्लबको उपाध्यक्ष जस्तो गरीमामय पदमा मनोनयन गरिएको सुखद खवरले फाउन्डेशन परिवारमा उर्जा एवं हौसला बढाएको फाउन्डेशनले जनाएको छ ।

फाउन्डेशन अमेरीका परीवारको तर्फबाट घिमीरेलाई बधाई एवं सफल कार्यकालको दिँदै उनकोे नेतृत्वमा आगामी दिनमा नयाँ अमेरिकी डेमोक्रेटिक क्लवले समेत समाज विकास र परीवर्तनमा उल्लेखनीय योगदान पुर्याउने कुरामा फाउन्डेशन परीवार विश्वस्त रहेको जिपी कोईराला फाउन्डेशन अमेरीकाका उपाध्यक्ष सुवर्ण लामाले बताए ।

 

वि.सं.२०७९ पुस २५ सोमवार १२:११ मा प्रकाशित

ट्याक्टरको प्रयोग बढेपछि हराउँदै गोरुले खेतबारी जोत्ने प्रचलन

ट्याक्टरको प्रयोग बढेपछि हराउँदै गोरुले खेतबारी जोत्ने प्रचलन

तानसेन (पाल्पा) । एक दशकअघिसम्म पाल्पाका फाँटहरूमा असार लागेसँगै हल...

केराको व्यावसायिक ‘वाइन’ र ‘ब्रान्डी’ उत्पादनमा ठाकुर

केराको व्यावसायिक ‘वाइन’ र ‘ब्रान्डी’ उत्पादनमा ठाकुर

नारायणगढ,चितवन। विगत १५ वर्षदेखि व्यावसायिक केराखेती गर्दै आएका चितवनको रत्ननगर...

पालिकाले दियो हल गोरु पाल्ने एकसय १५ कृषकलाई पाँच/पाच हजार

पालिकाले दियो हल गोरु पाल्ने एकसय १५ कृषकलाई पाँच/पाच हजार

वालिङ (स्याङ्जा) । स्याङ्जाको गल्याङ नगरपालिकाले हल गोरु पाल्ने कृषकलाई...

कर्णालीमा ४३ हजारभन्दा बढी हेक्टर क्षेत्रफलमा धानखेती हुँदै

कर्णालीमा ४३ हजारभन्दा बढी हेक्टर क्षेत्रफलमा धानखेती हुँदै

काँक्रेविहार (सुर्खेत)  । कर्णाली प्रदेशका १० जिल्लामा ४३ हजार २९०...

अफ्रिकन स्वाइन फिभरबाट गोरखामा २५० सुँगुर/बङ्गुर मरे

अफ्रिकन स्वाइन फिभरबाट गोरखामा २५० सुँगुर/बङ्गुर मरे

गोरखा । अफ्रिकन स्वाइन फिभरबाट गोरखामा २५० भन्दा बढी सुँगुर÷बङ्गुर...

फिफा विश्वकपः अन्तिम १६ मा ब्राजिल प्रवेश

फिफा विश्वकपः अन्तिम १६ मा ब्राजिल प्रवेश

काठमाडौँ । फिफा विश्वकप–२०२६ फुटबल प्रतियोगिताअन्तर्गत राउण्ड अफ ३२ को खेलमा...