काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।
बिहीबार दिउँसो प्रधानमन्त्री निवास बालुवाटारमा भएको उक्त भेटमा मन्त्रिपरिषद् विस्तार लगायतका विषयमा छलफल भएको श्रोतले जनाएको छ ।
प्रधानमन्त्री प्रचण्डले मंगलबार संसदबाट विश्वासको मत लिइसकेको र सातै प्रदेशमा मुख्यमन्त्री नियुक्त भइसकेको अवस्थामा प्रधानमन्त्री अब मन्त्रिपरिषद्को विस्तारको तयारीमा रहेका छन् । सोहि विषयमा छलफल गर्न एमाले अध्यक्ष ओली बालुवाटार पुगेको श्रोतले जनाएको छ ।
बुधबार गोरखा महोत्सबको उद्घाटनका लागि गोरखा पुगेका प्रधानमन्त्री प्रचण्ड त्यहाँबाट फर्किनासाथ अध्यक्ष ओलीलाई भेट्न बालकोट पुगेका थिए ।
पुष १० गते प्रधानमन्त्रीमा नियुक्त भएका प्रचण्डले तत्कालै तीन उपप्रधानमन्त्रीसहित आठ सदस्यीय मन्त्रिमण्डल विस्तार गरेका थिए ।
वि.सं.२०७९ पुस २८ बिहीवार १७:२४ मा प्रकाशित






























