back

क्रिकेटर सन्दीप लामिछाने भोली थुनामुक्त हुँदै (यस्तो छ उच्च अदालतको पूर्णपाठ)

वि.सं.२०७९ पुस २८ बिहीवार

132 

shares
NTC AD
Global IME AD

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछाने शुक्रबार थुनामुक्त हुँदैछन् ।

उच्च अदालत पाटनले लामिछानेलाई २० लाख धरौटीमा छाड्न आदेश दिएको हो ।

नाबालिग बलात्कारको आरोपमा गत २० असोजमा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाटै पक्राउ परेका लामिछानेले जिल्ला अदालत काठमाडौंले थुनामै राखेर बलात्कारसम्बन्धी मुद्दामा कारबाही अघि बढाउने भन्दै गरेको आदेशविरूद्ध उच्च अदालत पाटनमा निवेदन दिएका थिए ।

सोहि निवेदनमा बुधबार सुनुवाई गर्दै न्यायाधीश ध्रुवराज नन्द र रमेश ढकालको संयुक्त इजलासले लामिछानेलाई २० लाख धरौटीमा छाड्न आदेश दिएको हो ।

त्यसैगरी अदालतले लामिछानेलाई उपत्यका छोड्न नपाउने तथा विदेश जान रोक लगाएको छ भने पीडितसँग सम्पर्क नगर्न समेत आदेश दिएको छ । उनले पीडितलाई सम्पर्क गरेको पुष्टि भएमा पुनः थुनामा पठाइने बताइएको छ ।

असोजमा पक्राउ परेका लामिछानेलाई गत कात्तिक १८ गते काठमाडौं जिल्ला अदालतले दुवै पक्षको बहपछि थुनामा पठाउन आदेश दिएको थियो ।

वि.सं.२०७९ पुस २८ बिहीवार २०:३६ मा प्रकाशित

NLIC AD
NABIL bank AD
प्राविधिक शिक्षालयले छात्रछात्रालाई व्यावसायिक कृषितर्फ उन्मुख हुन प्रेरित गर्दै

प्राविधिक शिक्षालयले छात्रछात्रालाई व्यावसायिक कृषितर्फ उन्मुख हुन प्रेरित गर्दै

गलेश्वर (म्याग्दी) । विद्यालयमा पढाइसँगै तरकारी खेती र मौरीपालन गरेर...

सञ्चारकर्मीहरूलाई सभामुखको शुभकामना

सञ्चारकर्मीहरूलाई सभामुखको शुभकामना

काठमाडौँ । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले नेपालका पत्रकारहरुको साझा संस्था...

डढेलोमा परी गम्भीर घाइते भएकी महिलाको मृत्यु

डढेलोमा परी गम्भीर घाइते भएकी महिलाको मृत्यु

डोटी । वन डढेलोमा परी गम्भीर घाइते भएकी एक महिलाको...

सुदूरपश्चिमसहित पाँच प्रदेशमा मध्यम वर्षाको सम्भावना !

सुदूरपश्चिमसहित पाँच प्रदेशमा मध्यम वर्षाको सम्भावना !

काठमाडौँ । केही दिनयता हल्का वर्षासहित मौसममा भइरहेको बदली भोलि...

चर्च ब्वाईज इटहरी गोल्डकपको फाइनलमा

चर्च ब्वाईज इटहरी गोल्डकपको फाइनलमा

धरान । इटहरीमा जारी १४ औँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण कन्ट्रोल...

कैलालीका किसानको चैते धान खेतमिा आकर्षण बढ्दै

कैलालीका किसानको चैते धान खेतमिा आकर्षण बढ्दै

भजनी (कैलाली) । कैलालीको भजनी नगरपालिका–६ का पतीराम चौधरीले नौ...