back
CTIZAN AD

माओवादी केन्द्रका शाही कर्णाली प्रदेशको बिनाविभागीय मन्त्रीमा नियुक्त

वि.सं.२०७९ पुस २८ बिहीवार

972 

shares

मुगु । मुगु जिल्लाको प्रदेश (ख)बाट नेकपा माओवादी केन्द्रबाट निर्वाचित मंगलबहादुर शाही कर्णाली प्रदेश सरकारमा पहिलोपटक बिनाबिभागीय मन्त्रीमा नियुक्त भएका छन् ।

नेकपा माओबादी केन्द्रका जिल्ला इन्र्चाज शाही गत मंसिर ४ मा सम्पन्न प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यको निर्बाचनमा मुगु जिल्लाको प्रदेश ख बाट सत्तागठबन्धनका तर्फबाट निर्बाचित भएका थिए । उनलाई कर्णालीप्रदेश सरकारको मन्त्रीमण्डल गठन प्रकृयामै बिनाबिभागीय मन्त्रीमा नियुक्त गरिएको हो ।

लामो समयदेखि पार्टीमा योगदान पुर्याएका र जनताको कामकाज देखि बिकास निर्माणम लाग्दै आएका शाहीलाई पार्टीले पनि मुल्याङ्कन गरि पहिलो पटकमै बिनाबिभागीय मन्त्रालयको जिम्मा दिएको हो । श्रोतका अनुसार शाहीलाई पछि कृषि, पर्यटन तथा पूर्बाधार मन्त्रालयमध्ये कुनै एक मन्त्रालयको जिम्मा दिइने भएको छ ।

शाही बिनाबिभागीय मन्त्रीमा नियुक्त भएपछि मत दिएर जिताउने मतदातामा खुशीयाली छाएको छ । निर्बाचनको बेला मतदातासँग गरेका बाँचा अब पूरा हुने आस मतदाताले राखेका छन् ।

सोरु गाउँपालिका–६ सोरुकोट निवासी ५१ बर्षिय शाही २०४२ सालमा शिक्षक पदमा स्थायी भएका थिए । सोरुकोट युवाबर्ष आधारभूत बिद्यालयमा कार्यरत शाही २०५८ सालमा स्वइच्छाले माओवादीमा भूमिगत भई पार्टीमा सक्रियताका साथ लागेका थिए ।

करिव सातबर्ष बढी भूमिगत जीवन बिताएका शाहीले २०६२/२०६३ मा शान्तिवार्तापछि पार्टीको खुल्ला राजनीतिमा देखा परेका थिए । उनको बढी समय जिल्ला इन्चार्जमै बितेको र एकपटक पार्टीको केन्द्रीय सदस्य र अर्कोपटक प्रदेश कमिटी सदस्य भएर पार्टीको काममा निरन्तर सक्रिय रहँदै आएका छन् ।

त्यसैगरी शाहीसँगै दैलेखबाट प्रतिनिधित्व गर्ने नेकपा एमाले कर्णाली प्रदेशका अध्यक्ष बिनोद कुमार साह पनि मन्त्रीमा नियुक्त भएका छन् ।

प्रदेश प्रमुख तिलक परियारले बिहीबार मुख्यमन्त्री राजकुमार शर्मा र नवनियुक्त विनाविभागीय मन्त्रीहरु शाह र शाहीलाई पद तथा गोपनियताको सपथ खुवाएका छन् ।

कर्णाली प्रदेशमा नेकपा माओवादी केन्द्र र एमालेले आलो /पालो मुख्यमन्त्री चलाउने सहमति भए अनुसार माओवादी केन्द्र कर्णाली प्रदेश संसदीय दलका नेता राजकुमार शर्मालाई बुधबार मुख्यमन्त्रीमा नियुक्त गरिएको हो ।

वि.सं.२०७९ पुस २८ बिहीवार २०:५८ मा प्रकाशित

प्रचण्ड लगायतका नेताहरुको उपस्थितिमा अन्तरक्रिया हुँदै

प्रचण्ड लगायतका नेताहरुको उपस्थितिमा अन्तरक्रिया हुँदै

काठमाडौं । पुनर्गठित नेपाल कम्युनिस्ट पार्टीको आयोजनामा ‘कम्युनिस्ट आन्दोलनमा सहकार्य,...

लोमान्थाङमा मनाइयो तीनदिने यार्तुङ पर्व, अमेरिकी दूतावासका सार्वजनिक मामिला प्रमुख पनि सहभागी

लोमान्थाङमा मनाइयो तीनदिने यार्तुङ पर्व, अमेरिकी दूतावासका सार्वजनिक मामिला प्रमुख पनि सहभागी

मुस्ताङ । मुस्ताङको लोमान्थाङमा स्थानीय संस्कृति र परम्परासँग जोडिएको प्रसिद्ध...

रास्वपाको दुईदिने ‘नीति, सङ्गठन र नेतृत्व’ मन्थन सुरु

रास्वपाको दुईदिने ‘नीति, सङ्गठन र नेतृत्व’ मन्थन सुरु

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय सदस्यका लागि...

भरतपुर अस्पतालको प्रयोगशालाको नतिजा अनलाइनबाट हेर्न सकिने 

भरतपुर अस्पतालको प्रयोगशालाको नतिजा अनलाइनबाट हेर्न सकिने 

चितवन ।  भरतपुर अस्पतालले प्रयोगशालाको नतिजा अनलाइनमार्फत् प्राप्त गर्ने प्रणाली...

जनकपुरका पोखरीलाई अतिक्रमणमुक्त बनाउन डोजर चलाइयो

जनकपुरका पोखरीलाई अतिक्रमणमुक्त बनाउन डोजर चलाइयो

जनकपुरधाम । जनकपुरधामका पोखरीको जग्गा अतिक्रमण गरी निर्माण गरिएका संरचना...

राष्ट्रपति पौडेलद्वारा बङ्गलादेशका नयाँ राष्ट्रपतिलाई बधाई

राष्ट्रपति पौडेलद्वारा बङ्गलादेशका नयाँ राष्ट्रपतिलाई बधाई

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले बङ्गलादेशका २३औँ राष्ट्रपतिमा मिर्जा फखरुल...