back
CTIZAN AD

तपाईको आज माघ ४ गते बुधबारको राशिफल, हेर्नुहोस् आज क–कसलाई छ त विशेष शुभ ?

वि.सं.२०७९ माघ ४ बुधवार

654 

shares

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ
आकस्मिक समस्याले शरीरमा कमजोरी अनुभूति हुनेछ। चिताएको काम बिग्रनाले निराशा छाउनेछ। गोपनीयता बाहिरिनाले पनि समस्यामा परिनेछ। फजुल खर्च बढ्ने र आर्थिक क्रियाकलापमा बाधा पुग्ने देखिन्छ। बिग्रिएको काममा दोहोर्याएर प्रयत्न गर्नुहोला। शुभचिन्तकहरूको साथ जुट्नाले पछि फाइदा हुने काम भने प्रारम्भ गर्न सकिनेछ।

वृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
खर्च लागे पनि घुमफिर तथा मनोरञ्जनको समय छ। प्रियजनसँगको भेटघाटले दिन रमाइलो रहनेछ। भौतिक साधनले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ। अतिथिका रूपमा सत्कार पाइनेछ। साथीभाइको सहयोगले आम्दानी बढाउने काम सुरु गर्न सकिनेछ। प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ। व्यवसायको सन्दर्भमा यात्रा हुन सक्छ।

मिथुन –का, कि, कु, घ, ङ, छ, के, को, ह
अवसरका लागि केही विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ला। समयमा लगनशील बन्न नसक्ता प्रतिस्पर्धीहरूले फाइदा उठाउन सक्छन्। कामको चाप बढ्नेछ भने वादविवादले मन खिन्न तुल्याउनेछ। ईर्ष्या गर्नेहरूबाट सजग रहनुहोला। हिम्मत गर्दा अप्ठ्यारो स्थितिमा पनि काम सम्पादन हुनेछ। बुद्धिको उपयोगले उपलब्धि जोगाउन सफल भइनेछ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो
सुरुमा कामको मेसो नमिल्दा योजना अधुरै रहनेछ। मिहिनेतको नतिजा चित्तबुझ्दो नआउन सक्छ। चिताएको काम रोकिनाले लक्ष्य प्राप्तिमा विलम्ब हुनेछ। अस्वस्थताले पनि काममा बाधा पुर्याउन सक्छ। अप्रिय समाचारले मन खिन्न तुल्याउन सक्छ। पढाइलेखाइमा सोचेजस्तो प्रगति गर्न नसकिएला। हल्लाको पछि लाग्दा व्यर्थैमा दुःख पाइनेछ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे
हिस्सेदारसँग असमझदारी बढ्नेछ। साइनो गाँसी नजिकिनेहरूले धोका दिनेछन्, सजग रहनुहोला। ढिलासुस्तीले हातमा आएको मौका गुम्न सक्छ। नयाँ काम थाल्न उपयुक्त साइत पर्खनुहोला। कमजोर नतिजा सच्याउन काम दोहोर्याउनुपर्ला। अधुरा काममा पहिलेकै समस्या दोहोरिन सक्छन्। मिहिनेतले स्थितिमा सकारात्मक परिवर्तन ल्याउनेछ।

कन्या –टो, प, पि, पु, ष, ण, ठ, पे, पो
निर्णय लिएर पनि काम नगर्ने बानीले पछि परिनेछ। परिस्थितिअनुसार चल्न नसक्ता दुःख पाइनेछ। महत्वाकांक्षी काम रोकिन सक्छ। अरूको फाइदाका लागि उपयोग भइएला। दाजुभाइमा असमझदारी बढ्न सक्छ। आलस्य त्यागेर मिहिनेत गर्दा काम बन्नेछ। पहिलेको उपलब्धिले पनि उत्साह जगाउनेछ। प्रतिस्पर्धीहरूबाट सावधान रहनुहोला।

तुला –र, रि, रु, रे, रो, ता, ति, तु, ते
अर्थ उपार्जनका केही स्रोत फेला पर्नेछन्। तर समाजमा आफ्नो प्रभाव कमजोर बन्नेछ। अरूको बारेमा चासो राख्दा स्वयं समस्यामा परिएला। अध्ययन र व्यापारमा सोचेजस्तो प्रगति नहुन सक्छ। नयाँ योजना कार्यान्वयन गर्न निकै मिहिनेत गर्नुपर्ला। तापनि, मौका पर्खंदा स्थितिमा सुधार आउनेछ। आफ्ना कमजोरीमाथि टिप्पणी हुने समय छ, सजग रहनुहोला।

वृश्चिक –तो, ना, नि, नु, ने, नो, या, यि, यु
महत्त्वाकांक्षी कार्य प्रारम्भ हुनेछ। रमाइलो जमघटमा सहभागी हुने अवसर जुट्नेछ। सुन्दर पहिरनले व्यक्तित्व आकर्षित तुल्याउन सकिनेछ। तर, बेसुरको अलमलले काम रोकिन सक्छ। खानपानको असावधानीले स्वास्थ्य बिग्रनेछ। अवसरले पछ्याए पनि समयमा निर्णय लिन नसक्दा पछि परिनेछ। शुभचिन्तकहरूको राय लिएर अघि बढ्नुहोला।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
समयमा होस नपुग्नाले खर्च बढ्नेछ। ठूलो प्रयत्नले सामान्य उपलब्धि दिलाउनेछ। तर खर्च गरेर पनि त्यति फाइदा उठाउन नसकिएला। शुभचिन्तकहरूलाई बेवास्ता गर्दा दुःख पाइएला। परिवारजनबाट समेत टाढिनुपर्ला। प्रलोभन देखाउनेहरूले फसाउन सक्छन्। आफ्नै कमजोरीले विवाद निम्त्याउला। सद्विचारले अभिप्रेरित हुनेहरूलाई फाइदा हुनेछ।

मकर –भो, ज, जि, खि, खु, खे, खो, गा, गि
दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ। श्रमको उच्च मूल्यांकन हुनाले आम्दानी पनि बढ्नेछ। व्यापारमा लाभांश बढ्नाले मन उत्साहित हुनेछ। आवश्यक भौतिक साधन जुट्नेछन्। लगानीका रूपमा सञ्चित धन उपयोग गर्दा लाभ हुनेछ। अध्ययनमा समय दिन नसकिए पनि नयाँ ज्ञान सिक्ने अवसर प्राप्त हुनेछ। प्रयत्न गर्दा मनग्य रकम हातलागी हुनेछ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द
पारिवारिक मतभेदले चिताएका काममा बाधा पर्नेछ। आश्वासन बाँड्नेहरूले प्रतिज्ञा पूरा नगर्न सक्छन्। पहिलेका सहयोगीहरू पछि हट्न सक्छन्। परिस्थिति त्यति अनुकूल नरहला। अरूका लागि बुद्धि खर्चनुपर्नेछ। अरूका काममा समय बित्न सक्छ। तापनि गरी आएको कामलाई निरन्तरता दिन सकिनेछ। पछि फाइदा हुने काम प्रारम्भ हुनेछ।

मीन –दि, दु, थ, झ, ञ, दे, दो, च, चि
तारिफयोग्य काम गर्दै लोकप्रियता हासिल गर्न सकिनेछ। परिश्रमले धेरैको मन जित्न सकिनेछ। अरूको काममा जुट्नुपरे पनि फाइदा आफैंलाई हुनेछ। समुदायको हितमा राम्रै काम गर्न सकिनेछ। दिगो फाइदा हुने जिम्मेवारी प्राप्त हुने समय छ। पहिलेको उपलब्धिले उत्साह जगाउनेछ। स्वास्थ्य भने कमजोर रहनेछ, सावधान रहनुहोला।

२०७९ माघ ४ गते बुधवार, (१८ जनवरी २०२३)
उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य) ९८४१३५२१६४

तपाईको आज माघ ३ गते मंगलबारको राशिफल भन्छ–यी ६ राशिकाले दिनुपर्नेछ विशेष ध्यान !

 

वि.सं.२०७९ माघ ४ बुधवार ०७:५५ मा प्रकाशित

साउनको अन्तिम सोमबारः तीनबजेदेखि नै पशुपतिमा भक्तजनको भिड

साउनको अन्तिम सोमबारः तीनबजेदेखि नै पशुपतिमा भक्तजनको भिड

काठमाडौँ । सौरमासअनुसार साउनको अन्तिम सोमबार बोलबम यात्रा गर्न भक्तजन...

धार्मिक पर्यटकको आकर्षण बन्दै सिसमहल

धार्मिक पर्यटकको आकर्षण बन्दै सिसमहल

बागमती । मकवानपुरको हेटौँडा नगरपालिका वडा नं ५ चिसापानी रङ्गपथस्थित...

साउनको दोस्रो सोमबार : पशुपतिनाथमा बिहानैदेखि भक्तजनको लर्काे

साउनको दोस्रो सोमबार : पशुपतिनाथमा बिहानैदेखि भक्तजनको लर्काे

काठमाडौँ । यस वर्षको साउनको दोस्रो सोमबार बिहानैदेखि पशुपतिनाथलगायत देशभरका...

आज हरिशयनी एकादशी : घर-घरमा तुलसीको बिरुवा सारिँदै

आज हरिशयनी एकादशी : घर-घरमा तुलसीको बिरुवा सारिँदै

काठमाडौँ । प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन घर घरमा...