back
CTIZAN AD

म्यानपावर व्यवसायी भनेर आलोचना भएपछि श्रममन्त्री अर्यालले दिए यस्तो प्रष्टीकरण

वि.सं.२०७९ माघ ४ बुधवार

996 

shares

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक मन्त्रीको मंगलबारदेखि जिम्मेवारी सम्हालेका डोल प्रसाद अर्याल (डिपी) यतिबेला आलोचनामा परेका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट समानुपातिक सांसद हुँदै श्रममन्त्री बनेका अर्याल मन्त्री भएलगत्तै ‘म्यानपावर व्यवसायी श्रम मन्त्री’ भनेर विभिन्न संचार माध्यममा समाचार आएपछि बुधबार उनले सामाजिक संजालमार्फत् यसको प्रष्टीकरण दिएका छन् ।

‘म्यानपावर कम्पनीमा म कहिले पनि छैन । हो, साथीहरुले एउटा कम्पनीमा सल्लाहकारमा राख्यौ है भनेर “इन्टर्नेशनल मार्केटिङ डाइरेक्टर“ को पद लेखिदिए तर हटाईदिन भुले । तर त्यो वा कुनै मेनपावर कम्पनीमा न मेरो लगानी छ, न संलग्नता, न शेयर न स्यालरी, मन्त्री अर्यालले लेखेका छन्, ‘समाचार बनाउनेहरुले नै भन्दिनुस् न त मेरो कुन म्यानपावरमा कहिले कति शेयर थियो ? मैले कुनै गलत काम गरेर एक पैसापनि आर्जन गरेको छैन ।’

मन्त्री अर्यालले राजनीतिमा संलग्न भएपछि त झन कतै पनि प्रत्यक्ष आवद्ध नभएको बताउँदै वेबसाईटहरु अपडेटेड नहुनुले आफ्नो संलग्नता प्रमाणीत नगर्ने बताएका छन् ।

‘ तैपनि मेरो चुनौती छ, ल भन्नुस मबाट कहिले कुन–कुन गैरकानुनी काम भयो? मन्त्रीका रुपमा काम गर्न जादा आफुले जानेकै क्षेत्रमा जाने हो र श्रम रोजगार मन्त्रालय मैले धेर थोर जानेको विषयको मन्त्रालय मध्य एक हो । म बाट पीडित एकजना मात्र भए खडा गरिदिनु होला, मैले कुनै गैरकानुनी काम गरेको भए जानकारी गराउनु होला। म यो पदको मर्यादा र मर्यादा र गरिमा जान्दछु ।’ उनले लेखेका छन् ।

वि.सं.२०७९ माघ ४ बुधवार १६:२३ मा प्रकाशित

ट्याक्टरको प्रयोग बढेपछि हराउँदै गोरुले खेतबारी जोत्ने प्रचलन

ट्याक्टरको प्रयोग बढेपछि हराउँदै गोरुले खेतबारी जोत्ने प्रचलन

तानसेन (पाल्पा) । एक दशकअघिसम्म पाल्पाका फाँटहरूमा असार लागेसँगै हल...

केराको व्यावसायिक ‘वाइन’ र ‘ब्रान्डी’ उत्पादनमा ठाकुर

केराको व्यावसायिक ‘वाइन’ र ‘ब्रान्डी’ उत्पादनमा ठाकुर

नारायणगढ,चितवन। विगत १५ वर्षदेखि व्यावसायिक केराखेती गर्दै आएका चितवनको रत्ननगर...

पालिकाले दियो हल गोरु पाल्ने एकसय १५ कृषकलाई पाँच/पाच हजार

पालिकाले दियो हल गोरु पाल्ने एकसय १५ कृषकलाई पाँच/पाच हजार

वालिङ (स्याङ्जा) । स्याङ्जाको गल्याङ नगरपालिकाले हल गोरु पाल्ने कृषकलाई...

कर्णालीमा ४३ हजारभन्दा बढी हेक्टर क्षेत्रफलमा धानखेती हुँदै

कर्णालीमा ४३ हजारभन्दा बढी हेक्टर क्षेत्रफलमा धानखेती हुँदै

काँक्रेविहार (सुर्खेत)  । कर्णाली प्रदेशका १० जिल्लामा ४३ हजार २९०...

अफ्रिकन स्वाइन फिभरबाट गोरखामा २५० सुँगुर/बङ्गुर मरे

अफ्रिकन स्वाइन फिभरबाट गोरखामा २५० सुँगुर/बङ्गुर मरे

गोरखा । अफ्रिकन स्वाइन फिभरबाट गोरखामा २५० भन्दा बढी सुँगुर÷बङ्गुर...

फिफा विश्वकपः अन्तिम १६ मा ब्राजिल प्रवेश

फिफा विश्वकपः अन्तिम १६ मा ब्राजिल प्रवेश

काठमाडौँ । फिफा विश्वकप–२०२६ फुटबल प्रतियोगिताअन्तर्गत राउण्ड अफ ३२ को खेलमा...