back
CTIZAN AD

जहाज दुर्घटनाको विषय संसदको कार्यसूचीमा नपारेको भन्दै कांग्रेसको आपत्ति

वि.सं.२०७९ माघ ५ बिहीवार

837 

shares

काठमाडौं । यती एयरको विमान दुर्घटनाका विषयलाई संसदको कार्यसूचीमा नपारेको भन्दै नेपाली कांग्रेसले आपत्ति जनाएको छ ।

विमान दुर्घटनापछि पहिलो पटक बसेको संसदको बैठकमा नेपाली कांग्रेसका सांसद रमेश लेखकले माघ १ गते पोखराको सेती खोचमा खसेको यती एयरलाईन्समा ७२ जनाको ज्यान बताउदै सरकाले यस विषयमा संसदमा जानकारी गराउनुपर्ने बताए ।

‘ यत्रो ठूलो हवाई दुर्घटना भइसकेपछि देशभित्र र अन्तराष्ट्रियरुपमा यति ठूलो चासो र चिन्ता अभिव्यक्त भएको र धेरै ठूलो पीडा भोगिरहेको बेला यो विषयमा आजको बैठकमा सरकार यो विषयमा प्रस्तुत हुनेछ,’ उनले संसदमा सम्बोधन गर्दै भने, ‘के भएको थियो र अहिले के भइरहेको छ भन्ने सरकारले सदनलाई जानकारी गराउछ भन्ने थियो तर दुःखका साथ भन्नु परेको छ आजको कार्यसूचीमा यो कुरा छैन ।’

उनले आजका कार्यसूचीका विषय स्थगित वा केही समयपछि राखेर यस विषयमा सदनलाई जानकारी गराउन सरकारलाई निर्देशन गर्न सभामुखको ध्यानाकर्षण गराएका थिए ।

उनले दुर्घटनामा मृत्यु हुनेको शव सबै खोजी गरिए पनि अझै पनि आफन्तले शव बुझन नपाएको बताए । आफन्तमा थप पीडा र आक्रोश उत्पन्न भएको बताउँदै यस घटनाले नेपालको पर्यटन क्षेत्रलाई नराम्रोसँग प्रभावित गरेको समेत बताए ।

वि.सं.२०७९ माघ ५ बिहीवार ११:५३ मा प्रकाशित

सरकारका आधिकारिक दस्तावेज मोबाइलबाट ‘स्क्यान’ नगर्न निर्देशन

सरकारका आधिकारिक दस्तावेज मोबाइलबाट ‘स्क्यान’ नगर्न निर्देशन

काठमाडौँ । सरकारी कामकाजका आधिकारिक कागजात मोबाइल एप प्रयोग गरी...

विद्यालयबाट फर्किने क्रममा बेपत्ता बालिका खोलामा मृत भेटिइन्

विद्यालयबाट फर्किने क्रममा बेपत्ता बालिका खोलामा मृत भेटिइन्

घोडाघोडी (कैलाली) । कैलालीमा विद्यालयबाट घर फर्किने क्रममा सम्पर्कविहीन भएकी...

जलवायु उत्थानशीलता अभिवृद्धि गर्न नेपाललाई ८.५ मिलियन अमेरिकी डलर अनुदान

जलवायु उत्थानशीलता अभिवृद्धि गर्न नेपाललाई ८.५ मिलियन अमेरिकी डलर अनुदान

काठमाडौँ । हरित जलवायु कोष (जिसिएफ) बोर्डको ४५औँ बैठकले नेपालमा...

सिटिजन्स बैंकद्वारा बिश्रामपुर, बारामा निःशुल्क आँखा परीक्षण शिविर सम्पन्न 

सिटिजन्स बैंकद्वारा बिश्रामपुर, बारामा निःशुल्क आँखा परीक्षण शिविर सम्पन्न 

काठ्माडाैँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम...

मानुुषी लघुवित्तको साधारण सभा सम्पन्न मर्जर प्रस्ताव पारित

मानुुषी लघुवित्तको साधारण सभा सम्पन्न मर्जर प्रस्ताव पारित

काठमाडौं । मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडको सातौं वार्षिक साधारण...

प्रभु बैंक लिद्धारा त्रिभुवन विश्वविद्यालयलाई डिजिटल बोर्ड हस्तान्तरण

प्रभु बैंक लिद्धारा त्रिभुवन विश्वविद्यालयलाई डिजिटल बोर्ड हस्तान्तरण

काठमाडौँ । काठमाण्डौ महानगरपालिका, वडा नं ११, बबरमहल स्थित प्रभु...