back
CTIZAN AD

आगलागीबाट घाइते राउटे नारायणको मृत्यु

वि.सं.२०७९ माघ ५ बिहीवार

792 

shares

दैलेख । आगलागीमा परेर सिकिस्त घाइते भएका राउटे नारायण शाहीको मृत्यु भएको छ । पुस १९ गते राति दैलेखको नारायण नगरपालिका–९ को चुप्रा नजिक जङ्गलमा बस्दै आएका लोपोन्मुख राउटे बस्तीमा आगलागी हुँदा शाही जलेका थिए ।

उपचारका लागि काठमाडौँ लगिएका शाहीको आगोले जलेको १६ दिनपछि गए राति मृत्यु भएको हो । दैलेख र सुर्खेतमा उपचार सम्भव नभएपछि शाहीलाई काठमाडौँस्थित ट्रमा सेन्टरमा भर्ना गरिएको थियो । शरीरको ३० प्रतिशत भाग जलेका शाहीको उपचार सम्भव नहुने भन्दै ट्रमा सेन्टरले घर लैजान भनेको थियो ।

एम्बुलेन्सबाट दैलेख ल्याउँदै गर्दा बाटोमै उनको मृत्यु भएको नारायण नगरपालिका–९ का वडाध्यक्ष महेन्द्रविक्रम खड्काले जानकरी दिनुभयो । चिसोका कारण न्यानो बनाउन बालेको आगोमा परी उनी जलेका थिए । नारायणको यो मृत्युसँगै ११ सन्तान रहेका राउटेका महामुखिया महिनबहादुर शाहीको सबै सन्तानको अकालमै मृत्यु भएको छ ।

एक सय ४३ जनसङ्या भएका राउटेहरू कर्णालीका विभिन्न जिल्लामा फिरन्ते जीवन बिताउँदै आएका छन । उनीहरू हाल दैलेखको नारायण नगरपालिका–८ सालखर्कमा बसोबास गरिरहेका सो समुदायमा परियोजनामार्फत खटिएका अहेब लोकेन्द्र शाहीले बताए ।

वि.सं.२०७९ माघ ५ बिहीवार १८:२३ मा प्रकाशित

आजको मौसम : यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना !

आजको मौसम : यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना !

काठमाडौँ । देशभर मनसुन वायुको प्रभाव कायम छ । मनसुनको...

अत्यधिक गर्मिका कारण सर्लाहीमा सर्पको बिगबिगी

अत्यधिक गर्मिका कारण सर्लाहीमा सर्पको बिगबिगी

बरहथवा (सर्लाही) । यस वर्ष अत्यधिक गर्मी बढेका कारण सर्लाहीमा...

जनावरको सुरक्षित आवत–जावतका लागि बन्यो ‘क्यानोपी ब्रिज’

जनावरको सुरक्षित आवत–जावतका लागि बन्यो ‘क्यानोपी ब्रिज’

मध्यविन्दु (नवलपरासी) । नारायणघाट–बुटवल सडक विस्तार आयोजनाको पूर्वी खण्डमा नेपालमै...

सरकारका १०० दिनः भूमि व्यवस्था मन्त्रालयका यी हुन् उपलब्धि

सरकारका १०० दिनः भूमि व्यवस्था मन्त्रालयका यी हुन् उपलब्धि

काठमाडौँ । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री...

सेवानिवृत्त राष्ट्रसेवक कर्मचारीले पाउने भुक्तानी असार २५ गतेसम्म हुने

सेवानिवृत्त राष्ट्रसेवक कर्मचारीले पाउने भुक्तानी असार २५ गतेसम्म हुने

काठमाडौँ । महालेखा नियन्त्रक कार्यालयले सेवानिवृत्त हुने राष्ट्रसेवक कर्मचारीको असार...

मनसुनी वायुको प्रभाव कायमै, आज यी प्रदेशमा वर्षाको सम्भावना !

मनसुनी वायुको प्रभाव कायमै, आज यी प्रदेशमा वर्षाको सम्भावना !

काठमाडौँ । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले आज पनि...