back

खुकुरी प्रहारबाट एकजनाको हत्या, एक गम्भीर घाइते

वि.सं.२०७९ माघ ६ शुक्रवार

141 

shares
NTC AD
Global IME AD

इनरुवा । सुनसरीको धरान उपमहानगरपालिका–५ मा बिहीबार खुकुरी प्रहारबाट एकजनाको हत्या भएको छ भने एकजना गम्भीर घाइते भएका छन् ।

खुकुरी प्रहारबाट स्थानीय ३५ वर्षीय कुमार बुढाथोकीको हत्या भएको हो । जिल्ला प्रहरी कार्यालयका अनुसार खुकुरी प्रहारबाट स्थानीय २५ वर्षीया मञ्जु खड्का राई गम्भीर घाइते भएकी छिन् । स्थानीय ३९ वर्षीय हर्कबहादुर राईले आफ्नै घरको भान्छा कोठामा साथी ३५ वर्षीय बुढाथोकीको खुकुरी प्रहार गरी हत्या गरेका थिए । उनलाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

साथीको हत्या गरेर निस्किएका हर्कबहादुरले मञ्जुको घरमा पसेर उनीमाथी खुकुरी प्रहार गरेका थिए । भागेर नजिकैको सागबारीमा पसेकी मञ्जुलाई उनले अन्धाधुन्ध खुकुरीले प्रहार गर्न थालेपछि स्थानीयले नियन्त्रणमा लिएका थिए । गम्भीर घाइते मञ्जुको धरानस्थित विजयपुर अस्पतालमा उपचार भइरहेको छ । मृतक बुढाथोकीको शव परीक्षणका लागि धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको छ । हत्याको कारण खुल्न सकेको छैन । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ । रासस

 

वि.सं.२०७९ माघ ६ शुक्रवार ०७:५३ मा प्रकाशित

NLIC AD
NABIL bank AD
हिमालयन सेक्युरिटिजको कारोबार शुरु

हिमालयन सेक्युरिटिजको कारोबार शुरु

काठमाडौं । हिमालयन बैंकको पूर्ण स्वमित्वमा स्थापित हिमालयन सेक्युरिटिजले गत...

लगानी सम्मेलनका आधारभूत तत्व र अपेक्षा

लगानी सम्मेलनका आधारभूत तत्व र अपेक्षा

दीपेन्द्रबहादुर क्षेत्री काठमाडौँ । राजनीतिक परिवर्तनलगत्तै सन् १९५२ मा भएको...

के–के छन् सुविधा, लगानी सम्मेलनकै दिन जारी सहजीकरणसम्बन्धी अध्यादेशमा ?

के–के छन् सुविधा, लगानी सम्मेलनकै दिन जारी सहजीकरणसम्बन्धी अध्यादेशमा ?

कालिका खड्का, काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले लगानी सहजीकरणसम्बन्धी केही...

यस्तो छ लगानी सम्मेलनमा प्रधानमन्त्री प्रचण्डले गरेको सम्बोधनको पूर्णपाठ

यस्तो छ लगानी सम्मेलनमा प्रधानमन्त्री प्रचण्डले गरेको सम्बोधनको पूर्णपाठ

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालमा आर्थिक विकास र...

सबैभन्दा धेरै रेमिट्यान्स भित्राएकोमा ग्लोबल आइएमई बैंक सम्मानित

सबैभन्दा धेरै रेमिट्यान्स भित्राएकोमा ग्लोबल आइएमई बैंक सम्मानित

काठमाडौं । गत आर्थिक वर्ष २०८९/८० मा सबैभन्दा धेरै रेमिट्यान्स...

लगानी सम्मेलन : निजी क्षेत्रबीच आज दुईवटा सम्झौता

लगानी सम्मेलन : निजी क्षेत्रबीच आज दुईवटा सम्झौता

काठमाडौँ । तेस्रो लगानी सम्मेलनका क्रममा निजी क्षेत्रबीच आज दुई...